AD_ Wide Top

हलमा सिनेमाको हाहाकार भएपछि फेरि प्रदर्शनमा आए यी सिनेमा

२०७४ मंसिर १९ मंगलवार  |   Gufgaf

below social share detail page adv


loading...
हलमा सिनेमाको हाहाकार भएपछि फेरि प्रदर्शनमा आए यी सिनेमा

काठमाण्डौ मंसिर  १९  ■ 

प्रदेश सभा र प्रतिनिध सभाको चुनावका कारण मंसिर महिना भरि सिनेमा हलमा नयाँ सिनेमाको हाहाकार भएपछि पूराना सिनेमाले फेरि प्रदर्शन हुने मौका पाएका छन् । यो साता रिलिज भएका दुईवटा सिनेमा भन्दा दर्शकले पूराना सिनेमामा चासो देखाएका कारण हलवालाहरुले केही पुराना सिनेमाहरुलाई हलमा स्थान दिएका छन् । असोज ११ देखि प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ले पनि केही हलहरुमा पुन प्रदर्शनको अवसर पाएको छ । सिनेमालाई कुमारी हल र सिभिल मलमा फेरि प्रदर्शन हुने अवसर दिईएको छ । कुमारी हलमा साँझ ६ बजेको शो र सिभिल मलमा सवा ६ बजेको शो ‘छक्का पञ्जा २’ ले पाएको छ । यसका अलावा गुण सिनेमा ग्वार्को, गोपीकृष्ण चावहिल र अष्टनारायण बालाजुमा भने सिनेमाले असोज ११ देखि नै कब्जा गरिरहेको छ ।

अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको सिनेमा ‘फाटेको जुत्ता’ यो शुक्रबार देखि फेरि प्रदर्शनमा आएको छ । ‘फाटेको जुत्ता’ले यस अघि नै लगानी उठाईसकेको छ । यस पटकको प्रदर्शन भने निर्माताहरुको लागि बोनस हुनेछ । शुक्रबार देखि ‘फाटेको जुत्ता’लाई कुमारी हलमा दुई शो उपलब्ध गराईएको छ ।
उता सन्तोष सेनका निर्माण तथा रामशरण पाठकको निर्देशन रहेको सिनेमा ‘प्रेम गीत २’ अहिले युरोपमा प्रदर्शन भईरहेको छ । यसका साथै सिनेमाले नेपालमा पनि मल्टिप्लेक्समा केही शोहहरु पाएको छ । साउन १३ देखि प्रदर्शनमा आएको यस सिनेमाले हलमा एक महिना रजाईँ गरेको थियो । त्यो अवधिमा ८ करोड भन्दा माथिको कारोबार गरेको थियो ।
त्यस्तै असिम शाहको निर्देशन रहेको सिनेमा ‘दुई रुपैयाँ’ पनि पुन प्रदर्शनमा आएको छ । भदौ २३ देखि प्रदर्शन भएको यस सिनेमाले झण्डै पाँच करोडको कारोबार गरेको थियो । तर मंसिरमा चुनाव भएका कारण हलमा ठूलो बजेट र ब्यानरका सिनेमा प्रदर्शनमा आएका छैनन् । यहि मौका पारेर ‘दुई रुपैयाँ’ले फेरि केही शोहरु पाएको छ । मंगलबार साँझ ६ बजे जय नेपाल हलमा दर्शकले दुई रुपैयाँ हेर्न पाउनेछन् । सिनेमाका मुख्य कलाकार आशिफ शाहले फेसबुकमा एक तस्बिर सेयर गर्दै यसको जानकारी दिएका छन् ।
उता आमेश भण्डारी, अशिष्मा नकर्मी, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको सिनेमा ‘मेला’ पनि सिंगल थियटरमा प्रदर्शन भईरहेको छ । त्यस्तै निशा अधिकारीको पहिलो निर्माण सिनेमा ‘झ्यानाकुटी’ले पनि मंसिर १ गतेदेखि आफ्नो प्रदर्शनलाई रोकेको छैन ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com