AD_ Wide Top

यस्तो रहयो कलाकार हरिवंश आचार्यको ६० औँ जन्मदिनको सेलिब्रेशन (भिडियो )

२०७४ कार्तिक २७ सोमबार  |   Gufgaf

below social share detail page adv


loading...
यस्तो रहयो कलाकार हरिवंश आचार्यको ६० औँ जन्मदिनको सेलिब्रेशन (भिडियो )

काठमाण्डौ कार्तिक २७✎

कलाकार हरिवंशआचार्यले ‘शत्रु गते’को छायाकंन स्थलमा ६० औँ जन्मदिन मनाएका छन् । हाँस्य कलाकारहरुको जन्म दिन रेडियोमै मनाउने परम्परा बसालेकोे रेडियो अडियोले हरिवंशको ६० औँ जन्मदिनलाई लाई भने भक्तपुर स्थित रोज भिलेजमा मनाएको हो । हरिबंश सिनेमा ‘शत्रु गते’को छाँयाकंनमा व्यस्त भएका कारण छायाकंन स्थलमै बिषेश प्रकारले मनाएको हो ।

हरिबंशको जन्मदिन विशेष कार्यक्रममा‘शत्रु गते’का कलाकारको टोली सहित झण्डै पाँचदर्जन मिडियाकर्मीको उपस्थिति थियो । यसका साथै सीताराम कट्टेल, केदार घिमिरे, लगायतको पनि कार्यक्रममा उपस्थिति थियो । कलाकार जितु नेपाल भने कार्यक्रमको सिलसिलामा बाहिर भएकाकारण जन्मदिन विशेष कार्यक्रममा उपस्थित हुन सकेनन् । त्यसैगरी दीपकराज गिरी र दीपाश्री निरौला पनि सुटिङका कारण उपस्थित हुन सकेनन ।

हरिवंशलाई रेडियो अडियो, गफगाफ डट कम, फरसि नेटवर्कजोकतन्त्रको तर्फबाट रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाले खादा ,बुकी सहित हरिबंश आचार्यको तस्विर अंकित बिशेष केक सहित जन्मदिनको शुभकामना दिनुभएको थियो । जवाफमा उनले रेडियो अडियोले लगाएको गुनलाई कहिल्यै पनि तिर्न नसक्ने बताएका थिए । रेडियो अडियोले ‘मह’ जोडीलाई आफनो अभिभावक मान्ने गरेको छ ।

कार्यक्रममा हरिवंशकी श्रीमती रमिलाले जन्मदिनको शुभकामना दिँदाको पल आकर्षक बन्नपुग्यो । रमिलाको शुभकामनाले जन्मदिन सेलिब्रेशनको माहोललाई रोमान्टिक बनाईदिएको थियो ।
त्यस्तै कार्यक्रममा मदन कृष्ण श्रेष्ठले हरिवंश सँगको सम्बन्ध सुनले बाँधिएको भन्दै कहिल्यै पनि नटुट्ने बताए । त्यसैगरी बसुन्धरा भुसालले पुरानो संझना गरिन । भने राजाराम पौडेलले हरिबंश संग कलाकारीताको मात्र नभै पारिवारीक सम्बन्ध पनि भएको खुलाए । किरण केसीले मह जोडी संग जोडिन पाउनु भाग्यमानी भएको बताए ।

फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com