AD_ Wide Top

बेनिशाले किन गरिन् पाएको अवार्ड फिर्ता ?

२०७४ मंसिर २० बुधवार  |   Gufgaf

below social share detail page adv


loading...
बेनिशाले किन गरिन् पाएको अवार्ड फिर्ता ?

काठमाण्डौ मंसिर  २०   ■ 

डिसेम्बर एकमा दुबईको अवुधावीमा सम्पन्न भएको ‘नेपाली म्युजिक भिडियो अवार्ड’ले नेपाली मिडियामा खासै चर्चा नपाएको बेला अभिनेत्री बेनिशा हमालले यसलाई चर्चामा ल्याएकी छिन् । यस म्युजिक अवार्डमा उनलाई पपुलर अभिनेत्रीको अवार्ड दिईएको थियो । तर उनले उक्त अवार्ड आयोजकलाई नै फिर्ता गरिदिएकी छिन् ।

बेनिशाले आफू पपुलर अभिनेत्रीमा नपर्ने भन्दै उक्त अवार्ड फिर्ता गरिदिएकी हुन् । उक्त म्युजिक अवार्डमा बेनिशा उत्कृष्ट म्युजिक भिडियो मोडलको नोमिनेशनमा पनि परेकी थिईन् । तर यो विधाको अवार्ड अभिनेत्री तथा मोडल नम्रता सापकोटाले पाईन् ।
आफूलाई अवार्ड दिएको विधाको भागिदार आफू नभएको भन्दै बेनिशा अवार्ड फिर्ता गर्न पुगेकी हुन् । तर उनले फर्ता गरेको अवार्ड आयोजकले फेरि उनलाई नै थमाएको जानकारी छ । बेनिशाले यस अवार्डको बारेमा कुरा गर्दै अवार्ड आयोजकहरुले अवार्डको ईज्जत राख्नु पर्ने पनि बताएकी छिन् ।

सिनेमा स्वर मार्फत सिनेमामा ब्रेक लिएकी बेनिशाले त्यसपछि मोक्ष, महसुस, कालो पोथी, किङ, झ्यानाकुटी लगायतका सिनेमामा काम गरेकी छिन् । यसका साथै उनले म्युजिक भिडियोको कामलाई पनि निरन्तरता दिईरहेकी छिन् ।
दुवईममा सम्पन्न भएको ‘नेपाली म्युजिक भिडयो अवार्ड’मा नेपाली कलाकार र पत्रकारको सहभागिता रहेको थियो । लामो समय देखि नेपाली सिनेमाबाट टाढा रहेकी अभिनेत्री निरुता सिंह पनि उक्त अवार्डमा सहभागि भएकी थिईन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com