AD_ Wide Top

‘लव डायरीज’को घोषणा, नयाँ अवतारमा देखिए शुशिल श्रेष्ठ

२०७४ मंसिर १८ सोमबार  |   Gufgaf

below social share detail page adv


loading...
‘लव डायरीज’को घोषणा, नयाँ अवतारमा देखिए शुशिल श्रेष्ठ

काठमाण्डौ मंसिर १८  ■ 

प्राय सिनेमाले विशेष कार्यक्रमको आयोजना सहित पत्रकार सम्मेलन गर्दै सिनेमाको घोषणा गर्ने गर्छन् । तर आगामी सिनेमा ‘लव डायरीज’को आधिकारिक घोषणा भने नयाँ शैलीमा भएको छ । निर्माण पक्षले सिनेमाको आधिकारिक घोषणाको एउटा भिडियो युट्युब मार्फत सार्वजनिक गर्दै सिनेमा बन्न लागेको जानकारी दिएको छ ।

शुक्रबार युट्युब च्यानल बुढाशुब्बा डिजिटल प्रालीमार्फत सिनेमाको आधिकारिक घोषणा गरिएको हो । यस भिडियोलाई यो सामाचार तयार पार्दासम्म २१ हजार भन्दा धेरै पटक हेरिएको छ ।
भिडियो मार्फत नै सिनेमाका तीन मुख्य पात्रको चरित्रको नाम पनि सार्वजनिक गरिएको छ । सिनेमामा रुबीना थापाले संझनाको भूमिका निर्वाह गर्ने छिन् भने कलाकार विश्वजित रिमालले रामप्रसाद अर्यालको भूमिका निर्वाह गर्ने छन् ।

यस सिनेमामा खास पात्रको रुपमा अभिनेता शुशिल श्रेष्ठ देखिने भएका छन् । सुनिल रावलको सिनेमा ‘होस्टेल रिटन्र्स’मार्फत सिने नगरीमा डेब्यु गरेका शुशिल डेब्युताका बडीका कारण चर्चामा आए । उनको डेब्यु सिनेमाले पनि सफलता पायो । तर उनले त्यो सफलतालाई निरन्तरता दिन सकेका थिएनन् । उनको दोस्रो सिनेमा ‘सायद २’ कारोबारमा सफल रहन सकेन । नेपाली बक्स अफिसमा सफल नभएपनि यस सिनेमाले विदेशमा भने राम्रो सफलता र प्रतिकृया पाएको थियो । ‘सायद २’ पछि अब शुशिल ‘लव डायरिज’मा देखा पर्दैछन् । यो सिनेमाले उनको करिअरलाई कत्तिको राहत दिने हो त्यो भने कुर्नैपर्ने हुन्छ ।

शुशिल यो सिनेमामा बिल्कुलै फरक अवतारमा देखिने सिनेमाको आधिकारिक घोषणा गरिएको भिडियोले पुष्टि गरिदिएको छ । विशेष गरी उनले यस सिनेमाका लागि कपाल बढाएका छन् । सिनेमाकै लागि उनको कपालको स्टाईललाई नयाँ रुप दिईएको छ । सिनेमामा उनी निर्वान नरसिंह रानाको भूमिकामा हुनेछन् ।

सौरभ चौधरीको निर्देशनमा बन्ने ‘लव डायरिज’मा शाहिल खानले एसोसियट निर्देशकको रुपमा काम गर्ने भएका छन् । सिनेमालाई विनोद सापकोटाले निर्माण गर्ने भएका छन् । निर्माण पक्षले सिनेमालाई अंग्रेजी मिति अनुसार २०१८ मा प्रदर्शन गर्ने गरी चुनावलगत्तै फ्लोरमा जाने जनाएको छ । संजय लामाको छायाकंन रहने यस सिनेमामा अर्जुन पोखरेलको संगीत रहनेछ भने कविराज गहतराजको कोरियोग्राफी । सिनेमालाई साहिल र मिलन श्रेष्ठले सम्पादन गर्नेछन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com