AD_ Wide Top

साम्राज्ञी र प्रदीपको जोडी हल्लामात्र हो त !– फिल्मी अपडेट

२०७४ कार्तिक २७ सोमबार  |   Gufgaf

below social share detail page adv


loading...
साम्राज्ञी र प्रदीपको जोडी हल्लामात्र हो त !– फिल्मी अपडेट

काठमाण्डौ कार्तिक २७✎

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीशाह र प्रदीप खड्काको जोडी बाँधिएको चर्चा चलेसँगै सेलाउने भएको छ । अभिनेत्री साम्राज्ञीले यो हल्ला छिट्टै सेलाउने संकेत दिएकी हुन् । सुवास गिरीको निर्माण र दिनेश राउतको निर्देशन रहने सिनेमा ‘भैरवी’माप्रदीप र साम्राज्ञीले कामगर्ने कुरा थियो । सिनेमाका निर्माता सुवास गिरीले समेत सामाजिक सञ्जालमा एउटा समाचार सेयर गर्दै यस खबरलाई पक्का गरिदिएका थिए ।
तर साम्राज्ञीले भने एक अनलाईन पोर्टलसँग कुराकानी गर्दै आफूले यस सिनेमामा काम नगर्ने बताएकी छिन् । सिनेमाको लागि एकपटक मात्र कुरा भएको भन्दै उनले अब यो सिनेमामा काम गर्ने सम्भावना कम भएको बताएकी हुन । उनी यतिबेला अर्का अभिनेता आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’माकाम गर्ने तयारीमा जुटेकी छिन् ।


सौगातलाई चाहिएन अर्की
मंसिर १ गतेदेखि प्रदर्शनमाआउन लागेको सिनेमा‘झ्यानाकुटी’को ‘भो मलाई चाहिदैन अर्की’बोलको गीत सार्वजनिक भएको छ । विकास चौधरीको संगीत, प्रदीप भारद्धाजको शब्द र धमेन्द्र सेवानको आवाज रहेको यस गीतमा सिनेमाका मुख्य कलाकार बेनिशा हमाल र सौगात मल्ल लाई फिचर गरिएको छ ।
‘झ्यानाकुटी’निशाअधिकारीको पहिलो निर्माण हो । यस सिनेमालाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।


‘पिंजडा ब्याक अगेन’को दोस्रो गीत
निखिल उप्रेतीको मुख्य भूमिका रहेको सिनेमा ‘पिंजडा ब्याक अगेन’को ‘तिमी नि आधा म पनि आधा’बोलको गीत आईतबार सार्वजनिक भयो । आईतबार सार्वजनिक भएको यस गीतलाई यो समाचार तयार पार्दा सम्म १ लाख ६५ हजार भन्दा धेरै पटक हेरिएको छ । अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्द रहेको यस गीतमा अर्जुन पोखरेल र अन्जु पन्तको आवाज छ ।
भिडियोमा भने सिनेमाका मुख्य कलाकार निखिल उप्रेती र सारा श्रीपाईलीलाई फिचर गरिएको छ । हिमाल केसीको निर्देशनमा बनेको सिनेमा‘पिंजडा ब्याक अगेन’लाई रोहित पूरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीले सयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमा माघ ४ देखि प्रदर्शनमा आउँदैछ ।


यो पागल मनको टिजर
ऋचा सिंह ठकुरी, एन्नी कुँवर, विनोद न्यौपाने,गौरी मल्ल लगायतका कलाकारहरुको मुख्यभूमिका रहेको सिनेमा‘यो पागल मन’को टिजर सार्वजनिक भएको छ । कल्याण अधिकारीको निर्देशन रहेको यस सिनेमालाई निर्देशक अधिकारीले बिरेन्द्र कुमार यादव सँगको सहकार्यमा निर्माण गरेका हुन् । आईतबार सार्वजनिक भएको टिजरलाई यो समाचार तयार पार्दासम्म जम्मा पाँच हजार भन्दा धेरै पटक हेरिएको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com