AD_ Wide Top

यस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

२०७४ मंसिर १९ मंगलवार  |   Gufgaf

below social share detail page adv


loading...
यस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

काठमाण्डौ मंसिर  १९  ■ 

श्रीकृष्ण लुईटेल (बोके दाह्री) हाँस्यव्यङग्यले भरिएका गीत मन पराउने दर्शक तथा श्रोताका लागि परिचित नाम हो । गायक तथा कलाकार लुईटेल गीत मार्फत सामाजिक बिचलनमा पनि व्यंग्य प्रहार गर्ने गर्छन् । ‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रीयता हाँसिल गरेका श्रीकृष्ण लुइँटेलका ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ र ‘कलियुगको धर्म’लगायत दर्जनौँ गीत चर्चामा छन् ।

गीतमा हाँसो सँगै चेतना पनि मिसाउन माहिर लुईटेलको ‘सुनको सिक्री’ बोलको गीतको भिडियो हालै मात्र सार्वजनिक भएको छ । सार्वजनिक गीतले आफ्नो जीवनसाथी टाढा हुँदा उनीहरुलाई धोका दिनेहरुलाई व्यंग्य गरेको छ । वैदेसिक रोजगारले निम्त्याएको बिचलनलाई गीतले व्यंग्य प्रहार गर्दै चेतना जगाउने काम गरेको छ । सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को कथा वस्तुसँग गीतको सार धेरथोर मिलेको पाइन्छ । श्रीकृष्ण लुईटेलको शब्द रहेको गीतमा उनलाई मनिषा पोख्रेलले स्वरमा साथ दिएकी छिन् ।
युवराज वाईबाको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष, सन्जी, सुरज, रोशनी, निरज, ऋचासँगै लुईँटेल पनि देखिएका छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com