AD_ Wide Top

यो वर्षका बहुप्रतिक्षित सिनेमा

२०७४ कार्तिक २४ शुक्रवार  |   Gufgaf

below social share detail page adv


loading...
यो वर्षका बहुप्रतिक्षित सिनेमा

काठमाण्डौ कार्तिक २४ ✎

यतिबेला नेपाली सिनेमाको बजारमा सिनेमा ‘कृ’ र ‘कान्छी’ जुध्ने खबरले चर्चा पाएको छ । सुवास गिरीको निर्माण तथा भुवन केसीको निर्देशन रहेको सिनेमा‘कृ’ माघ २६ देखि प्रदर्शनमा आउने मिति सार्वजनिक भए सँगै स्वेता खड्काको निर्माण तथा अभिनय रहेको सिनेमा‘कान्छी’लाई अप्ठ्यारो पर्ने चिन्ता नेपाली सिनेमाका शुभचिन्तकलाई परेको छ । ‘कान्छी’ले ‘कृ’ भन्दा अघि नै माघ २६ लाई आफ्नो प्रदर्शन मिति लक गरेको थियो । यी दुबै सिनेमा दर्शकले प्रतिक्षा गरेका सिनेमा भएका कारण पनि एकै दिन प्रदर्शनमा आउनु राम्रो नहुने देखिन्छ । तर ‘कृ’ यहि मितीमा प्रदर्शन हुने कुरामा अडिग रह्यो भने स्वेताले ‘कान्छी’लाई पछि सार्ने सम्भावना देखिएको छ ।
दर्शकको लागि बहुप्रतिक्षित बनेका यी दुई सिनेमाको यसै प्रसंगमा आज हामी यो वर्षका अन्य केही बहुप्रतिक्षित सिनेमाहरुको बारेमा चर्चा गर्दैछौँ ।


‘शत्रु ’ गते
शत्रुगते@gufgafमह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माण रहेको सिनेमा‘शत्रु गते’ यो वर्षको बहुप्रतिक्षित सिनेमा मध्येको एक हो । हाँस्य कलाकारहरुको बाहुल्यता भएको यस सिनेमाले छायाकंनको पहिलो शेड्युल पूरा गरेर दोस्रो शेड्युल छायाकंनको तयारीमा जुटेको छ । सिनेमाको नाम र कथा वस्तुको बारेमा केही पनि जानकारी बाहिर नआएकोले पनि धेरैलाई यस सिनेमामा कस्तो कथा छ भन्ने भएको छ । यहि कौतुहलताका साथ दर्शक ‘शत्रु गते’ हेर्न प्रतिक्षारत छन् । प्रदर्शन मिति चैत्र ९ लाई तोकेको ‘शत्रु गते’मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल लगायतका कलाकार हरुको मुख्य भूमिका छ । सिनेमाका निर्देशक प्रदीप भट्टराई हुन ।


मंगलम
अभिनेत्री शिल्पा पोखरेलको लगानी रहेको सिनेमा ‘मंगलम’असोजमा रिलिज हुने गरी निर्माण भएको सिनेमा हो । तर तोकिएको प्रदर्शन मिति असोज ११ मा सिनेमा‘छक्का पञ्जा २’ रिलिज भएपछि सिनेमाको रिलिज मिति फागुनमा पुगेको छ । छविराज ओझाको ब्यानरमा निर्माण भएको यो सिनेमा पनि दर्शकले प्रतिक्षा गरेको सिनेमा हो । नवल नेपालको निर्देशन ‘मंगलम’मा शिल्पा पोखरेल, पुष्पल खड्का पृथ्वी राज प्रसाईँ लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।


मिस्टर झोले
रामबाबु गुरुङको निर्देशन रहेको सिनेमा‘मिस्टर झोले’पनि यस वर्षको बहुप्रतिक्षित सिनेमा बनेको छ । प्रियंका कार्की र दयाहाङ राईले मुख्य भूमिका निर्वाह गरेको सफल सिनेमा ‘झोले’को सिक्वेलमा दयाहाङ राई, दिया पुन, वर्षा राउत लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । २०७० सालमा रिलिज भएको ‘झोले’ जम्मा ३९ पर्दामा रिलिज भएर करोड क्लबमा प्रवेश गरेको थियो । दयाहाङको करिअरमा ‘लुट’ पछि करोड क्लबमा प्रवेश गर्ने दोस्रो सिनेमा ‘झोले’ नै हो । प्रियंकाको करिअरमा भने करोड क्लबमा प्रवेश गर्ने पहिलो सिनेमा नै ‘झोले’ थियो । तर उनी यहि सिनेमाको सिक्वेलमा भने अटाएकी छैनन् ।


शेरबहादुर
चलचित्र_शेरबहादुर_माघ_२६_मा_प्रदर्शन_हुने,_यस्तो_छ_फस्ट_लुक 8273आर राजबंशीको निर्देशनमा तयार भएको सिनेमा‘शेरबहादुर’प्रदर्शनको लागि तयार भएको छ । माघ १९ लाई प्रदर्शन मिति तोकेको यस सिनेमाको नामले आम दर्शकलाई कतै राजनीतिक सिनेमा त हैन ?भन्ने बनाएको छ । तर यो राजनीतिक सिनेमा हो या हैन माघ १९ पछि नै थाहा हुनेछ । सिनेमामा सुनिल थापाले ‘शेरबहादुर’को भूमिका निर्वाह गरेका छन् । सिनेमाको कथा वस्तु नबाहिरिए पनि नामकै आधारमा सिनेमा दर्शकको लागि प्रतिक्षित बनेको छ । सिनेमामा सुनिल थापाका अलावा कर्मा शाक्य, मेनुका प्रधान लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

  • तयार भयो शिल्पाको ‘मंगलम’ तयार भयो शिल्पाको ‘मंगलम’

    शिल्पा पोखरेलको निर्माण रहेको सिनेमा मंगलमको सम्पूर्ण काम सकिएको छ । छविराज ओझा कार्यकारी निर्माता रहेको सिनेमा मंगलम रिलिजको लागि तयार..

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com