AD_ Wide Top

‘भैरे’ बन्दै दयाहाङ राई, जोडी को होला सुरक्षा कि वर्षा ?

२०७४ कार्तिक ३० बिहीवार  |   Gufgaf

below social share detail page adv


loading...
‘भैरे’ बन्दै दयाहाङ राई, जोडी को होला सुरक्षा कि वर्षा ?

काठमाण्डौ कार्तिक ३० ■ 

नेपाली चलचित्र ‘भैरे’ को आज औपचारिक घोषणा गरिएको छ । काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गर्दै दयाहाङ्ग राई, सुनिल थापा, विक्रान्त बस्नेत, सुरक्षा पन्त, बर्षा सिवाकोटी स्टारर यस चलचित्रको पूजाआजा गरेर सिनेमा निर्माणको घोषणा गरिएको हो ।
चलचित्र ‘भैरे’लाई अग्निपरिक्षा, कान्छा, मुटु, ठूली लगायतका चलचित्रहरु निर्देशन गरेका एभरेष्ट सूर्य बोहराले निर्देशन गर्दैछन् । काठमाण्डौ, पोखरा र मुस्ताङ्गमा छायांकन हुने यो चलचित्रको छायांकन मंसिर ४ गतेबाट शुरु हुँदैछ । करिव ४० दिनमा चलचित्रको छायांकन सकिने छ ।

चलचित्रका मूख्य पात्र अभिनेता दयाहङ राईले चलचित्रको कथावस्तु राम्रो रहेको भन्दै बाँकी चलचित्र रिलिज भएपछि नै बोल्ने बताए । नायिका सुरक्षा पन्तले चलचित्रको स्क्रिप्ट पढ्दा एकदमै मज्जा आएको बताईन् । उनले राम्रो टिमबाट राम्रो चलचित्र बन्ने विश्वासले आफुले अभिनय गर्न राजी भएको बताईन् । त्यस्तै, अर्की नायिका वर्षा सिवाकोटीले चलचित्रको कथा अत्यन्त राम्रो र रमाइलो रहेको बताईन् । संगीतकार, गायक तथा ‘भेरै’का सह–निर्माता यम बरालले चलचित्र उद्योगलाई केहि योगदान गर्न सक्छौँ भन्ने ध्येयले चलचित्रमा लगानी गरेको बताए ।

नेपालय सिनेमा इन्टरनेशनल प्रा.लिको ब्यानरमा बन्ने ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुन् । देवि माया अधिकारी कार्यकारी निर्माता हुन् भने gufgafयम बराल, लेख बहादुर गुरुङ् र रघु पुरी सह–निर्माता रहेका छन् । चलचित्रमा दयाहाङ्ग राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहनेछ ।
पुरुषोत्तम प्रधानले छायांकन गर्ने यस चलचित्रको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ । आगामी तीजमा रिलीज लक्ष्य रहेको ‘भैरे’मा बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ । कविराज गहतराजको नृत्य निर्देशन तथा सूर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com