AD_ Wide Top

राजवल्लभले कसे लगनगाँठो

२०७४ मंसिर १८ सोमबार  |   Gufgaf

below social share detail page adv


loading...
राजवल्लभले कसे लगनगाँठो

काठमाण्डौ मंसिर १८  ■ 

अभिनेता राजवल्लभ कोईराला विवाह बन्धनमा बाँधिएका छन् । आईतबार अमेरिकामा उनले प्रेमिका प्रमिता बिमलीसँग लगन गाँठो कसेका हुन् । बिगत केही वर्ष यता अमेरिकाको डालसमा बस्दै आएका राजले गत भदौ १८ गते आईतबार नै झापाकी प्रतिमा बिमलीसँग ईन्गेजमेन्ट गरेका थिए । प्रतिमा पनि बिगत केही वर्ष यता अमेरिकामै बस्दै आएकी छिन् ।

राजवल्लभले कसे लगनगाँठो (1)पछिल्लो समय नेपाली सिनेमाबाट टाढिएका राजले हलिवुड सिनेमा ‘हाई वे टु धम्पुस’मा समेत काम गरेका छन् । यसै सिनेमामा काम गर्न अमेरिका पुगेका राजले त्यसपछि अमेरिका छाड्न सकेका छैनन् । राजवल्लभको विवाहका केही तस्बिरहरु सामाजिक सञ्जालमार्फत बाहिरिएका छन् जसले उनको विवाहको पुष्टि गरिदिएको छ । राजको विवाहमा परिवारका सदस्य र केही निकटलाई मात्र निम्ता दिईएको बुझिएको छ ।

राजले रेडियो उद्घोषक हुँदै सिनेमामा प्रवेश गरेका हुन् । सिनेमा ‘पर्र्खि बसेँ’ मार्फत सिनेमामा डेब्यु गरेका उनले पहिलो सिनेमाको सफलतासँगै अन्य सिनेमाहरुमा समेत काम गर्ने अवसर पाए । उनले ‘पर्र्खि बसेँ’पछि हाँसीदेऊ एकफेर, राघव, हे युवा, दीवानापन, सम्ँझना, गुरुदक्षिणा, पहिलो पहिलो माया, छोडि गए पाप लाग्ला, सो सिमपल, ऋतु लगायतका सिनेमामा अभिनय गरेका छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com