AD_ Wide Top

लोकप्रिय कलाकार हरिवंश आचार्य आज देखि ६० वर्षमा प्रवेश

२०७४ कार्तिक २७  |   Gufgaf

below social share detail page adv


loading...
लोकप्रिय कलाकार हरिवंश आचार्य आज देखि ६० वर्षमा प्रवेश

काठमाण्डौ कार्तिक २७ ✎

लोकप्रिय कलाकार हरिवंश आचार्य आज देखि ६० वर्षमा प्रवेश गरेका छन् । विक्रम सम्वत २०१४ साल कार्तिक २७ गते काठमाण्डौको गौरीधारामा जन्मिएका हरिवंश, हरिवंशपूजा पछि जन्मेका परिवारका एक मात्र छोरा हुन् । पाँचजना छोरी मात्र जन्मेपछि छोरीले पिण्ड दिन नहुने र छोरा नै चाहिने भन्दै छोराको चाहमा हरिवंशका आमा बुवाले हरिवंश पूजाल गाएका थिए । हरिवंश पूजा लगाएर जन्मेका कारण उनको नाम पनि हरिवंश रहन गएको हो । आमा बुवाका रुढीबादी सोंचका कारण आफू जन्मिन पाएको हरिवंश बताउँछन् ।

बुवा ७३ वर्षको हुँदा हरिवंशको जन्म भएको थियो । तर उनी जन्मेको ६ वर्षपछि उनका बुवाको निधन भयो । उनकी आमाको पनि उनी ११ वर्षको हुँदा निधन भयो । सानै उमेरमा आमा बुवा गुमाउँदाको पीडा र दुख कस्तो हुँदो रहेछ ? भन्ने कुरा कसैले उनी सँग सोध्दा सायद राम्रो जवाफ पाउँछ ।

आमा बुवा नहुँदा जीवनमा जेठी दिदी बिन्दु आचार्यले अभिभावकको जिम्मेवारी पूरा गरेको हरि बताउँछन् । उनी बिन्दु दिदीलाई आमाको दर्जामा राख्छन ।

हरिवंश आचार्य-gufgaf१७वर्षको उमेर देखि कलाकारिताको शुरुवता गरेका हरिवंशले रेडियो नेपालका हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलासी सँगको सहयोगले २०३१ सालमा कलाकारिताको शुरुवात गर्ने मौका पाए । त्यसपछि उनी राष्ट्रिय नाचघरमा पुगे । विक्रम समवत २०३२ सालमा गाईजात्रा महोत्सवमा सहभागी हुने सौभाग्य उनलाई मिल्यो । यो गाईजात्रामा काम गरेपछि उनको चर्चा परिचर्चा शुरु भयो ।
निरन्तर ६ वर्ष कलाकारितामा संघर्ष गरेपछि उनको मदनकृष्ण श्रेष्ठसँग भेट भयो । मदन कृष्णसँग भेट भएपछि उनले उनी सँगको सहकार्यमा स्टेज नाटक देखि टेलि सिरियल बनाउने काम गरे । मदन कृष्णसँग हरिवंशको यात्रा चार दशक पार गरिसकेको छ । उनी मदन कृष्णलाई जीवन साथी भन्न नमिल्ने भन्दै जीवनदाई भन्न रुचाउँछन् । मदन कृष्णसँग मिलेर उनले लालपूर्जा, हरिबहादुर मदनबहादुर, १५ गते लगायतका सिरियलहरु बनाए जुन अत्यधिक रुचाईएका सिरियलहरु हुन् ।

पर्दामा बुढी आमाको भूमिका होस् या तन्नेरी युवाको उनले हरेक चरित्रलाई न्याय दिएका छन् । उनको अभिनयबाट जो कोही पनि सहजै प्रभावित हुन्छ । पर्दामा अभिनय गरेर अरुलाई सहजै हँसाउने उनी स्वयमले भने जीवनमा हाँसो भन्दा धेरै आँशु पिएका छन् ।
बाल्यकालमै आमा बुवा गुमाएका उनले ५३ वर्षको उमेरमा फेरि एकपटक जीवनको महत्वपूर्ण व्यक्तिलाई गुमाए । श्रीमती मिरा उनको जीवनबाट सदाका लागि टाढा भईन् । अरुलाई हँसाउन संघर्ष गरिरहने हरिले आफ्नो जीवनमा भने आँशु धेरै पाए । हाँस्य कलाकार भएर पनि उनी अरुलाई हँसाउन सहज र आफू हाँस्न गाह्रो भएको बताउँछन् ।


कुकुर र हरिवंशको सम्बन्ध
हरिवंशले आफ्नो अटो बायोग्राफी‘चिना हराएको मान्छे’मा जीवनका सबै सुख र दुखहरुलाई स्थान दिएका छन् । यस बाहेक पनिउनले प्रस्तुत गरेका केही प्रसंगहरु निकै चाखलाग्दा छन् । तर उनको कुकुरसँगको सम्बन्धको प्रसंग भने चाखलाग्दो मात्रै हैन अचम्मको छ । उनले आफ्नो जीवनलाई कुकुरको जीवन सँग तुलना गरेका छन् । कार्तिकमा जन्मेका उनलाई सानोमा केही बदमासी गर्दा अरुले कात्तिके भनेर बोलाउँथे । किनभने कार्तिक महिनालाई कुकुरको सिजनको रुपमा लिईन्छ । कार्तिकमै जन्मेका उनले कुकुरसँग तुलना गर्दै आफूले जीवनमा कुकुरले जस्तो दुख र सुख दुबै पाएको बताउँछन् । रंग मन्चमा काम गरेर उनले जीवनमा पहिलो पटक पाएको प्रमाण पत्र पनि कुकुर सँगै सम्बन्धित थियो । उनले पहिलो पटक कुकुरकै भुकाईबाट प्रशंसा पत्र पाएका थिए ।

Hari-Bansha-Acharyaजसरी बाटोमा बसेको कुकुरलाई केहीले खाने कुरा दिन्छन् केहीले लखेट्छन् त्यसरी नै उनले पनि जीवन भोगाईको अनुभव संगालेका छन् । केही भुस्याहा कुकुरहरु हुन्छन् त केही महंगा कुकुरहरु । भुस्याहा कुकुरहरुले दुख पाउँछन् भने महंगा कुकुरहरुले एयर कंडिसनिङ गाडीमा बस्न पाउँछन् । मालिक मालिक्नीको काखमा बसेर खेल्ने अनि महंगा खानेकुराहरु खाने गर्छन् ।
आफ्नो जिन्दगी पनि यस्तै दुई थरि कुकुरको जस्तै भएको उनको भनाई छ । जीवनमा कुकुरले पाउने दुख पनि पाएको र सुख पनि पाएका कारण उनले आफूलाई कुकुरसँग तुलना गरेका हुन् ।

कुकुर हरिवंशलाई एकदमै मन पर्ने जनावरमा पर्छ ।संयोगबस उनी कुकुरसँगै सम्बन्धित संस्थाको अध्यक्ष पनि भए । ‘काठमाण्डौ एनिमल ट्रिटमेन्ट सेन्टर’मा पनि उनले अध्यक्ष भएरका काम गरे । त्यस संस्थाले बाटोमा हिड्ने भुस्याहा कुकुरहरुलाई विष खुवाएर मार्न नपरोस् भनेर परिवार नियोजन गर्ने गर्थ्यो । लुतो आएर छटपटिएका कुकुरहरुलाई सफा गरिदिने अनि उपचार गरिसके पछि भने त्यसलाई जहाँबाट ल्याएको हो त्यहि ठाउँमा लगेर छोडिदिने त्यहाको नियम थियो । तर दुर्भाग्य त्यो संस्था अहिले बन्द छ । यो संस्थालार्ई लण्डनकी जेन शल्टर भन्ने महिलाले शुरु गरेकीहुन् । उनले आफू रिटायर्ड भएको पैसा ल्याएर यो संस्थाको शुरुवात गरेकि थिइन ।


रेडियो अडियोले हरिबंशको जन्मदिन बिशेष बनाउने
नेपालका प्राय सबै हास्य कलाकारको जन्मदिन बिशेष प्रकारले मनाउने परम्परानै बसालेको रेडियो अडियोले बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्यको जन्मदिन पनि पनि बिशेष प्रकारले मनाउने भएको छ । हरिबंशलाई शुभ कामना दिन रेडियो अडियो परिवार रोजभिल्ला पुग्ने भएको छ । साथै सिनेमा शत्रु गतेको टिमले पनि जन्मोत्सवलाई बिशेष बनाउने तयारी गरेको छ । हरिबंश अचार्यलाई रेडियो अडियो, फर सि नेटवर्क र गफगाफ डटकमको तर्फ बाट जन्मदिनका अबसरमा सु स्वास्थ्य र दीर्घ जीवनको कामना ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com