AD_ Wide Top

फिल्म जुध्ने विषयमा स्वेताको अभिव्यक्ति

२०७४ कार्तिक २६ आइतवार  |   Gufgaf

below social share detail page adv


loading...
फिल्म जुध्ने विषयमा स्वेताको अभिव्यक्ति

बिहिबार अनमोल केसी स्टारर सिनेमा ‘कृ’ निर्माता सुवास गिरीले सामाजिक सञ्जालमार्फत माघ २६ गतेलाई सिनेमाको प्रदर्शन मिति तय गरेको जानकारी दिए । सिनेमाको छाँयाकंन सकिएको जानकारी दिँदै उनले केही तस्बिरहरु सहित सिनेमाको प्रदर्शन मिति र ट्रेलर रिलिज मिति लेखेका थिए । उनले सिनेमाको प्रदर्शन मिति माघ २६ लाई तय भएको कुरा सार्वजनिक गर्ने बित्तिकै नेपाली सिने बजारको माहोल तातियो ।

किनभने यहि दिन लाईअभिनेत्री स्वेता खड्काको निर्माण तथा अभिनय रहेको सिनेमा‘कान्छी’लेपहिले नै प्रदर्शन मिति तय गरेको थियो । दुई वर्ष पछि सिने नगरीमा फर्केकी स्वेताको ‘कान्छी’ र युवास्टार अनमोल केसी अभिनित‘कृ’दुवै सिनेमा बहुप्रतितिक्षत सिनेमा हुन् । यस्तो अवस्थामा एकै दिन दर्शकले चाहेका दुई सिनेमा प्रदर्शन हुने खबरले दर्शकदीर्घामै नैराश्यता छायो ।

अभिनेत्री स्वेताको प्रत्यक्ष सम्पर्कमा रहेका केहीले, यसरी सिनेमा जुधाउन राम्रो नहुने भन्दै स्वेतालाई म्यासेज पनि गरे । फ्यानहरुको म्यासेजको जवाफ दिँदै यस विषयमा स्वेताले एक अभिव्यक्ति दिएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,

करिव २ बर्षको बिश्राम पस्चात बनेको मेरो चलचित्र ‘कान्छी’ ले तय गरेको माघ २६ लाई अनमोल केसी अभिनित ‘कृ’ले पनि आफ्नो रिल…

Posted by Shweta Khadka on Friday, November 10, 2017

स्वेताको यो अभिव्यक्ति पछि धेरैले उनको विचार र सोचको प्रशंसा गरेका छन् । तर ‘कृ’पक्षले भने यसमाकुनै पनि प्रतिकृया जनाएको छैन ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com