AD_ Wide Top

११ दक्षिण भारतीय कलाकारका बलिवुड हिट

२०७४ कार्तिक २० सोमबार  |   Agency

below social share detail page adv


loading...
११ दक्षिण भारतीय कलाकारका बलिवुड हिट

एजेन्सी कार्तिक २० ✎

दक्षिण भारतीय सिनेमा उद्योगमा सफलता पाईसके पछि काजल अग्रवालले बलिवुड सिनेमा उद्योगमा पनि ब्रेक लिएकी छिन् । सन् २०११ मा अजय देवगणको सिनेमा‘सिंघम’मार्फत बलिवुडमा ब्रेक लिएकी काजलले ‘दो लफ्जोँकी कहानी’ र ‘स्पेशल २६’ मा पनि काम गरेकी छिन् । तर यी दुई सिनेमाले ‘सिंघम’जति सफलता भने पाएनन् ।

बलिवुडमा सोचेजस्तो सफलता नपाए पनि उनको दक्षिण भारतीय सिने उद्योगको सफलता भने निरन्तर छ । हालै मात्र उनी अभिनित सिनेमा‘मार्सेल’ले वल्डवाईड २ सय करोड भारतीय रुपैयाँको कारोबार गरेको छ । यस सिनेमामा उनले विजय (जोसफ विजय चन्द्रशेखर) सँग स्क्रिन सेयर गरेकी छिन् ।

यस अघि पनि उनले अभिनय गरेका दक्षिण भारतका प्राय सिनेमा सफल नै रहेका छन् । बलिवुडमा भने उनको एउटा सिनेमामात्र हिट सिनेमाको सूचिमा छ । उनी अभिनित सिनेमा सिंघमले भारतीय बक्स अफिसमा १ सय ३५ करोड भारतीय रुपैयाँको कारोबार गरेको थियो ।
यो सामाग्रीमा आज हामी बलिवुडमा काम गरेका अन्य केही दक्षिण भारतीय कलाकारका बलिवुड हिट सिनेमाका बारेमा जानकारी दिँदैछौँ ।


राणा दग्गुबत्तिराणा दग्गुबत्ति

दक्षिण भारतीय सिनेमा उद्योगको रेकर्ड ब्रेकर सिनेमा बाहुबली सिरीजमा काम गरिसकेका अभिनेता राणा दग्गुबतीले बलिउड सिनेमा दममारो दम, डिपार्टमेन्ट, बेबी, द गाजी अटैक लगायतमा काम गरेका छन् ।

उनले काम गरेका यी सिनेमा मध्ये सिनेमा‘बेबी’ले १ सय ९ करोडको कारोबार गरेको थियो । यस सिनेमामा अक्षय कुमार र तापसी पन्नु मुख्य भूमिकामा छन् ।

5


ईलियाना डिकु्रज@gufgafईलियाना डिकु्रज

बलिवुडमा सिनेमा ‘बर्फी’बाट ब्रेक लिएकी अभिनेत्री ईलियानाले त्यसपछि फटा पोस्टर निक्ला हिरो, मे तेरा हिरो, ह्याप्पी ईण्डिङ, रुस्तम, मुबारकाँ लगायतका सिनेमामा काम गरेकी छिन् । यी सिनेमा मध्ये उनको ‘रुस्तम’ले १ सय७३ करोडको कारोबार गरेको थियो ।

यो सिनेमा उनको बलिवुड सिनेमाको सबैभन्दा सफल सिनेमा हो । यसमा उनको अपोजिट अभिनेता अक्षयकुमार छन् ।

5


असिन

असिन

दक्षिण भारतपछि सन् २००८ मासिनेमा ‘गजनी’मार्फत बलिवुडमा डेब्यु गरेकी असिनले त्यसपछि लन्डन ड्रिम्स, रेडी, हाउसफुल–२ लगायतका बलिवुड सिनेमामा कामगर्ने अवसर पाईन् ।

यी सिनेमा मध्ये उनको बलिवुड डेब्यु सिनेमाले नै सबैभन्दा धेरै कारोबार गरेको छ । आमिर खान र असिनको मुख्य भूमिका रहेको गजनीले १ सय ५७ करोडको कारोबार गरेको थियो ।


श्रुति हसन

श्रुति हसनश्रुति हसनले बलिउड सिनेमा लक, डि.डे., दिलतो बच्चा हे जी, बेलकम ब्याक लगायतमा काम गरेकी छिन् । यी सिनेमामध्ये सन् २०१५ को ‘वेलकमब्याक’ले १ सय ३१ करोडको कारोबार गरेको छ ।

यो सिनेमा श्रुतीको बलिवुडको हिट सिनेमा हो । बलिवुडमा पनि सफल अभिनेत्रीको सूचिमा पर्ने उनी दक्षिण भारतीय सिनेमा उद्योगकी सफल अभिनेत्री हुन् ।

श्रीया सरनश्रीया सरन

सन् २०१५ को बलिवुड सिनेमा‘दृश्यम’श्रीयाको बलिवुडको हिट सिनेमा हो । यो सिनेमाले ९३ करोडको कारोबार गरेको थियो । यसका अलावा उनले बलिवुडमा सन् २००८ को सिनेमा ‘मिशन इस्ताबुल’ मा पनि काम गरेकी छिन् ।

दक्षिण भारतमा भने उनी सफल अभिनेत्रीको सूचिमा पर्छिन् ।

5


तमन्ना

तमन्ना

तमन्नाको नाम बलिवुडमा पनि उत्तिकै चर्चित छ जति दक्षिण भारतीय सिने उद्योगमा छ ।उनले बलिउड सिनेमामा‘हिम्मतवाला’बाट कदम राखेकी हुन् । त्यसपछि उनले हम शकल, ईन्टरटेन्मेन्ट, तुतक तुतक तुतियाँ जस्ता सिनेमामा काम गरेकी छिन् ।यी सबै सिनेमा मध्ये उनको ‘ईन्टरटेनमेन्ट’ ले ८७ करोडको कारोबार गरेको थियो । यो तमन्नाका बलिवुड सिनेमा मध्येको हिट सिनेमा हो ।सन् २०१४ को यस सिनेमामा तमन्ना सँगै अक्षयकुमार मुख्य भूमिकामा छन् ।

धनुष

धनुष

धनुषले बलिउडमा रांझणा र षमिताभ मा काम गरेका छन ।

यी मध्ये सन् २०१३ को सिनेमा‘रांझणा’ले ८४ करोडको कारोबार गरेको थियो ।

यस सिनेमामा उनले अभिनेत्री सोनम कपूरको अपोजिट अभिनय गरेका थिए ।


जेनेलिया डिसूजाजेनेलिया डिसूजा

अभिनेत्री जेनेलिया डिसुजा पनि बलिवुडमा आउनु अघि दक्षिण भारतीय सिनेमा उद्योगमा सफल भएकी अभिनेत्री हुन् ।उनले बलिवुडमा तुझे मेरी कसम, मस्ती, जाने तू या जाने ना, फोर्स, तेरे नाल लव हो गया लगायतमा काम गरेकी छिन् ।

यी सिनेमा मध्ये सन् २००८ को जाने ‘तु या जाने ना’ सफल सिनेमा हो । यस सिनेमाले ७६ करोडको कारोबार गरेको थियो ।


सिद्धार्थसिद्धार्थ

दक्षिण भारतीय अभिनेता सिद्धार्थले बलिउड सिनेमामा रङ्ग दे बसन्ती, स्ट्राईकर, चश्मे बन्दुर लगायतमा काम गरेका छन् ।

यी मध्ये हिट सिनेमा सन् २००६ को ‘रंग दे बसन्ती हो’ यो सिनेमाले ७५ करोड भारतीय रुपैयाँको कारोबार गरेको थियो ।


कमल हसनकमल हसन

अभिनेत्री श्रुती हसनका पिता कमल हसनले बलिउड सिनेमा एक दूजे के लिए, सनम तेरी कसम, ये तो कमाल हो गया, जरा सी जिन्दगी,चाची ४२०लगायतका सिनेमामा काम गरेका छन् ।

यीमध्ये उनको सन् १९९७को सिनेमा ‘चाची ४२०’ ले १९ करोडको कारोबार गरेको थियो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com