AD_ Wide Top

१४ वर्षकै उमेरमा दुई सन्तान भएको दाबी

२०७४ कार्तिक १८  |   Agency

below social share detail page adv


loading...
१४ वर्षकै उमेरमा दुई सन्तान भएको दाबी

एजेन्सी   कार्तिक १८ ✎

कलर्स च्यानलका ‘बालिका बधु’ र ‘ससुराल सिमरका’ जस्ता चर्चित शोहरुमा काम गरेकी अभिनेत्री अविका गौर दुई वर्षपछि ‘लाडो २’ मार्फत फेरि कलर्स टेलिभिजनमै कमब्याक गर्दैछिन् । यसै सिरियलको प्रमोशनका क्रममा अविकाले आफ्नो व्यक्तिगत जिन्दगीको बारेमा केही कुराहरु सेयर गरेकी छिन् ।

खासमा ‘ससुराल सिमरका’मा काम गरेपछि उनको नाम अभिनेता मनिष राई सिंघानियासँग जोडिएको थियो । यी दुई एकअर्काको प्रेममा रहेका खबरहरु पनि आएका थिए ।
अविकाले यस विषयमा कुरा गर्दै १३ वर्षको उमेरमा १९ वर्ष जेठा मनिषसँग उनको नाम जोडिएको र अविका १४ वर्षकी हुँदा उनीहरुका दुई सन्तान भएको धेरैले दाबी गरेका थिए ।

अविका गौरकेहीले त उनीहरुले सन्तानलाई मिडियासँग लुकाएको पनि भनेका थिए । यस बारेमा अविका भन्छिन, “म र मनिष राम्रो साथी हौ । हामीलाई अरुले हाम्रो बारेमा के भन्छन भन्ने मतलब हुँदैन । मैले १३ वर्षको हुदाँ मनिषसँग काम गर्न थालिसकेको थिएँ । त्यो समयमा मनिष ३२ वर्षका थिए ।

काम शुरु गरेपछि मेरो र मनिषको प्रेमको चर्चा मिडियामा चल्न थाल्यो । यति मात्र नभएर म १४ वर्षकी हुँदा हाम्रा दुईवटा सन्तान छन् भनेर केहिले दाबी समेत गरे । एकताका त यस्ता खबरहरुका कारण म मानसिक र शारीरिक रुपमा बिरामी हुन थालेको थिएँ । शुरुमा यस्ता कुराहरुमा मेरो धेरै ध्यान जान्थ्यो । पछि हामीले एक अर्कासँग कुरा गर्न पनि छाडिसकेका थियौ । हामीले एकअर्कासँग कुरा नगर्दा पनि हाम्रो सम्बन्धको चर्चा चल्न छोडेन । पछि फेरि हामीले मित्रताको सम्बन्ध शुरु गर्यौँ । हामी बिच अफेयर, प्रेम, रोमान्स केहि पनि छैन ।”
आफूहरुसँग कामको लागि बाहेक अरुको लागि फूर्सद नभएको भन्दै अविकाले अहिले दुवै सिंगल रहेको बताएकी छिन् । उनी आफ्नो कामले अफेयरको अधिकार नदिएको बताउँछिन् ।

यस कारण छोडेकी थिईन् टेलिभिजन
‘ससुराल सिमरका’मा सबैले मन पराईरहेको बेला अविकाले अचानक सिरियल छोडिन् । उनले टेलिभिजनको काम छोड्नुको कारण थियो निर्देशक बन्ने उद्देश्य । निर्देशक बन्नकै लागि टेलिभिजनबाट ब्रेक लिएकी अविकाले ‘लाडो २’को प्रस्तावलाई भने अस्विकार गर्न सकिनन् । टेलिभिजनबाट ब्रेक लिएको समयमा उनले मनिषसँग मिलेर शर्ट फिल्महरु भने बनाएकी थिईन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com