AD_ Wide Top

किरण के.सीको नजरमा हरिवंश — आँखामा राखे पनि नबिझाउने मान्छे

२०७४ कार्तिक २७ सोमबार  |   Gufgaf

below social share detail page adv


loading...
किरण के.सीको नजरमा हरिवंश  — आँखामा राखे पनि नबिझाउने मान्छे

काठमाण्डौ कार्तिक २७✎

हाँस्य कलाकार हरिवंश आचार्य आज देखि ६० वर्षमा प्रवेश गरेका छन् । आज जन्मदिन परेका उनलाई जन्म दिनको शुभकामना दिनेहरुको ओईरो छ । जन्म दिनकै अवसर पारेर उनका निकट कलाकार तथा साथी किरण केसीले हरिवंशका बारेमा केही कुराहरु सेयर गरेका छन उनकै लयमा ।


आँखामा राखे पनि नबिझाउने मान्छे
HARI bhansa acharayaहरिवंश भन्ने मान्छे पर्दामा एकदमै नेगेटिभ सोंच भएको मान्छे । खलपात्रको कुरा मात्रै दिमागमा आईरहने मान्छे । असल जिन्दगीमा भने यसको ठ्याक्कै उल्टो छ । अत्यन्तै राम्रो विचार भएको मान्छे, मृदुभाषी हो । समाजको हित र राम्रोको लागि खटिने व्यक्ति हो हरिवंश । म त उनीहरुलाई (मदन कृष्ण र हरिवशंलाई) राष्ट्रिय विभुतीनै भन्न चाहन्छु ।
नेगेटिभ रोलमा जम्न सफल भएको जस्तै लक्ष्मी, हरिबहादुर, वनपाले लगायतका थुप्रै टेलिसियिलमा खलपात्रको रुपमा अधिक दर्शकको मन जित्न सफलभएको व्यक्तित्व हो हरिवंश । आखाँमा सानो केही परेपनि बिजाउँछ तर हरिवंश त आखाँमा राख्दा पनि नबिझाउने मान्छे हो । राम्रो विचार भएको मान्छे । एउटा असल व्यक्तित्व हो हरिवंश । आज उसको जन्म दिनपरेको छ । जन्म दिनमा लाख लाख बधाई तथा शुभकामना दिन चाहन्छु । अझै धेरै क्रियशन गर्न सक्ने क्षमता माता सरस्वतीले प्रदान गरुन । परिवारमा सुख शान्ति सम्वृद्धि छाओस । रोगले नछोओस् । ऊ मेरो समकालिन साथी हो । पचास वर्ष अगाडि देखि मेरो एकदमै मिल्ने साथी हो त्यो ।


पर्दामा बदमास हरिवंश वास्तविक जीवनमा उल्टो
पर्दाको बद्मास हरिवंश निजी जीवनमा ठ्याक्कै उल्टो छ । अत्यन्तै शालिन भद्र समाजलाई सहयोग गर्न सधै अघि बढ्ने । बिभेद देख्दा समस्या र पीडामा आवाज उठाईहाल्ने । भूईचालो, बाढी पीडित, देश द्धन्दको बेलामा होस आफ्नै ठानेर मलम लाई हाल्ने । उपचार गर्दिहाल्ने सहयोग गरिहाल्ने स्वभावको । त्यस्तो किसिमको एउटा बहुप्रतिभाशाली,अत्यन्तै राम्रो विचार र लगनशिल स्वभावको । उहाँलाई त मूलूकले एउटा असल छोराको रुपमा पाएको छ । जिस्किने र रमाईलो कुरामा चाहि उहाँको विधा नै यही भयो । पर्दा बाहिर पनि त्यतिकै पनि हँसाउनु हुन्छ । केही गराँै भन्यो भने ल ! ल ! गरिहालौँ भनिहाल्नु हुन्छ । कुनै पनि कामको लागि भोलि कुर्ने उहाँको बानी छैन । अत्यन्तै जुझारु,लगनशील, सिस्टममा हिड्ने व्यक्ति हुनुहुन्छ उहाँ ।


हरिसँगको एक रमाईलो पल
lalpurja-preview-nepali-comedy-mahaअमेरिकामा हामीले एउटा कार्यक्रम गरेको थियौँ । १५ वर्ष अगाडि २००२ को कुरा हो यो । हामी मह जात्रा लिएर अमेरिकाको झण्डै २३ वटा शहरमा गएका थियौँ । बाल्टीमोरमा कार्यक्रम गर्ने बेलामा मदनदाई र हरिवंशले ‘श्राद्ध’ भन्ने कार्यक्रम गर्नु भएको थियो । त्यसको सम्पूर्ण सम्वाद हरु मलाई याद छ । समाप्त हुने समयमा हरिदाईले राँगो कराउनु पर्ने थियो । मम भन्नुस.. भन्ने समयमा राँगो कराउनु पर्ने थियो । तर अभिनय गर्दागर्दै दुवै जना हाँस्नु भयो । अनि हरिदाईले आफ्नो सम्वाद नै बिर्सनु भयो । त्यो याद गर्न उहाँलाई झण्डै चालिस मिनेट नै लाग्यो । ४० मिनेटपछि सम्झेर उहाँ अगाडि आउनु भएको थियो ।
उहाँको एउटा बानी छ उहाँ एकदमै छिटो मुडमा आउनुहुन्छ । कुनै सिनेमामा नाटकमा कुट्ने सिन छ भने उहाँले साँच्चिनै हानी दिनु हुन्छ । एक पटक हामीले बि आई सी सीमा नाटक देखाएका थियौँ । अनि स्टेजमा गएर मेरो सम्वादै सकिएको थिएन उहाँले त नाकमा प्वाक प्वाक हानेको हान्यै गर्नु भयो । मेरो नाकलाई त उहाँले रगताम्य बनाईदिनु भयो । हिर्काउनु पर्ने सिन र लात्तिले हान्नु पर्ने सिनमा त साँच्चिकै हानिदिनु हुन्छ । उहाँ एक दमै एग्रेसिभ हुनुहुन्छ । उहाँ त नेपालको अत्यन्तै भर्सटाईल अभिनेता हुनुुहुन्छ । उहाँ नेपाली सिनेमाको देशको कला र संस्कृतिको पहिचान हो ।


‘शत्रु गते’को छायाकंन स्थलमा हरिवंशको रमाईलो
हाम्रो विरगन्जको छायाकंन रमाईलो सँग सकियो । मौसमले, कलाकारले कसैले पनि धोका नदिएका कारण छायाकंन सहज भयो । छायाकंन सकेर प्याकअप भएर हामी फर्किदा त्यो घरको सबै जनाले दुख व्यक्त गर्नु भएको थियो । त्यहाँको माहोल र पल हाम्रो लागि एकदमै अविष्मरणिय रह्यो । त्यहाँ धेरै सिनेमाको छायाकंन भएको रहेछ । त्यहाँजाने अरु कलाकारलाई भन्दा हामीलाई धेरै माया देखाईदिनु भयो । आउने बेलामा त त्यहाँका मानिसको रुवाबासी नै भयो । यो रुवाबासी त्यसै भएको हैन । हामीले मन जितेका कारण भएको हो । ‘शत्रु गते’टिमले सबैको मन जित्न सक्यो जस्तो अनुभूति भएको छ ।

bhootजहाँसम्म हरिदाईको कुरा छ उहाँले रमाईलो गरेर अरुलाई हँसाउनै पर्दैन । उहाँको अभिनयले नै सबै हाँस्छन् । अरुको क्यारिकेचर मात्र होईन अरुको भूमिकामा समेत सजिलोसँग आफूलाई ढाल्न सक्ने कलाकार मध्येमा हरिवंशदाई पनि पर्नु हुन्छ । मान्छेहरुले अरुको क्यारिकेचर गर्न गर्छन् । उहाँले चाहि कसैको क्यारिकेचर आफै उत्पादन गर्नुहुन्छ ।
क्यारिकेचर उत्पादन गर्ने उत्पादक हुन हरिवंश आचार्य । त्यस कारण छायाकंन हेर्न आउने मान्छेहरु, कलाकारहरु प्राविधिकहरु शेटमै हाँस्ने गर्छन् । शेटमा त उसको रमाईलो को कुनै सिमा नै हुँदैन । हरेक मह जोडीको सहकार्य ४० वर्ष पुगेको छ । उहाँहरु सँग मेरो सहकार्य लगभग ३८वर्ष भयो । अझ विशेष हरिवंशसँग त मेरो मित्रता ५० वर्ष भयो । त्यसले गर्दा मेरो पचासौँ वर्षको सह–यात्री साथी एउटा समकालिन हो ऊ । उमेरले त म भन्दा ४महिनाले कान्छो हो छ हरिवंश । त्यसकारण अन्त्यमा म दाई भएको नाताले उसलाई जन्मदिनको शुभकामना दिँदै आगामी दिनमा दिर्घ जीवन, सुस्वास्थ्य र काममा अझ बढी लगनशीलता, पारदर्शिता अझ बढी क्रियशनगर्ने क्षमता बृद्धी होस् भन्न चाहन्छु ।

last


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com