AD_ Wide Top

पहिला सिनेमाको घोषणा गर्नासाथ वितरकहरु पैसा दिन घरमै आउथे —गौरी शंकर धुजु बरिष्ठ छाँयाकार / निर्माता

२०७४ कार्तिक २८ मंगलवार  |   Gufgaf

below social share detail page adv


loading...
पहिला सिनेमाको घोषणा गर्नासाथ वितरकहरु पैसा दिन घरमै आउथे —गौरी शंकर धुजु बरिष्ठ छाँयाकार / निर्माता

काठमाण्डौ कार्तिक २८✎

माघ १९ लाई प्रदर्शन मिति तोकेको सिनेमा ‘शेरबहादुर’ को टोली अहिले सिनेमाको प्रचार प्रसारमा जुटेको छ । धिराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमा ‘शेरबहादुर पुराना छाँयाकार गौरीशंकर धुजुले निर्माण गरेका हुन । ‘शेरबहादुर’लाई आर राजबंशीले निर्देशन गरेका हुन् । सिनेमामा मुख्य पात्रको रुपमा अभिनेता सुनिल थापा प्रस्तुत हुँदैछन् । त्यस्तै मेनुका प्रधान, रबिन्द्र झा, कर्मा शाक्य, जान्बी बोहोरा लगायतका कलाकारहरु पनि शीर्ष भूमिकामा छन् । प्रस्तुत छ सहकर्मी प्रभात लामाले यसै सिनेमाको सेरोफेरोमा रहि धुजुसंग गरेको कुराकानी आजको गफगाफ मा ।


धेरै पछि सिनेमा बनाउन थाल्नु भयो ?
मैले सिकेको पेसा नै यही हो । बाउ बाजेले सिकाएको काम छोडेर यो काममा लागेको हो । तर, सिनेमा बनाउँदा जति सजिलो लाग्थ्यो सिनेमा रिलिज गर्न त्यति नै गाह्रो हुन्छ भन्ने थाहा थिएन मलाई नै । पहिला भन्दा धेरै फरक छ । पहिला सिनेमा बनाउने भनेर अनाउन्स गर्नासाथ वितरकहरुले घर सम्म पैसा दिन आउँथे । अब अहिले त सिनेमा बनाईसके पछि वितरक देखि सबैलाई लौन गरिदेऊ देखाईदेऊ न भन्नुपर्ने रहेछ अलि गाह्रो हुने रहेछ ।


गौरी शंकर धुजु-gufgafपहिलो सिनेम्याटोग्राफी गरेको सिनेमा कुनहो ?
करिश्मा मानन्धरलाई नायिका बनाएको कस्तुरी सिनेमा मेरो पहिलो सिनेम्याटोग्राफी हो । फिचर सिनेमा भने सत्र अठार वटा हुन थाल्यो । म पहिला देखि नै अलि चुजी नै छु ।


ठूलो पर्दामा खिचिएको सिनेमाको याद गर्नु न?
कस्तुरी, मनकामनामा पनि ७५% जति खिचेको छु, चोट, सौभाग्य, जन्मभूमी, घुम्टो जस्ता सिनेमामा काम गरेको छु । घुम्टो मैले साथीहरु संग मिलेर निर्माण गरेको पहिलो सिनेमा हो ।


भने पछि क्यामरामा उभिन तपाईलाई सजिलो रहेछ ?
क्यामरा आफ्नो अधिनभित्र राखेर गर्न पाउने काम हो । यो चाहि सबै अरुको अधिनमा बसेर गर्नुपर्न काम हो । त्यही हो फरक ।


कलाकारहरु चाहि कतिको फरक पाउनु भयो ?
कलाकार र अरु सबै साथीहरुले निकै मिलेर काम गर्नुभएको छ । सायद हलतिर पनि त्यही माहोल पाउँछु होला । तर, अहिले मैले बाटो नबुझेर हो कि म अलमलिएको हुन सक्छ ।


“शेरबहादुर” सिनेमा आफै खिच्न मन लागेन?
शेरबहादुर खिच्न मन त लाग्यो । खिच्न सक्छु जस्तो पनि लागेको थियो । बिस्तारै उमेर र आँखाले गर्दा अलिकति केही भयो भने फोकस गर्न मलाई निकै गाह्रो हुने हुन्छ । क्यामरा बोक्दा त्यो आरामदायी छैन । धेरै बेर दौडिन र उभिन भने म सक्दिन होला भनेर गरिन ।


“शेरबहादुर” खासमा कस्तो खालको सिनेमा हो?
यो सिनेमा प्रधानमन्त्री शेरबहादुर संग सन्जोगले मात्र मिल्न गएको हो । यो खासमा क्यारेक्टरको नाम मात्र हो । हाम्रो अभिनेता सुनिल थापाज्यूको यो क्यारेक्टरको नाम मात्र हो । त्यहीभएर यो नाम जुराएको हो । यो सिनेमाको कथा भूतपूर्व आर्मीको विषयमा केन्द्रित छ । शेर बहादुर सुन्दा पनि बलियो जस्तो नाम लाग्छ नि त्यहि भएर शेर बहादुर राखेको ।


gufgaf-गौरी शंकर धुजुसूटिङ्ग पनि तपाईहरुले अलि फरक किसिमले गर्नुभयो?
सूट आज भोली जसले पनि अलि फरक किसिमले नै गर्छन । तर, जहाँ सम्म मेरो अनुभव छ पुरै सेट नै बनाएर निर्देशन भएको सिनेमा यो पहिलो नै हुनुपर्छ ।


सिनेमामा कति लगानी भएको छ थाहा छ ?
अब यो सबै हिसाबले जुरिसकेको छैन । हामीले शुरुमा त साठ्ठी सत्तरीमा नै सिनेमा तयार हुनुपर्छ भन्नेमा थियौ । तर,म अहिले महङ्गाईले गर्दा अलि तल माथी पनि भएको छ । एक प्लस नै हुन्छ । सेट बनाउँदा मात्र हाम्रो पच्चिस लाख रुपैया खर्च भएको छ ।


सिनेमा बनाउँने निर्देशक पनि पाको हुनुहुन्छ, बसन्त श्रेष्ठ दाईको पनि यो कम ब्याक नै हो । तपाईहरु एक लेभलको गुरुहरु हो । शेरबहादुर मा जोशिएको कारण चाहि के हो?
निर्देशक संग मैले धेरै अघि देखि काम गरेको हो । उहाँ संग मैले धेरै टेलि फिल्ममा काम गरेको हो । त्यो टेलिसिरियल कुनै पनि नेपाली सिनेमा भन्दा कम छैन । म उहाँलाई ईन्डियाको राज कपूर भन्थेँ । मैले सबै सिनेमामा उहाँबाट धेरै कुरा सिकेको छु । मैले जति उहाँलाई बुझेको छु नि त्यस्तो निर्देशक नेपालमा कम नै छ भन्छु म । मैले चाहि आनन्द संग महको छँदै छ काम गर्दिन भनेर बसेको थिए । उहाँँले नै मलाई कहाँ दाई तपाई अहिले नै रिटाएर हुने काम गर्नु पर्छ भनेर जोश भर्दिनु भयो । यो सिनेमाको मेजर सेयर होल्डर पनि उहाँ नै हो । पछि मलाई उहाँहरुले कुरा गरेपछि बसन्त श्रेष्ठ, सुनिल थापा जस्तो कलाकारलाई लिएर काम गर्यौ ।


बसन्त श्रेष्ठलाई सम्झिदाँँ के छ त्यस्तो निकै रमाईलो पलहरु?
मैले उहाँ संग त धेरै नै काम गरेको छु । उहाँको काम गराउने र गर्ने शैलि असाध्यै राम्रो । अहिले त उमेरले पनि कसलाई फरक पार्दैन र । नत्र काममा निकै लगन भएर काम गर्नेमा बसन्त श्रेष्ठ पर्नु हुन्छ ।


gufgaf@गौरी शंकर धुजुसुनिल थापा संग कामगर्दा के के फरक पन पाउनु भयो?
सुनिल थापा मलाई झन प्रोफेसनल भएको अनुभूति भयो । उहाँ नेपाली ईन्डष्ट्रिमा पहिला आउँदा सबै भन्दा पहिले सिनेमा नै म संग गरेको । सम्बन्ध भन्ने सिनेमा उहाँले शिवश्रेष्ठ, नबिना श्रेष्ठ, पुरन जोशी संग गर्नुभएको छ । त्यो सिनेमाले धेरै अवार्ड पनि पायो । यो सिनेमा उहाँले नेपाल आएपछि गरेको पहिलो सिनेमा हो । त्यो बेलामा सुनिल थापा मुम्बैबाट भर्खरै आएको जोशिलो र राम्रो मान्छे । उनलाई कसैलाई हेपेको कुरा चित्त नै बुझ्दैन्थ्यो । ऊ मेरो एकदमै मिल्ने साथी हो । हाम्रो त तँ तँ म म गर्ने साथी । अहिले त झनै सहयोगी झनै प्रोफेसनल भएको पाए । उ पर्दामा मात्र भिलेन हो ।




gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com