AD_ Wide Top

किरणलाई राजारामको दुई लात

२०७४ कार्तिक २२ बुधवार  |   Gufgaf

below social share detail page adv


loading...
किरणलाई राजारामको दुई लात

काठमाण्डौ   कार्तिक २२ ✎

नेपाली कलाकारिता क्षेत्रको लोकप्रिय जोडी मध्येको एक हो किरण केसी र राजाराम पौड्यालको जोडी । यी दुई एकताका‘किरा’ जोडीको नामले परिचित थिए । दर्जनौँ टेलिसिरियल र सिनेमामा काम गरेका यी दुई यति बेला सिनेमा ‘शत्रु गते’को छायाकंन व्यस्त छन् । छायाकंन स्थलमा रहेका राजारामले आफूलाई किरणको औधी माया लाग्ने बताउँदै भने, ‘उसको शरीरमात झिँगा बस्यो भने पनि मलाई दुःख लाग्छ । म देख्नै सक्दिन । मलाई त्यति माया लाग्छ त्यसको । अघि भर्खरै उसको खुट्टामा झिँगा बसेको थियो मैले दुई लात हानेको झिँगा भाग्यो, (हाँसो) । मलाई त उसको ज्यानमा अरुले छोएको समेत मन पर्दैन । हामी त रुम मेट पनि हौँ।’

तराईको जिल्ला वीरगंजमा सिनेमाको छायाकंन भईरहेको छ जहाँ लामखुट्टे पनि अत्यधिक लाग्ने गर्छन् । त्यहाँका लामखुट्टेको बारेमा ठट्टा गर्दै उनले भने, ‘पहिलो दिनमा त चिनेन होला त्यहि भएर खासै केही पनि गरेन । दोस्रो दिन चाहि खुब माया गर्यो । रातभरि कन्याएर सुत्नै सकिन ।’
यस सिनेमामा राजाराम पण्डितको भूमिकामा छन् । यस अघि पनि उनले केही सिनेमामा पण्डितकै भूमिका निर्वाह गरेका छन् । ‘छक्का पञ्जा २’मा उनले निर्वाह गरेको पण्डितको भूमिकाको धेरैले तारिफ गरेका थिए ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com