AD_ Wide Top

स्टेजमा गीत गाउँदा मलाई कपालले कन्फिडेन्ट्स दिन्छ — गायक धिरज राई

२०७४ कार्तिक २५ शुक्रवार  |   Gufgaf

below social share detail page adv


loading...
स्टेजमा गीत गाउँदा मलाई कपालले कन्फिडेन्ट्स दिन्छ — गायक धिरज राई

काठमाण्डौ कार्तिक २५ ✎

गायक धिरज राईले हालै मात्र नयाँ एल्बम ‘लव ब्यालेन्स’ सार्वजनिक गरेका छन् । उही यतिबेला यहि एल्बमको प्रमोशनमा हिँडेका छन् । नेपाली माईकल ज्याक्सनको रुपमा परिचित उनी सांगीतिक कार्यक्रमको सिलसिलामा ४२ देशमा पुगिसकेका छन् । ३२ पटक त उनी हङकङ नै पुगेका छन् । धेरैले उनलाई सबैभन्दा धेरै पटक हङकङ जाने कलाकारको रुपमा गिनिज बुकमा नाम लेख ! भनेर समेत जिस्क्याउने गरेका छन् । धिरज राई गायनका अलावा स्टाईलका कारण पनि चर्चित छन् । उनको लामो कपालले उनलाई फरक परिचय दिएको छ । एल्बम ‘लभ ब्यालेन्स’को प्रमोशनको क्रममा हामीले उनीसँग उनको लामो कपालको बारेमा केही प्रश्न गरेका छौँ ।


gufgaf_धिरज राईकपाल किन पाल्नु भयो तपाईँले ?
स्टेजमा गीत गाउँदा मलाई कपालले कन्फिडेन्ट्स दिन्छ । कपाल जति चल्छ मलाई पफर्म गर्न उत्ति नै मजा आउँछ । मैले एक पटक अलि छोटो बनाएको थिएँ । अनि फ्यानहरुले पनि सामाजिक सञ्जालमार्फत पहिलेकै लुक्स चाहियो भन्नुभयो । यहि कारण पनि मैले कपाललाई निरन्तरता दिएँ ।


कति वर्ष भयो कपाल नकाटेको ?
तीन वर्ष जति भयो । तीन वर्ष अघि काटेको थिएँ त्यसपछि काटेको छैन ।


कत्तिको गाह्रो छ यसको स्याहार गर्न ?
सबैले कपाललाई स्याहार गर्न कति गाह्रो हुन्छ होला तिमलाई भन्छन् । तर सजिलो छ । एक हप्तामा तीन दिन जति नुहाउँछु । मेरो आमा बुवाको पनि राम्रो भएका कारण होला मेरो कपाल पनि स्वस्थ छ ।


gufgaf_धिरज राई_gufgaf

स्याम्पु कुन प्रयोग गर्नुहुन्छ ?
मलाई यहि ब्राण्डको चाहिन्छ भन्ने छैन । जुन भएपनि हुन्छ । म स्याम्पु कमै प्रयोग गर्छु । तर मैले सकेसम्म कागती भएको स्याम्पुहरु प्रयोग गर्छु ।


नयाँ एल्बम सार्वजनिक भएको छ‘लब ब्यालेन्स’। यसको प्रतिकृया के छ ?
तीन वर्ष पछि मैले यो एल्बम सार्वजनिक गरेको हुँ । अहिले यसकै प्रमोशनमा छु । यसमा माया प्रेममा भाव बोकेका गीतहरु समावेश भएका छन् । प्रतिकृया पनि राम्रो आएको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com