AD_ Wide Top

३७ वर्षमा लागे आशिफ, दुई रुपैयाँले दियो जीवनको सबैभन्दा ठूलो खुशी

२०७४ कार्तिक २८ मंगलवार  |   Gufgaf

below social share detail page adv


loading...
३७ वर्षमा लागे आशिफ, दुई रुपैयाँले दियो जीवनको सबैभन्दा ठूलो खुशी

काठमाण्डौ कार्तिक २८✎

अभिनेता आसिफ शाह आज देखि ३७ वर्षमा प्रवेश गरेका छन् । २०३६ साल कार्तिक २८ गते जन्मेका आशिफ नायकको रुपमा स्थापित हुनुभन्दा पहिले गायक हुन् । उनले जीवन साथी बोलको गीतमा आवाज दिएका थिए जसलाई दर्शकले पनि रुचाएका थिए । यसका साथै उनले आफ्नै सिनेमा ‘दुई रुपैयाँ’को गीतमा समेत आवाज दिएका छन् ।

आज जन्मदिन भएपनि आशिफ भने सेलिब्रेशनमा भन्दा काममा व्यस्त भएका छन् । भोलि एउटा बिज्ञापनको छायाकंन भएका कारण आफू त्यसकै तयारीमा जुटेको उनले बताए ।

आशिफ साह -gufgafजन्मदिनमा प्रायले आगामी वर्षको कामको लागि केही न केही योजना बनाउँछन् । आशिफ पनि यसबाट टाढा रहन सकेका छैनन् । उनले पनि हरेक वर्ष जन्मदिनमा भाबी योजनाहरु बनाएकै हुन्छन् । तर ती मध्ये केही पूरा हुन्छन् त केही हुँदैनन् । तर गत वर्षको जन्मदिनमा उनले लिएको संकल्प भने पूरा भयो । गत वर्षको जन्मदिनमा उनले सिनेमा निर्माण गर्ने साेंच राखेका थिए । यहि सोच अनुरुप उनले भाई असिम शाहसँग मिलेर सिनेमा ‘दुई रुपैयाँ’ बनाए । सिनेमामा अभिनय गरे । सफलता पनि पाए । तर यो वर्ष भने खास त्यस्तो सोंच्न नपाएको उनले बताएका छन् । तर राम्रो सिनेमा बनाउँछु भन्ने चाहना भने उनमा छ ।

बिगत एक वर्षमा के पाउनु भयो ? र के गुमाउनु भयो ? भन्ने प्रश्नमा उनले यो वर्ष जीवनकै ठूलो उपलब्धी हासिल गरेको वर्षको रुपमा लिए । ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ले नचिन्ने ठाउँमा पनि चिनाईदिएको भन्दै उनले खुशी व्यक्त गरे । यहि वर्ष उनलाई सिनेमा ‘दुई रुपैयाँ’ले अब्बल अभिनेताको रुपमा स्थापित गराईदिएको छ ।




gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com