AD_ Wide Top

दुई वर्षमा मैले धेरै कुराहरु स्थापित गरे अब बाँकि काम पुरा गर्छु — मिलन मोक्तान अध्यक्ष नेपाल सांगीतिक संघ

२०७४ कार्तिक २६ आइतवार  |   Gufgaf

below social share detail page adv


loading...
दुई वर्षमा मैले धेरै कुराहरु स्थापित गरे अब बाँकि काम पुरा गर्छु — मिलन मोक्तान अध्यक्ष नेपाल सांगीतिक संघ

काठमाण्डौ कार्तिक २६ ✎

नेपाल सांगीतिक संघको १८ औं साधारणसभाले पुनः मिलन मोक्तानकै अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिका धेरै सदस्यहरु पुरानै दोहोरिएका छन् भने केही मात्र नयाँ अनुहारको प्रवेश भएको छ ।
पुनः नेतृत्वमा आएपछि अध्यक्ष मोक्तानले आउने कार्यकाल लाई संस्थागत रुपमा आर्थिक रुपले सबल बनाउने तर्फ ध्यान दिने उद्देश्य लिएको बताएका छन । प्रस्तुत छ नवनिर्वाचित अध्यक्ष मोक्तान संग आजको गफ गाफ ।

नेपाल सांगीतिक संघको दोस्रो कार्यकालको लागि तपाई सर्बसम्मत निर्वाचित हुनुभएको छ आफूलाई कसरी मूल्याङन गर्नु हुन्छ ?
सायद मेरो काम राम्रो भएको भएर होला । सांगीतिक संघलाई अगाडी बढाउन मैले निकै मेहेनत गरेको थिए त्यही भएर पनि हुन सक्छ । सबै साथीले त्यही भएर विश्वास गर्नुभएको हुन सक्छ ।


नव निर्वाचित अध्यक्ष भएपछि को चुनौती के देख्नु भएको छ?
हामीले यसलाई अझै विस्तार गर्न सोंचेको छौ । यसको पनि शाखा स्थापित गर्ने बारेमा साेंचेको छौ । एक एकवटा संयोजकहरु तोकेर यो क्षेत्रमा लागेको सबै जनालाई सपोर्ट सहयोग ट्रेनिङ्ग गराउने । अरुरुलाई नेपाली म्यूजिकको बारेमा ज्ञान दिने ।


मिलन मोक्तान-gufgafसांगीतिक संघमा जुन खालको क्रियाकलाप भईरहेको छ त्यसले पनि संगीतकर्मीकै हित र राम्रोको लागि गर्न हो । अरु संघ सस्ंथाले पनि त्यही गर्ने हो भने पछि बरु एउटा महासंघ बनाउन सकिन्न?
यो कन्सेप्ट हिजो निस्किएको थियो सबै जना हुँदा । सबै यो पुरानो र विश्वसनिय देश विदेशमा पनि पहिचान भैसकेको आफ्नो प्रतिष्ठा राखिसकेको हुनाले यसलाई महासंघको रुपमा लान सक्ने कुरा उठेको थियो हिजो । यसको बारेमा पनि कुरा गरेर अघि बढाउन सकिन्छ ।


तपाई साधना कला केन्द्रको प्रबन्ध निर्देशक , संगीतकार संघको कार्य समिति सदस्य पनि त्यति हुँदाहुदँै पनि सांगीतिक संघको दोस्रो कार्यकालको लागि किन लायलित हुनु भयो ?
यो दुई वर्षमा मैले धेरै कुराहरु स्थापित गरेको छु । एउटा विश्व संगीत दिवस मनाउने सम्पूर्ण कलाकार मिलेर नयाँ वर्षको अवसरमा सांगीतिक उत्सब गर्न शुरु गरेको छु । त्यो पछि मात्र हस्तान्तरण गर्ने कुरो थियो । सबै जनाले यो कुरा ठिक छ भनेर मलाई काम गर्ने अभिभारा दिनु भयो ।


के देखिन्छ भने एउटा संघ संस्थाको नेतृत्व गर्ने नेता बन्ने रहर गर्ने तर जे उद्धेस्यको लागि काम गरिएको हो खोलिएको हो त्यो चाहि नहुने यसको विषयमा के भन्नु हुन्छ ?
हामीले गर्न नसकेको वा नगरेको होईन । गर्न खोज्दा पनि कतिपय कुरा नमिल्दो रहेछ । त्यो कुरा पनि हो । यो कुरा जहाँ पनि लागु हुने कुरा हो । संघ भयो भने हामी सबै कलाकार एक ढिक्का भएर काम गर्छौ । बौद्धिक सम्पत्तिको बारेमा हामीले धेरै अघि कुरा उठाएको थियौ । अबको दिनमा कलाकारको लागि राम्रो काम हुदैँ छ जस्तो मलाई लागिरहेको छ ।


अघिल्लो कार्यकालको समय समिक्षा गरौँ तपाईले जिम्मेवारी सम्हाली सकेपछि संगीतकर्मीको हितको लागि यो, यो महत्वपूर्ण काम गरे भन्ने चाँहि के छ ?
अहिले जुन नयाँ संविधान आयो त्यसमा हामीले वौद्धिक सम्पत्ती लाई समाबेश गर्न सफलभएका छौ । यो कुरा नै सबै भन्दा महत्वपूर्ण कुरा हो । सबै कलाकारहरुले आफ्नो गीत संगीतकोे अधिकार पाउने भनेर लडिरहेका छौ यो नै महत्वपूर्ण कुरा हो ।


अघिल्लो पल्ट नेतृत्व लिने बेलामा जबरजस्ती गरेर कब्जा गर्यो भन्ने पनि अरोप लागेको थियो । त्यो आरोप पखालियो कि नाई?
पखालिरहेको छ । यो किनभन्दा त्यो मैले जबरजस्ती गरेको नै होईन । मैले सचिवको रुपमा छ वर्ष काम गरेँ । महासचिवको रुपमा दुई वर्ष काम गरेँ । मैले अध्यक्ष पदमा आउन खोजेको मात्र हो । आउँदा मेरो प्रतिद्धन्दीहरु आफै हारेर भागेँ । त्यसपछिको कुरा हो त्यो पछि मैले त्यसमा दादागिरी केहीपनि गरिन ।


gufgaf@मिलन मोक्तान-gufgafनयाँ कार्यकालका लागि जस्तो टिम आएको छ त्यो टिमलाई संगै लिएर यो यो गर्छु भन्ने प्राथमिकता के हो ?
कलाकारको हकहितको लागि नै हामी लड्छौ । अधिकारको लागि नै हामी मेहनत गर्छौ । हामी सबै जना मिलेर यसै गरी संस्थालाई कसरी हुन्छ अगाडी बढाउने । एउटा चटक्क परेको घर बनाउँने योजना छ ।


नेपाली संगीतकर्मीको अवस्था कस्तो छ तपाइृकोआँखामा ?

कलाकारहरुको कुनै पनि सिडी वा क्यासेट बिक्री हुदैँन । सबै लथालिङ्ग छ । तर अब जे हुन लागेको छ त्यो राम्रो हुन लागेको छ ।




gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com