AD_ Wide Top

काजोलले छोडेका सबै सिनेमा हिट

२०७४ कार्तिक १९ आइतवार  |   Agency

below social share detail page adv


loading...
काजोलले छोडेका सबै सिनेमा हिट

एजेन्सी   कार्तिक १९ ✎ 

अभिनेत्री काजोलको पहिलो सफल सिनेमा बाजीगर रिलिज भएको २४ वर्ष पूरा हुन लागेको छ । यो सिनेमा काजोलको करिअरको विशेष सिनेमा हो । यस सिनेमामा शाहरुख र काजोलको जोडीलाई खुबै प्रशंसा गरिएको थियो । यहि सिनेमापछि काजोलको सफल सिने यात्रा पनि शुरु भएको थियो । ‘बाजीगर’ पछि काजोलले काम गरेका केही सिनेमा सफल भए त केही असफल । तर काजोलले केही यस्ता सिनेमाहरुमा काम गर्न मानिन् जसको पछुतो उनलाई अहिले पनि हुन्छ । उनले काम गर्न नमानेका सबै सिनेमाहरु सुपरहिट भएका छन् ।
३ ईडियट्स–बलिवुडका चर्चित सिनेमा मध्येको एक‘३ ईडियट्स’मा अभिनेत्री करीना कपूरले निर्वाह गरेको भूमिका सबैलाई मन परेको थियो । तर यो भूमिकाका लागि निर्माताको पहिलो रोजाई करीना नभएर काजोल थिईन् । निर्माताले यसको लागि काजोललाई प्रस्ताव पनि राखेका थिए । तर उनले यसमा काम गर्न मानिनन् । उनले काम नगरेपछि करीनालाई यसमा काम गर्ने अवसर जुटेको थियो । सन् २००९ को यो सिनेमामा आमिर खान, आर माधवन, बोमन ईरानी, शरमन जोशी र करीना कपूर मुख्य भूमिकामा छन् ।

दिल तो पागल है 

दिल तो पागल है‘दिल तो पागल है’मा करिश्मा कपूरले निर्वाह गरेको भूमिका पहिले काजोललाई अफर भएको थियो । सन् १९९७ को सफल सिनेमा ‘दिल तो पागल है मा’पनि काजोलले काम गरिनन् । यो सिनेमामा शाहरुख खान, करिश्मा कपूर, माधुरी दिक्षित लगायतका कलाकारहरुको मुख्य भूिमका छ ।

मोहब्बतेँ 

मोहब्बतेँसन् २०००को सिनेमा ‘मोहब्बतेँ’पनि काजोलले काम नगरेको सिनेमाको सूचिमा छ । यस सिनेमामा अमिताभ बच्चनकी छोरीको भूमिकाका लागि निर्माताले काजोललाई लिन खोजेका थिए । तर काजोल यस भूमिकाका लागि तयार नभएपछि ऐश्वर्याले यसमा काम गर्ने अवसर पाएकी थिईन् । यस सिनेमामा अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय मुख्य भूमिकामा छन् ।

दिल सेँ 

दिल सेँसन् १९९८ मा मनिषा कोईराला र शाहरुख खानले मुख्य भूमिका निर्वाह गरेको सिनेमा ‘दिल से’ पहिले काजोललाई प्रस्ताव गरिएको सिनेमा हो । तर सिनेमामा उनले काम गर्न नमानेपछि निर्माताले मनिषालाई लिएका थिए ।

कभि अल बिदा ना कहेना 

कभि अल बिदा ना कहेनाअमिताभ बच्चन ,शाहरुख खान, रानी मुखर्जी, अभिशेक बच्चन, प्रिती जिन्टा, लगायतको मुख्य भूमिका रहेको सिनेमा ‘कभि अल बिदा ना केहेना’ मा मायाको भूमिकामा लागि काजोल निर्माताको पहिलो रोजाई थिईन् । तर उनले यसमा काम गर्न मानिनन् । उनले छोडेपछि रानीले यसमा काम गर्ने मौका पाईन् । सिनेमामा काजोलको क्यामियो भने थियो ।

वीर जारा 

वीर जारासन् २००४ को सिनेमा ‘वीर जारा’ पनि काजोलले काम नगरेको सिनेमा हो । शाहरुख खान, रानी मुखर्जी र प्रिती जिन्टाको मुख्य भूमिका रहेको यस सिनेमामा प्रितीले निर्वाह गरेको भूमिका पहिले काजोललाई प्रस्ताव भएको थियो । तर काजोलले यसमा काम गर्न नमानेपछि प्रितीले काम गर्ने मौका पाएकी थिईन् ।

चल्ते चल्ते 

चल्ते चल्तेशाहरुख खान र रानी मुखर्जीको मुख्य भूमिका रहेको सिनेमा ‘चल्ते चल्ते’का निर्माताहरुको पहिलो रोजाई कजोल थिईन् । तर काजोलले यो सिनेमामा भएको चरित्र अर्को सिनेमा ‘साथीया’को जस्तो भएको भन्दै छोडेकी थिईन् । काजोलले काम नगरेपछि निर्माताले रानीलाई लिएका थिए ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com