AD_ Wide Top

कलिवुडमा १०० दिन र बलिवुडमा २० औ बर्ष चलेका सिनेमा


below social share detail page adv


loading...
कलिवुडमा १०० दिन र बलिवुडमा २० औ बर्ष चलेका सिनेमा

काठमाण्डौ मंसिर ०१  ■ 

दीपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा २’ले हिजो अर्थात कार्तिक ३० गते प्रदर्शनको ५१ औँ दिन मनाएको छ । कलिवुडमा ५१ दिन मनाउने सिनेमाहरुमध्य तुलसी घिमिरेको निर्देशन रहेकोे सिनेमा ‘कुसुमे रुमाल’ नेपाली सिनेमाको ईतिहासमा पहिलो पटक ५१ दिन मनाउने सिनेमा हो ।

नाई-नभन्नु-ल-२-Gufgafत्यस्तै ५१ दिन मनाउने अर्कोे नेपाली सिनेमा हो ‘दर्पण छायाँ’ । यो सिनेमालाई पनि निर्देशक तुलसी घिमिरेले नै निर्देशन गरेका हुन् । यतिमात्र नभै नेपाली सिनेमाका ईतिहासमा सय दिन मनाउने यो पहिलो सिनेमा हो । त्यसै गरी ‘परदेशी’ ‘लुट’ ‘नाई नभन्नु ल २’, ‘कोहीनुर,‘नोभेम्बर रेन’ ‘कबड्डी’ , ‘छक्का पञ्जा’ ‘जात्रा’ ,‘राधा’, ‘प्रेमगीत २’ र ‘म यस्तो गाउँछु’ कलिवुडमा ५१ देखी ७५ दिन सम्म चल्ने सिनेमाको सूचिमा सूचिकृत भएका छन । उता बलिवुडमा हेर्यो भने केहि यस्ता सिनेमा छन जस्ले सिने उद्योगमा २० औ बर्ष सम्म पनि लगातार चलेर इतिहास कायम गरेका छन ।

बलिवुड सिनेमा उद्योगले हरेक वर्ष १ हजार भन्दा धेरै सिनेमाहरु निर्माण गर्छ । तीमध्ये केही सफल हुन्छन् त केही असफल । यहाँ निर्माण हुने केही सिनेमा ठूलो बजेट र ब्यानरमा बनेका हुन्छन् तर प्राय जसो सिनेमा साना बजेटका हुन्छन् ।
बलिवुडको ठूलो ब्यानरको कुरा गर्नेहो भने यशराज ब्यानरको नाम पहिलो नम्बरमा आउँछ । यो ब्यानरबाट सन् १९९५ मा बनेको सिनेमा‘दिलवाले दुल्हनीया ले जाएंगे’ले थियटरमा सबैभन्दा धेरै चल्ने सिनेमाको रेकर्ड कायम गरेको छ । यो सिनेमा मुम्बैको मराठा मन्दिर थिएटरमा २० वर्ष सम्म प्रदर्शन भएको थियो । यसको हिसाब गर्दा १ हजार ९ हप्ता हुन आउँछ । यो सिनेमा १९९५ अक्टोबर २० देखि प्रदर्शनमा आएको थियो । ४ करोडमा निर्माण भएको यो सिनेमाले सय करोड भन्दा धेरैको कारोबार गरेको थियो ।

सन् १९७५ अगस्ट १५ मा रिलिज भएको सिनेमा‘शोले’ बलिवुड सिनेमा उद्योगको पहिलो सिनेमा हो जुन लामो समय सम्म प्रदर्शन भएको थियो । यो सिनेमा लगातार ५ वर्षसम्म अर्थात २ सय ८६ हप्ता प्रदर्शन भएको थियो । तर पछि भने यसको रेकर्ड शाहरुख खान र काजल अभिनित ‘दिलवाले दुल्हनीया ले जाएंगे’ले तोड्यो । आजहामी यस सामग्रीमा बलिवुडमा ५० हप्ताभन्दा बढी प्रदर्शन भएका केही सिनेमाहरुको बारेमा चर्चा गर्दैछौँ ।


किस्मत
gufgafज्ञान मुखर्जीको निर्देशनमा तयार भएको सिनेमा किस्मतले प्रदर्शनको सय हप्तापार गरेको थियो । सन् १९४३ मा प्रदर्शन भएको यो सिनेमा १ सय ८७ हप्ता प्रदर्शन भएको थियो । सिनेमामा अशोक कुमार, मुम्ताज लगायतको मुख्य भूमिका थियो । सिनेमा निर्माणमा एक करोड खर्च भएको थियो भने सिनेमाले ६ करोड ३२ लाखको कारोबार गरेको थियो ।


मुगल ए आजम
सन् १९६० को अगस्ट ५ माप्रदर्शन भएको सिनेमा मुगल ए आजमले प्रदर्शनको १ सय ५० हप्ता पूरा गरेको थियो । के असिफको निर्देशनमा तयार भएको यो सिनेमामा पृथ्वी राजकपूर, दिलिप कुमार, मधुबाला लगायतको मुख्य भूमिका थियो । यो सिनेमा निर्माणमा १ करोड ५० लाख खर्च भएको थियो भने सिनेमाले वल्डवाईड ५ करोड ५० लाखको कारोबार गरेको थियो ।


बरसात
सन् १९४९ अप्रिल २२मा रिलिज भएको सिनेमा बरसात पनि धेरै चल्ने बलिवुड सिनेमाको सूचिमा छ । यो सिनेमाले प्रदर्शनको १ सय हप्तापार गरेको थियो । राज कपूरको निर्देशन रहेको यस सिनेमामा नरगीस, राजकपूर, प्रेमनाथ लगायतको मुख्य भूमिका थियो ।


मैने प्यार किया
gufgafसुरज आर बरजात्याको निर्देशन रहेको सिनेमा मैने प्यार किया २९ डिसेम्बर १९८९ मा रिलिज भएको सिनेमा हो । सलमान खान र भाग्यश्रीको मुख्य भूमिका रहेको यस सिनेमाले प्रदर्शनको ५० हप्ता पूरा गरेको थियो । २ करोड भारतीय रुपैयाँमा निर्माण भएको यो सिनेमाले २८ करोड भारतीय रुपैयाँको कारोबार गरेको थियो ।


हमआपके है कौन
सलमान खान र माधुरी दिक्षितको मुख्य भूमिका रहेको सिनेमा हम आपके है कौनले प्रदर्शनको ५० हप्ता पूरा गरेको थियो । १९९४ अगस्ट ५ प्रदर्शन भएको यस सिनेमालाई पनि मैने प्यार किया निर्देशक सुरज आर बरजात्याले निर्देशन गरेका हुन् । ४ करोड २५ लाखमा निर्माण भएको यो सिनेमाले १ सय ३५ करोडको कारोबार गरेको थियो ।


राजा हिन्दुस्तानी
gufgafआमिर खान र करिश्मा कपूरको मुख्य भूमिका रहेको सिनेमा राजा हिन्दुस्तानीले प्रदर्शनको ५० हप्ता पार गरेको थियो । सन् १९९६को १५ नोभेम्बरमा रिलिज भएको यो सिनेमा ५० हप्ता सम्म लगातार प्रदर्शन भएको थियो । धर्मेश दर्शनको निर्देशन रहेको यस सिनेमालाई सिनेयुगले निर्माण गरेको थियो । ५ करोड ५० लाखको बजेटमा निर्माण भएको यस सिनेमाले ५० हप्ता सम्म प्रदर्शन हुँदा७६ करोड ३४ लाख भारतीय रुपैयाँको कारोबार गरेको थियो ।


कहो ना प्यार है
ऋतिक रोशन र अमिषा पटेलले मुख्य भूमिका निर्वाह गरेको सिनेमा‘कहो ना प्यार है’पनि ५० हप्ता सम्म सफलतापूर्वक प्रदर्शन भएको थियो । सन् २००० को जनवरी १४ मा रिलिज भएको यो सिनेमालाई राकेश रोशनले निर्देशन गरेका हुन् । ५ करोडको लगानीमा निर्माण भएको यो सिनेमाले ६३ करोडको कारोबार गरेको थियो ।


मोहब्बतेँ
gufgafअमिताभ बच्चन, शाहरुख खान र ऐश्वर्या रायको मुख्य भूमिका रहेको सिनेमा ५० साता सम्म प्रदर्शन भएको थियो । सन् २००० अक्टोबर २७ देखि प्रदर्शनमा आएको यो सिनेमालाई दर्शकले अत्यधिक माया दिएका थिए । यहि कारण पनि यो सिनेमा लामो समय सम्म प्रदर्शन हुने बलिवुड सिनेमाको सूचिमा छ । यशराज ब्यानरको यो सिनेमालाई आदित्य चोपडाले निर्देशन गरेकाहुन् । १९ करोड निर्माण भएको यो सिनेमाले ९० करोडको कारोबार गरेको थियो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com