AD_ Wide Top

सांगीतिक क्षेत्रको नजरमा हरिबंश आचार्य

२०७४ कार्तिक २७ सोमबार  |   Gufgaf

below social share detail page adv


loading...
सांगीतिक क्षेत्रको नजरमा हरिबंश आचार्य

काठमाण्डौ कार्तिक २७✎

चन्चले चन्चले गण्डकी अञ्चले होस या हाम्री आमा सारै नै बाठि छन, अथवा सारंगी रेटौला, होस या चलचित्रका केहि गीत जस्तै साझा बसमा जो पनि चढदछ,तिमी पर्यौ पिरिममा, हरिबंश आचार्यलाई गायकका रुपम चिनाउने गीत हुन । त्यसैगरी आचार्य गायकका रुपमा पनि निरन्तर कृयाशिल छन भन्ने उदाहरण हो चलचित्र छक्का पञ्जा दुई को मछु यता किनारामा । आज हामीले हरिबंश आचार्यलाई सांगीतिकक्षेत्रले कसरी हेरेको छ भनेर जान्न संघ संस्थाका प्रतिनिधि संग कुराकारी गरेका छौ ।

Sambhujit-baskotaशम्भुजित बाँस्कोटा —उपकुलपति नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान
अन्यन्तै ठूलो लेजेन्डरी
हरिवंशजी एउटा बहुमुखीप्रतिभाको धनी हुनुहुन्छ । उहाँमा धेरै प्रतिभा छन । उहाँलाई अभिनय, लेखन, संगीत प्रतिको मोह छ । उहाँले आफ्नो किसिमको सुहाउने गीत पनि गाउनुभएको छ । संगीत साहित्यकलामा पनि उहाँको रुची छ । उहाँ मिलनसार र भद्र हुनुहुन्छ । सबै संग मिल्ने । मैले भेटेदेखि उहाँको स्वभाव र बानीहरु राम्रो देखेको छु र सबैलाई माया गर्ने प्रशंसा गर्ने । हरिवंशलाई मैले भन्दा उहाँअन्यन्तै ठूलो लेजेन्डरी हुनुहुन्छ । उहाँ मेरो राम्रो मित्र पनि हुनुहुन्छ । हामी एक किसिमले आफ्नो क्षेत्र भन्दा बाहेकको पनि मिलनसार साथी पनि हौ । उहाँसग मैले चलचित्रहरुमा काम पनि गरेको छु । उहाँ हाँस्य व्यङ्ग्यको सगै सेन्टिमेन्टल कलाकार पनि हो । यो क्षेत्रको गरिमा बढाउनुभएको छ । उहाँको जन्म दिनमा उहाँलाई म शुभकामना दिन चाहन्छु ।


हरिवंश आचार्यको स्वर संगीत लेखन अब्बल नै हो कि उहाँको सोख ?
कुनै पनि कुराहरु शोखमात्र गरेर त्यो चाहि बलियो हुदैन । त्यसलाई अत्यन्तै सिर्जनात्मक ढङ्गबाट प्रस्तुत गर्नु पर्छ । राम्रो काम गर्यो भने अब्बल पनि भईन्छ । उहाँ मलाई लाग्छ बहुमुखिप्रतिभाको धनी हो । उहाँ यो अभिनय यात्रामा लागिरहनुभएको छ नि संगीत र लेखन यसको पाटोहरु ह्ुन ।


संगै कामगर्ने क्रममा हरिवंशको स्वभाव कस्तो महसुस गर्नु भयो?
हामी सबैले आफ्नो स्तरबाट सक्दो काम गरेको छौ । हामीहरु सर–सल्लाह गरेर एउटाले अर्काको सुझाबहरुलाई लिन्छौ । कुनै पनि कुराको सरल किसिमले सुझाब लिएर हामी सहकार्य गर्छौ त्यसमा केहीपनि समस्या छैन । उहाँको सहयोगी स्वभाव छ ।

तुलसी पराजुलीतुलसी पराजुली —अध्यक्ष प्रस्तोता समाज नेपाल
आदर्श व्यक्तित्व

हरिवंश आचार्य एउटा असल प्रस्तोता, सबैको प्रेरक व्यक्तित्व हुनुहुन्छ । सिर्जनाको मार्फत सबैको मन मुटुमा बस्न सफल हुनुहोस ।

हरिवंश आचार्यको अहिले सम्मको लगानीउ हाँले गरेको योगदानलाई हेर्न हो भने संगीत, सिने र कला क्षेत्रले उहाँलाई कतिको सम्मान गरेको जस्तो ठान्नुहुन्छ?
क्षेत्रगत रुपले हेर्दा संघ संस्थाहरु भन्दा पनि एक व्यक्तिको रुपमा हामीले उहाँलाई धेरै सम्मान गरेको छौ । हर नेपाली र संघं संस्थाहरुले हरिवंश दाईलाई निकै सम्मान गरेको छ । उहाँलाई आदर्श व्यक्तिको रुपमा हेरेका छन । उहाँलाई नै पछयाएर यो क्षेत्रमा धेरै कलाकार आउनुभएको छ । उहाँहरुको आदर्श र प्रेरणा हरिवंश र मदन कृष्ण दाई हुनुहुन्छ । प्रत्येकले सम्मानको आखाँले हेरेको छ जस्तो मलाई लाग्छ ।


पहिलो पटक तपाईले हरिवंश आचार्यलाई भेटेको क्षण याद छ?
पहिलो पटक मैले उहाँलाई टेलिभिजनमा भेटेको हो । मैले एकोहोरो उहाँलाई भेटेको उहाँले मलाई भेट्नु भएन । जति बेला दोहोरो भेट भयो सायद आजभन्दा यो दशवर्ष अघिको कुरा होला । मेरो त्यो कान्छीको छाता चलिसकेको अवस्थामा दाईले मलाई यो गीत त हाम्रो सूटिङ्गमा सबैले गाउँछौ भाई भन्नु भयो । मलाई हरिवंश त्यति राम्रो र सरल हुनुहदोँ रहेछ जस्तो लागेको थिएन । किनभने उहाँ टेलिभिजनमा देखिएको कलाकार म भर्खरै संगीत क्षेत्रमाआएको कलाकार थिए । त्यो पछि म उहाँको झ्नै फ्यान भए ।


त्यो बेला सम्ममा उहाँले तपाईलाई तुलसी पराजुली भनेर चिनीसक्नु भएको रहेछ कि नाई?
त्यो बेलामा उहाँले मलाई नोटिस गरिसक्नुभएको रहेछ जस्तो लाग्यो । कर्ण दासजीको एउटा कार्यक्रमको शिलशिलामा हाम्रो भेट भएको थियो । मैले उहाँलाई दाई नमस्कार भन्दा उहाँले तपाई तुलसीजी होईन भनेर सोध्नुभयो । त्यो पछि उहाँले तपाईको गीत त हाम्रो सूटिङ्ग यूनिटको मनपर्ने गीतहो त भन्नुभयो । त्यो भनेपछिउ हाँले मलाई नोटिस गर्नुभएको छ जस्तो लाग्यो ।

आलोक श्रीआलोक श्री —उपाध्यक्ष संगीतकार संघ नेपाल
आजको दिन सिंगो कला जगतको जन्म
एक युगमा एउटा पुरुषको जन्म हुन्छ । आजको दिन सिंगो कला जगतको जन्मभएको हो जस्तो लाग्छ ।


संगीत तर्फको बाटोलाई हेर्यो भने उहाँलाई कसरी हेर्न सकिन्छ?
पहिला देखि नै उहाँले “चन्चले चन्चले” गीत गाउँदा धेरैले रुचाए । अहिले पनि“म त यता किनारामा” सबैले रुचाए । संगीतकारको हिसाबले हेर्दा उहाँको संगीतप्रतिको मोह सराहनिय छ । उहाँ कलाकार मात्र नभएर कुशल संगीतकर्मी भएको पनि भन्न रुचाउछु ।


पहिलो भेट कसरी र कस्तो थियो?
मैले उहाँलाई सिम्फोनिक स्टूडियोमा भेटेको हो । उहाँलाई के घर के डेरा चलचित्रमा मैले उहाँलाई हेरेको हो । मेरो चिनजान पहिलाबाट नै होईन । त्यो बेलामा मैले उहाँलाई भेट्दा एकदमै सरल र निकै सपोर्ट गर्ने मान्छे भेटे । पहिला मैले त्यस्तो राम्रो संग चिनेको पनि थिईन । पछि मैले मज्जा संग कुराकानी गर्न पाए । राम्रो व्यक्तित्वको रुपमा मैले उहाँलाई पाए ।

Surya Magarसूर्य मगर —अध्यक्ष संगीत उद्योग संघ नेपाल
संगीत उद्योग संघको स्थापनाकर्ता
हरिवंश आचार्यले संगीत उद्योगको अध्यक्षको रुपमा २०५७ सालमा साथ दिनुभएको थियो । जन्मदिनको अवसरमा उहाँलाई सबैको तर्फबाट जन्मदिनको शुभकामना भन्न चाहान्छु ।


संगीत उद्योग संघको नजरबाट हरिवंश आचार्यलाई कसरी चिन्नु हुन्छ?
हामीले जसरी सरस्वती लक्ष्मीलाई पूजा गर्छौ उहाँहरु पनि सरस्वतीको मात्र नभएर लक्ष्मीको पनि रुप हुनुहुदो रहेछ भनेर उहाँहरुले २०५७ सालमा पुष्टि गर्नु भयो । लक्ष्मी पनि जोडिनु पर्छ उद्योग पनि फस्टाउनु पर्छ भन्ने हिसाबले उहाँहरुले संगीत उद्योग संघको स्थापना गर्नु भयो ।


हरिवंश आचार्य संग तपाईको पहिलो भेट कहाँ र कसरी भएको थियो?
मेरो दाई संग रेडियो अडियोको वार्षिक उत्सबको क्रममा भेटभएको थियो । दिपेन्द्र खनियाँजीले हामीलाई बोलाउनुभएको थियो । भेट्दा मैले उहाँलाई दाई नमस्ते म संगीत उद्योग संघको अध्यक्ष । तपाईले २०५७ सालमा हामीलाई साथ दिनुभएको रहेछ भन्दा उहाँले होईन होला भाई भनेर भन्नुभयो (हासोँ) ।


उद्योग संघले उहाँहरुलाई संस्थापकको रुपमा प्रत्यक्ष रुपमा सम्मान पनि गरेको थियो होईन र?
हो हामीले मदन दाई हरिदाई सहित पूर्व अध्यक्ष र संस्थापक हरुलाई सम्मान गरेको थियौ ।
निर्मल ढकालनिर्मल ढकाल —अध्यक्ष संगीत उत्पादक समाज नेपाल
शून्य बाट व्यवसायिकताको पथ प्रदर्शक
हविंश आचार्य बरिष्ट कलाकार, लेखक, संगीतकार हुनुहुन्छ । उहाँलाई जन्मदिनको शुभकामना भन्न चाहन्छु । उहाँलाई मैले आफ्नो रुपमा हेर्नुपर्दा संगीतलाई शून्य बाट व्यवसायिक र आयआर्जनको रुपमा ल्याईदिन उहाँले अहम भूमिका खेल्नुभएको छ ।


उहाँको सिर्जनालाई संरक्षण गर्न केही पहल गर्नुभएको छ कि छैन?
सांगीतिक सामग्रीको संस्थागत संरक्षणको सवालमा मूल्याङ्न गर्ने काम भनेको हरिवंशदाई लगायत जो पनि कन्टेन्ट प्रोडूसर छन उनीहरुको कन्टेन्टको जहाँबाट व्यवसाय हुन्छ त्यहाँबाट रोयल्टी कलेक्सन र डिस्स्ट्रिबिउट गर्ने काम हामीले गर्छौ ।


हरिवंशआचार्य संगको पहिलो भेटको सम्झना?
पहिलो भेट खासै याद छैन । उहाँको प्रस्तुती मलाई याद छ । तर, धेरै पटक भेट भएको छ ।

सन्तोष श्रेष्ठसन्तोष श्रेष्ठ —महासचिव नेपाल सांगीतिक संघ
कला क्षेत्रको विश्व विद्यालय
मेरो तर्फ र नेपाल सांगीतिक संघको तर्फबाट उहाँलाई जन्मदिनको शुभकामना । उहाँलाई हामी विभिन्न कोणबाट हेर्न सक्छौ । उहाँको जुन खालको व्यक्तिगत योगदान छ कलाकारिता क्षेत्रमा त्यो हिसाबले माहान व्यक्ति जसलाई चाहि नेपाल सांगीतिक संघले जुन तरिकाले सम्झिनु पथ्र्यो अझ त्यो तरिकाले सम्झिन नसकेको हो कि भन्ने अनुभूति भयो आज चाहि तपाईको प्रश्नले गर्दा । कला क्षेत्रको विश्व विद्यालय जसमा हामी पनि अट्न सक्ने हो कि जस्तो लाग्छ ।


पछिल्लो पुस्ताको तपाई प्रसिद्ध संगीतकार पनि हुनुहुन्छ । त्यो हिसाबले उहाँको संगीतकोे पाटोलाई तपाई कसरी हेर्नुहुन्छ?
उहाँको संगीतकोे पाटो अलि बेग्लै हुन्छ । त्यो भावनात्मक हिसाबले भन्न खोजेको होइन । गायनको हिसाबले हेर्दा पनि कस्तो छ भने उहाँको गीत आउने बितिक्कै कसले गाएको भन्नै पर्दैन । उहाँ व्यवसायिक गायक पनि होईन । उहाँले स्वर गाएर देखाउनु पर्ने पनि छैन । उहाँलाई हामी विशेष रुपमा हाँस्यकलाकारको रुपमा हेर्छौ । गाउने लेख्ने क्षमता पनि उहाँ भित्र छ । उहाँले गायके सबै गीतहरु हिट हुदैँ गए ।


पहिलो भेटको सम्झना छ?
प्रत्यक्ष भेटघाटको क्रमचाहि सांगतिक समारोहमा नै भएको थियो । त्यो खुल्ला रुपमा नै थियो । त्यो बेलामा खासै कुरा चाहि हुन पाएन । व्यक्तिगत रुपमा धेरै भेटधाट र कुराकानी भने भएको छैन ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com