AD_ Wide Top

सोलो रिलिज भयो निशाको ‘झ्यानाकुटी’

२०७४ मंसिर ०१ शुक्रवार  |   Gufgaf

below social share detail page adv


loading...
सोलो रिलिज भयो निशाको ‘झ्यानाकुटी’

काठमाण्डौ मंसिर ०१  ■ 

अभिनेत्री निशा अधिकारीको पहिलो निर्माण सिनेमा ‘झ्यानाकुटी’ आज देखि देशभर प्रदर्शनमा आएको छ । सिमोस सुनुवारको निर्देशन रहेको यस सिनेमालाई निशाले निर्देशक सुनुवारसँगकै सहकार्यमा निर्माण गरेकी हुन् । सिनेमामा बेनिशा हमाल र सौगात मल्ल मुख्य भूमिकामा छन् । सिनेमाको नाम ‘झ्यानाकुटी’दर्शकले रुचाएका छन् । सिनेमाको नामकै कारण धेरैले प्रचार प्रसारमा समेत सहयोग गरेका छन् ।


सिनेमा प्रचारमा निशाले ल्याईन् यस्तो स्किम
‘झ्यानाकुटी’को प्रचार प्रसारमा फाईदा पुग्ने गरी निर्माण पक्षले फोटो प्रतियोगिता राखेको छ । यस फोटो प्रतियोगितामा एक जोडीले ५१ हजार जित्ने अवसर छ । सिनेमाको पोस्टरमा अभिनेत्री बेनिशा हमालले सौगात मल्ललाई बोकेकी छिन् । यसरी नै आफ्नो पार्टनरलाई बोकेर सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोस्ट गरेर झ्यानाकुटी पेजलाई ट्याग गर्दै #Nov17 / #Jhyanakuti  लेख्ने मध्ये सर्बाधिक लाइक पाउने एक जोडी लाई ५१ हजार दिने निर्णय निर्माण पक्षले केहि दिन अघि गरेको थियो ।
यस प्रतियोगितामा सहभागिता जनाउन चर्चित कलाकार देखि आम दर्शकले पनि तस्बिर खिचेर ‘झ्यानाकुटी’को फेसबुक पेजमा ट्याग गरेका छन् । तर निर्माण पक्षले विजेता घोषणा गरिसकेको भने छैन । निशालाई सिनेमाको यो प्रचार शैलीलले कारोबारमा केही राहत पुग्ने देखिएको छ ।
त्यस्तै आज देखि बसन्त निरौलाको निर्देशन रहेको सिनेमा ‘मेला’ दोस्रो सातामा प्रवेश गरेको जानकारी छ । उता ‘छक्का पञ्जा २’ आज ५२ औँ दिनमा प्रदर्शन भईरहेको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com