AD_ Wide Top

क्रिटिक्स अवार्ड समीक्षकलाई मन परेको सिनेमालाई दिने अवार्ड हो : यज्ञश

२०७४ कार्तिक २९ बुधवार  |   Gufgaf

below social share detail page adv


loading...
क्रिटिक्स अवार्ड समीक्षकलाई मन परेको सिनेमालाई दिने अवार्ड हो : यज्ञश

काठमाण्डौ कार्तिक २९ ■

नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)ले मंसिर ६ गते क्रिटिक्स अवार्ड बितरण गर्ने भएको छ । विगत तीन वर्षदेखि रोकिएको अवार्ड एकैसाथ वितरण गरिने समाजले जनाएको छ ।
समाजका अध्यक्ष यज्ञशका अनुसार २०७१, २०७२ र २०७३ सालको अवार्ड एकसाथ वितरण गर्न लागिएको हो ।
२०७१ सालको अवार्ड सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायाङकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)ले पाउने छन । त्यसैगरी , २०७२ सालमा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री रिस्मा गुरुङ (कबड्डी कबड्डी) घोषित भएका छन् ।

त्यसैगरी २०७३ सालमा रिलिज भएका फिल्महरुमध्ये सर्वोत्कृष्ट सिनेमा‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटकथा मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी), सम्पादन डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता बिपिन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा)ले आवार्ड पाउने भएकाछन ।
यसै बिषयमा हामीले नेपाल चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञश संग कुराकानी गरेका छौ ।


तीन बर्ष सम्म किन रोकिएको अवार्ड ?
भुकम्प, राजनीतिक अबस्था लगायतका कारण रोकिएको हो । त्यो संगै समाज आर्थिकरुपमा पनि त्यति बलियो छैन । हामीले कतैबाट डोनेसन लिने स्पोन्सर गराउने गर्दैनौ आफ्नै प्रयासमा गरिने भएकाले ढिलो भएको हो ।


यो अवार्डले सिनेकर्मीलाई प्रोत्साहन गरेको छ त?
यो त फिल्म मेकरलाई नै थाहा होला । हाम्रो उद्धेश्य राम्रो लाई राम्रो भन्ने हो । राम्रो कामको सम्मान गर्ने हो । कसैले कमर्सियल आँखाले हेरेको होला कसैले अर्कै पाटो बाट । हाम्रो राम्रो कामको मूल्याङकनको प्रयास हो यो ।


अवार्ड विवाद रहित छैनन । क्रिटिक्स अवार्ड अपवाद हुनसक्छ त?
हामीलाई कसैलाई खुशी बनाउनु पनि छैन । आग्रह पनि छैन पुर्वाग्रह पनि छैन । हाम्रा सबै सदस्य जुरी हुन्छ । सबैलाई राम्रो लागेकोलाई नै अवार्ड दिने हो । कोहि रिसाउछ कि कोहि टाढिन्छ कि भन्ने हामीलाई मतलव पनि छैन । कसैले अवार्ड गर अवार्ड देउ भनेर गरिएको पनि हैन । हाम्रो काम समिक्षकका नजरबाट उत्कृष्ट देखिएका कामको जानकारी पनि दिने हो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com