AD_ Wide Top

प्रभासले अनुष्कालाई दिए कार उपहार !

२०७४ कार्तिक २७ सोमबार  |   Agency

below social share detail page adv


loading...
प्रभासले अनुष्कालाई दिए कार उपहार !

एजेन्सी कार्तिक २७✎

दक्षिण भारतीय अभिनेता प्रभास र अभिनेत्री अनुष्का शेट्टीको अफेयरको खबर बेला बखतमा चर्चामा आईरहन्छ । एकताका त उनीहरुको विवाहको खबरले पनि मिडिया तताएको थियो । उनीहरुले भने अफेयर र विवाहको खबरलाई अस्विकार गर्दै आएका छन् । विवाह र अफेयरको खबरलाई गलत भएको भन्दै उनीहरुले आफूहरु मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् ।

भारतीय सञ्चार माध्ययमको खबरलाई सापट लिने हो भने त अनुश्का प्रभासलाई सोधे बिना कुनै पनि काम गर्दिनन् । केही समय अघि मात्र उनलाई बलिवुड निर्माता तथा निर्देशक करण जोहरले सिनेमाको प्रस्ताव राखेका थिए । तर प्रभासले नगर भनेपछि उनले उक्त प्रस्तावलाई अस्विकार गरिन् ।

त्यसो त करणले प्रभासलाई पनि बलिवुडमा डेब्यु गराउन चाहेका थिए । तर प्रभासले २० करोड पारिश्रमिक मागेपछि करण पछि हटेको चर्चा बलिवुडमा छ ।

Gufgafयो सँगै यतिबेला अनुष्कालाई जन्मिदनको उपहार स्वरुप प्रभासले कार उपहार दिएको खबरले चर्चा पाएको छ । नोभेम्बर ७ मा ३६ औँ जन्मदिन मनाएकी अनुश्कालाई प्रभासले बि एम डब्ल्यु कार उपहार स्वरुप दिएका थिए । खासमा प्रभासको यो उपहार अनुश्कालाई रिटर्न गिफ्ट थियो । २३ अक्टोबरमा प्रभासको जन्मदिन पारेर अनुष्काले पनि महंगो घडी उपहार दिएकी थिईन् ।

हालप्रभास दक्षिण भारतीय सिनेमा‘साहो’को छायाकंनमा व्यस्त छन् । त्यस्तै अनुष्काको आगामी सिनेमा ‘भागमती’प्रदर्शनको लागि तयार भएको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com