AD_ Wide Top

निरमायाँ रोधि क्लवले दियो स्रष्टालाई रोयल्टी

२०७४ कार्तिक २४ शुक्रवार  |   Gufgaf

below social share detail page adv


loading...
निरमायाँ रोधि क्लवले दियो स्रष्टालाई रोयल्टी

काठमाण्डौ कार्तिक २४ ✎

राजधानीको कमलादी स्थित निरमायाँ रोधि क्लवले गीत संगीतको सार्बजनिक प्रयोग गरे बापत स्रष्टालाई रोयल्टी दिएको छ ।
बिहिबार रोधि क्लवमा आयोजीत एक औपचारीक कार्यक्रममा क्लवका संचालक समेत रहेका प्रसिद्ध गायक बद्रि पंगेनीले रोयल्टी रकम हस्तान्तरण गरेका हुन ।

संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल,संगीत उत्पादक समाज नेपाल, संगीतकार संघ नेपाल र संगीत उद्योग संघ नेपालका पदाधिकारीको उपस्थितिमा रोयल्टीको चेक हस्तान्तरण गरिएको हो ।

gufgaf@निरमायाँ रोधि क्लवकार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गायक पंंगेनीले दोहोरी साँझमा प्रस्तुत गरिने गीतका सर्जकलाई अनिबार्य रोयल्टी दिन आफू र आफू मातहतका सबै तयार रहेको बताए ।

प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीले गीत संगीतको सार्बजनिक प्रयोग बापत कानुनले तोकेको स्रष्टाको रोयल्टीको अधिकारको सम्मान गर्न सबैलाई आग्रह गरे ।

संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मल ढकालले सबैको एकताले अधिकार प्राप्तीमा सफलता मिल्दै गरेको बताए ।
संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले स्रष्टाको अधिकार रक्षाका लागि कुनै प्रकारको स्वार्थ सहितको संझौता कदापी नगर्ने बताए ।
त्यसैगरी महासचिव महेश खडकाले स्रष्टा अधिकारका लागि अर्को पुस्ताको संगीतकर्मीहरुले अहिलेको पुस्ताले जस्तो संघर्ष गर्नु पर्ने दिनको छिट्टै अन्त्य हुने बिस्वास ब्यक्त गरे ।

कार्यक्रममा नेपाली संगीत क्षेत्रमा प्रसिद्धि कमाएका संगीतकर्मी हरुको उपस्थििति थियो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com