AD_ Wide Top

‘छक्का पञ्जा २’ पछि स्वस्तीमा को व्यस्तता के मा?

२०७४ कार्तिक २९  |   Gufgaf

below social share detail page adv


loading...
‘छक्का पञ्जा २’ पछि स्वस्तीमा को व्यस्तता के मा?

काठमाण्डौ कार्तिक २९✎

‘छक्का पञ्जा २’ पछि सिनेमाकी निर्देशक दीपाश्री निरौला र मुख्य कलाकार दीपकराज गिरी सहित केही हाँस्य कलाकार टोली सिनेमा‘शत्रु गते’को छायाकंनमा जुटेको छ । उता प्रियंका र वर्षा पनि अन्य सिनेमाको काममा व्यस्त छन् । तर सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तीमा खड्का भने खासै काममा व्यस्त भएको देखिएको छैन । धेरैलाई ‘छक्का पञ्जा २’ पछि उनी के मा व्यस्त छिन् ?भन्ने प्रश्नले सताएको छ ।

हालै हामीसँगको भेटघाटमा उनले यति बेला आफू सिनेमाको स्क्रिप्ट रिडिङ र बिज्ञापनको काममा व्यस्त भएको खुलाएकी छिन् । ‘छक्का पञ्जा २’मा काम गरेपछि धेरै निर्देशक निर्माताको नजरमा उनी परेकी छिन् । यहि कारण पनि उनलाई लगातार सिनेमाको प्रस्ताव आईरहेको छ । ‘छक्का पञ्जा २’ पछि मात्रै स्वस्तीमालाई चार ÷पाँचवटा सिनेमाको अफर आईसकेको छ । यी सिनेमा मध्ये उनलाई दुईवटा सिनेमाको स्क्रिप्ट पनि मन परेको छ । तर सोचे जस्तो टिम नपाएका कारण उनी सिनेमामा अनुबन्धित हुन सकेकी छैनन् । काम गर्ने समयमा उनी सिनेमाको कथा भन्दा पनि टिम हेर्ने गर्छिन् । त्यस कारण अहिलेसम्म पढेका स्क्रिप्ट मन परेको भएपनि काम गर्ने टिम चित्त नबुझेका कारण काम नगरेको उनले बताईन् ।

स्वस्तीमा खड्का-gufgafसिनेमामा कामगर्दा स्क्रिप्ट भन्दा पनि टिम राम्रो हुनुपर्ने स्वस्तीमाको धारणा छ । टिम राम्रो भएको खण्डमा उनी स्क्रिप्ट नै नपढी पनि काम गर्छिन् ।‘छक्का पञ्जा२’ मा स्वस्तीमाले जम्मा स्टोरी लाईन सुनेकी थिईन् । तर टिम राम्रो भएका कारण स्क्रिप्ट हेर्न आवश्यक ठानिनन् । सिनेमाको प्रसंगमा उनलाई श्रीमान् निश्चलले पनि सुझाव सल्लाह दिँदै आएका छन् । उनले पनि स्क्रिप्ट नै नपढी टिम हेरेर को सँग कामगर्ने, को सँग नगर्ने भन्ने सुझाव दिँदै आएका छन् ।
यहि कारण उनी अहिले नै हत्तपत्त कुनै पनि सिनेमामा अनुबन्धित हुन चाहेकी छैनन् । उनी स्क्रिप्ट भन्दापनि राम्रो टिमलाई पर्खिरहेको बताउँछिन् ।अहिले उनको समय स्क्रिप्ट रिडिङमै बितिरहेको छ । यसरी सिनेमाको प्रस्ताव आउनुमा‘छक्का पञ्जा २’को ठूलो भूमिका भएको उनी बताउँछिन् ।


swostimaबिज्ञापनमा स्वस्तीमा
‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ पछि स्वस्तीमाको माग बिज्ञापनमा पनि बढेको छ । ‘कुटुमा कुटु’लाई स्वस्तीमाको सिने करिअरको टर्निङ पोईन्टको रुपमा लिन सकिन्छ । यहि गीतपछि उनी ‘छक्का पञ्जा २’मा पनि अनुबन्धत भएकी थिईन् ।यहि गीतमा काम गरेपछि उनले बर्जरको स्किम एम्बासेडर बन्ने मौका पाईन् । यसमा उनले अभिनेता अनुपविक्रम शाही सँग काम गरेकी छिन् ।त्यस्तै ‘छक्का पञ्जा २’ मा काम गरेपछि उनले अन्य बिज्ञापनमा पनि काम गर्ने मौका पाईन् । बेकलाईन बिस्कुटको बिज्ञापनमा उनले सोलो काम गर्ने मौका पाएकी छिन् । यो बिज्ञापन रिलिजको क्रममा छ ।
त्यस्तै सिंगापुरको ओटो फोन नेपालमा पनि लन्च हुँदैछ । यसमा पनि कामगर्ने अवसर उनलाई जुटेको छ । यसका साथै उनले एउटा च्यानलको बिज्ञापनमा समेत काम गरेकी छिन् । तर यसको बारेमा अहिले नै खुलाउन नहुने उनले बताईन् । यस च्यानलको ब्राण्ड एम्बेसडर भएर उनले आशिरमान देशराज जोशीसँग स्क्रिन सेयर गरेकी छिन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com