AD_ Wide Top

एक तस्बिरका कारण शाहरुखकी हिरोईनले मागिन् माफी

०७४ कार्तिक २३ बिहीवार  |   Agency

below social share detail page adv


loading...
एक तस्बिरका कारण शाहरुखकी हिरोईनले मागिन् माफी

एजेन्सी  कार्तिक २३ ✎

पाकिस्तानीअभिनेत्री माहिरा खानले शाहरुख खानको सिनेमा ‘रईस’मार्फत बलिवुडमा पनि ब्रेक लिईन् । सिनेमामा काम गरे पनि उनी पाकिस्तान र भारतबीचको विवादका कारण सिनेमाको प्रचार प्रसारमा भने हिड्न पाईनन् । तैपनि उनको लोकप्रियता भने भारत–पाकिस्तान लगायतका देशमा बराबरै छ ।
यहि लोकप्रियताकै कारण उनी केही समय अघि सामाजिक सञ्जालमा अत्यधिक ट्रोल हुन पुगिन् । बलिवुड अभिनेता रणवीर कपूरसँग न्युयोर्कमा चुरोट सेवन गरेको उनको एक तस्बिर केही समय अघि भाईरल हुन पुग्यो । तस्बिरमा उनले लगाएको ड्रेसलाई लिएर केहीले विरोध गरे भने केहीले उनको चुरोट सेवनलाई लिएर ।
अर्कातिर रणवीरसँग भएका कारण धेरैले दुईको अफेयरको चर्चा पनि गरे । यी सबै कुराको असर माहिरालाई पर्न गयो । माहिरालाई केहीले गैर मुश्लिम र बेश्या समेत भनेका थिए । त्यस बखत माहिरा पूर्ण रुपमा टुटेकी थिईन् । यस कुराको खुलासा उनले हालै मात्र एक कार्यक्रममा गरेकी हुन् ।
माहिराले आगामी सिनेमा ‘वरना’को गीत ‘पावर दि गेम’ रिलिज कार्यक्रममा एक म्यागजिन सँग कुरा गर्दै भनेकी छिन्, ‘त्यो समय अचम्मको बन्यो । हुन त म आत्मबल बलियो भएकी महिला हुँ । तर अत्यधिक ट्रोल भएको देख्दा म पूर्णरुपमा टुटेको थिएँ । मैले धेरै पटक यस मामिलामा समाजिक सञ्जालमा लेख्न चाहन्थेँ । तर आफूले आफैलाई रोक्थेँ । किनभने तयो समयमा के लेख्ने भन्ने कुरामा दीमागले राम्रोसँग काम गरेको थिएन । मलाई थाहा छ म कैयोँको लागि रोल मोडल हुँ। तर म परफेक्ट भने छैन । म अब आएर त्यो ट्रोलको बारेमा बोल्न चाहन्न तर मेरो त्यो तस्बिर देखेर जो कोहीलाई पनि ठेस पुग्यो उनीहरुको बारेमा साेंच्दा दुख लाग्छ । मेरो त्यो तस्बिर देखेर मेरो आमा र हजुर आमालाई पनि ठेस पुगेको थियो । यतिमात्रै हैन यदि कोही बृद्ध महिला मेरो सामु आएर मेरो त्यो तस्बिर मन परेन भन्छिन् भने म तुरुन्तै माफी माग्न तयार छु ।’


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com