AD_ Wide Top

यसरी गरियो ‘छक्का पञ्जा २’को ५१ दिने सेलिब्रेशन (भिडियो)

२०७४ मंसिर ०१ शुक्रवार  |   Gufgaf

below social share detail page adv


loading...
यसरी गरियो ‘छक्का पञ्जा २’को ५१ दिने सेलिब्रेशन (भिडियो)

काठमाण्डौ मंसिर ०१  ■ 

छक्का पञ्जा २’ले बिहिबार प्रदर्शनको ५१ दिन मनाएको छ । असोज ११ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको यो सिनेमाले कार्तिक ३० गते प्रदर्शनको ५१ दिन पार गरेको हो । सिनेमा प्रदर्शन भएको ५१ दिनको अवसरमा काठमाण्डौको सिटी सेन्टरमा विशेष कार्यक्रमको आयोजना गर्दै ‘छक्का पञ्जा २’को टोलीलाई मायाको चिनो बाँडिएको थियो । भने सहयोगी संघ संस्था र हललाई सम्मान पत्र प्रदान गरिएको थियो ।

५१ दिने कार्यक्रममा निर्देशक दीपाश्री निरौला सहित सिनेमाका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तीमा खड्का लगायतको उपस्थिति थियो । त्यस्तै हरिवंश आचार्य, भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवि, गणेश मुनाल, गेहेन्द्र धिमाल लगायतको उपस्थिति पनि कार्यक्रममा थियो ।

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रमा केही कमजोरी भएपनि दर्शकले माया गरिदिनु भएको भन्दै खुशी व्यक्त गरे । उनले, आगामी दिनमा अझ उत्कृष्ट चलचित्र बनाउने बाचा समेत गरे । चलचित्रकी निर्देशक दीपाश्री निरौलाले कमीकमजोरी भएपनि सुधार्दै अगाडि बढ्ने बताइन् ।
गतवर्षको रेकर्ड ब्रेकर सिनेमा‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ले पनि यो वर्ष केही रेकर्डहरु कायम गरेको छ ।

१ ओपनिङ कलेक्शन सर्वाधिक हुने पहिलो सिनेमा‘छक्का पञ्जा २’बनेको छ । सिनेमाले शुरुवाती तीन दिनमा तीन करोड भन्दा माथिको कारोबार गरेको थियो ।


२.सिनेमाले एक हप्ता सम्म दिनहुँ करोड कमाउने सिनेमाको रेकर्ड आफ्नो नाममा गरेको छ ।


३. क्यु एफ एक्समा सबैभन्दा धेरै शो पाउने सिनेमा पनि‘छक्का पञ्जा २’बनेको छ । यसले क्यु एफ एक्समा २६ शो पाएको थियो ।


४.देशभर गरी सबैभन्दा धेरै हलमा प्रदर्शन हुने सिनेमा पनि ‘छक्का पञ्जा २’ नै हो । यो सिनेमा देशभरका १ सय १६ वटा हलमा प्रदर्शन भएको थियो ।


५.पहिलो दिन टिकट धेरै विक्रीहुने सिनेमाको रेकर्ड समेत ‘छक्का पञ्जा २’ ले बनाएको छ । यस अघि यो रेकर्ड बलिवुड सिनेमा बाहुबलीले राखेको थियो ।


६. यो सिनेमाले सर्बाधिक आलोचित हुने सिनेमाको रेकर्ड पनिआफ्नो नाममा गरेको छ । सिनेमाको पहिलो गीत‘ए दाजु नसमाऊ नारीमा’सार्वजनिक भए सँगै चोरीको आरोपमा परेको थियो । सिनेमाको दोस्रो गीत ‘झ्याम्मझ्याम्म’लाई पनि केहिले चोरीको आरोप लगाए । उता सिनेमा रिलिज भएपछि पनि यसको विरोध गर्नेहरुको सङख्यामा कमी आएको थिएन ।

यसका बाबजुद पनि सिनेमाले दर्शकको अपार मायाँ पाउदै ५२ औ दिनमा प्रबेश गरेको छ । ५१औ दिनको अबसरमा रेडियो अडियोले तयार पारेको बिशेष केक पनि काटिएको थियो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com