AD_ Wide Top

अला उद्दिन खिलजीको घिन लाग्दो चरित्रमा रणवीर

२०७४ कार्तिक २१ मंगलवार  |   Agency

below social share detail page adv


loading...
अला उद्दिन खिलजीको घिन लाग्दो चरित्रमा रणवीर

एजेन्सी   कार्तिक २१ ✎ 

संजय लिला भंसालीको सिनेमा‘पद्मावती’ १ डिसेम्बर देखि प्रदर्शन हुँदैछ । रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको मुख्य भूमिका रहेको ‘पद्मावती’को छायाकंन केही दिन अघि सकिएको छ । छायाकंन सकेर निर्माण टोलीले सिनेमा प्रदर्शनको लागि तयार पारेको छ भने सिनेमाको काम सकिएको खुशीमा दीपिकाले हालै मात्र आफ्नै घरमा एक पार्टी पनि राखिन् । उनको पार्टीमा रणवीर सिंह देखि बलिवुड सेलिब्रेटीहरुको बाक्लो उपस्थिति रह्यो ।

यसैबीच सिनेमामा अला उद्दिन खिलजीको भूमिका निर्वाह गरेका अभिनेता रणवीर सिंहले सिनेमासँग जोडिएको एउटा खुलासा गरेका छन् । खासमा उनले सिनेमामा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा साेंचेर सिनेमा साईन गर्न समय लगाएका थिए । सिनेमामा भिलेनको भूमिका निर्वाह गर्नु पर्ने भएका कारण उनलाई यसमा साईन गर्नुअघि धेरै पटक सोच्नु परेको थियो ।

यस बारेमा कुरा गर्दै उनले भनेका छन्, ‘खिलजीको भूमिकाको बारेमा सोचेर म शुरुमा त डराएको थिएँ । किनभने उनको नकारात्मक भूमिका थियो । यो मेरो लागि रिस्क वाला काम थियो । यहि कारण मलाई यसमा साईन गर्न समय लाग्यो । अब सिनेमा हेरेपछि नै मैले आफ्नो भूमिका कस्तो रहेछ भन्ने कुरा आँकलन गर्न सक्नेछु ।’उनका अनुसार अला उद्दिन खिलजीको भूमिका घिन लाग्दो छ ।

विवादका कारण भंसालीले गरे १ सय ६० करोडको बिमा
‘पद्मावती’ छायाकंन शुरुभएदेखि नै विवादमा छ । विभिन्न ठाउँमा सिनेमाको विरोध भईरहेको छ । हालै मात्र राजस्थानको चित्तौडगढमा करणी सेनाले ‘पद्मावती’कोविरोध गरेको थियो । प्रदर्शनकारीले सिनेमामा महारानी‘पद्मावती’लाई बद्नाम गर्ने कोशिस गरिएको आरोप लगाएका छन । उता ‘पद्मावती’को रुपमा दीपिकाको नाचगान देखेर राजपुत समाज पनि रिसाएको छ ।
सिनेमाको विरोधले रोकिने नामै नलिए पछि सिनेमाका निर्माता तथा निर्देशक संजय लिला भंसालीलले ‘पद्मावती’लाई सुरक्षित गरेका छन् । उनले १ सय ६० करोड भारतीय रुपैयाँको बिमा गराएका छन् । यो बिमाका अनुसार सिनेमा रिलिज भईसकेपछि पनि विरोध प्रदर्शन भएर टिकट नबिकेमा वा तोडफोड भएमा त्यसको सबै क्षतीपुर्ती बिमा कम्पनीले बेहोर्ने छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com