AD_ Wide Top

रेडियो अडियोलाई दीपकराज गिरीको शुभकामना

२०७४ मंसिर २१  |   Gufgaf

below social share detail page adv


loading...
रेडियो अडियोलाई दीपकराज गिरीको शुभकामना

काठमाण्डौ मंसिर  २१   ■ 

मंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । हरेक गाईजात्राको दिन हाँस्यब्यङग्य क्षेत्रका सबै कलाकारहरुको उपस्थितिमा बिशेष कार्यक्रम गर्दै आएको रेडियो अडियोले आफ्नो बार्षिक उत्सवका दिनमा पनि नयाँ कार्ययोजना सहित बिशेष घोषणा गर्दै आएको छ । गत साल देखि रेडियोले गीत संगीतको सार्बजनिक प्रयोग गरेवापत स्रष्टा सर्जकलाई ब्यबसायको एक प्रतिशत रकम छुट्याएर नियमित एकमुष्ठ रोयल्टी बुझाउन सुरु गरेको थियो । यस बर्ष देखि हाँस्य ब्यङग्य क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकारलाई बर्षेनि अवार्डेड गर्ने निर्णय गरेको रेडियो अडियोका कार्यकारी निर्देशक दीपेन्द्र खनियाले जानकारी दिएका छन् ।

उता कलाकार दीपक राज गिरीले रेडियोअडियोलाई शुभकामना दिँदै भनेका छन्, ‘रेडियो अडियोले आफ्नो दश वर्षको प्रसारण सकेर एघारौँ वर्षमा प्रवेश गरेको सुखद घडीमा म सम्पूर्ण रेडियो अडियो परिवारलाई हार्दिक बधाई अनि भविष्यको लागि शुभकामना दिन चाहन्छु । विशेष गरेर एउटा हाँस्य कलाकार भएको नाताले यो रेडियोसँग छुटै सम्बन्ध छ । एउटा हाँस्य रेडियोको रुपमा परिचित धेरैको लोकप्रिय रेडियो हुन पुगेको छ । यसमा बज्ने गीतहरु, सङ्गीतहरु, रमाईला कुराकानी, रमाईला प्रस्तुतिहरु साँच्चै नै लोकप्रिय छन् । त्यस माथि म नेपाली चलचित्रको निर्माता र कलाकार भएको कारणले गर्दा नेपाली चलचित्र उथानको लागि पनि यसले विशेष सहयोग पुर्याएको देख्छु । हाम्रो ‘छक्का पन्जा’ टिम र हाम्रो फिल्महरुमा पनि यसको ठूलो योगदान छ । यसै गरी भविष्यमा पनि विभिन्न प्रकारका रमाईला सामाग्रीहरु हेर्न र सुन्न पाईन्छ भन्ने आशा गर्छु । यो रेडियो धेरै अगाडि पुग्न सफल रहोस । मेरो हृदय देखि शुभकामना ।’


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com