AD_ Wide Top

रेडियो अडियो मेरो घर– हरिवंश आचार्य

२०७४ मंसिर २१  |   Gufgaf

below social share detail page adv


loading...
रेडियो अडियो मेरो घर– हरिवंश आचार्य

काठमाण्डौ मंसिर  २१   ■ 

Hari-Bansha-Acharyaमंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । हरेक गाईजात्राको दिन हाँस्यब्यङग्य क्षेत्रका सबै कलाकारहरुको उपस्थितिमा बिशेष कार्यक्रम गर्दै आएको रेडियो अडियोले आफ्नो बार्षिक उत्सवका दिनमा पनि नयाँ कार्ययोजना सहित बिशेष घोषणा गर्दै आएको छ । गत साल देखि रेडियोले गीत संगीतको सार्बजनिक प्रयोग गरेवापत स्रष्टा सर्जकलाई ब्यबसायको एक प्रतिशत रकम छुट्याएर नियमित एकमुष्ठ रोयल्टी बुझाउन सुरु गरेको थियो । यस बर्ष देखि हास्य ब्यङग्य क्षेत्रमा महत्वपुर्ण योगदान दिने कलाकारलाई बर्षेनि अवार्डेड गर्ने निर्णय गरेको रेडियो अडियोका कार्यकारी निर्देशक दीपेन्द्र खनियाले जानकारी दिएका छन् ।

यसै मेसोमा कलाकार हरिवंश आचार्यले रेडियो अडियोलाई शुभकामना दिँदै भनेका छन्, ‘रेडियो अडियो जन्मिएको एघार वर्ष पुगेकोमा म रेडियो अडियो परिवारलाई मेरो हृदय, मुटु कलेजो देखि शुभकामना व्यक्त गर्न चाहन्छु । रेडियो अडियोले हाँस्य व्यङ्ग्य क्षेत्रमा एउटा आफ्नै किसिमको महोत्व उत्साह प्रकट गरेर सम्पूर्ण हाँस्य व्यङ्ग्य प्रति समर्पित कलाकारहरुलाई, व्यङ्ग्यकारहरुलाई, शान दिनुभएको छ । हामी हाँस्य व्यङ्ग्य क्षेत्रमा लाग्ने मानिसहरुले रेडियो अडियोको गुन कहिले पनि बिर्सिन सक्दैनौँ । यो गुन जहिले पनि अपुग हुन जान्छ । यो संस्थाले नेपालमा हाँस्य व्यङ्ग्य बचाईराख्नको लागि अझ ठूलो योगदान दिँदै छ । रेडियो अडियो मलाई आफ्नो घर जस्तै लाग्छ । आफ्नो परिवार जस्तो लाग्छ । यो मेरो परिवारलाई, मेरो आफ्नो घरलाई, मेरो हृदय देखि फेरि पनि शुभकामना व्यक्त गर्दछु ।’


Hari-Bansha-Acharyaरेडियो अडियो सँग जोडिएको विशेष सम्झना छ ?
प्रत्येक वर्ष कार्तिक २७ गते मेरो लागि विशेष महोत्सव उहाँहरुले झल्काई दिनुहुन्छ । मेरो जन्मदिन उहाँहरुले उत्सवको रुपमा मनाईदिने गर्नुहुन्छ । सबै रेडियो सुन्ने श्रोतालाई, नेपाली समाजलाई चाहि म जन्मेको कुरा म वर्षै पिच्छे याद गराईदिनुहुन्छ । म रेडियो अडियो आउँदा कहिल्यै पनि लिफ्ट चड्दिन । म सधै हिँडेर पुग्छु । सात तल्ला माथि छ । तर, जति तल्ला चडेँ पनि रेडियो अडियो त्यो भन्दा पनि ठूलो स्थानमा छ मेरो लागि । त्यहाँ जाँदा मलाई स्वाँ स्वाँ पनि हुदैन । मुटु ढुक ढुक पनि गर्दैन । म यो संस्थालाई आभार व्यक्त गर्दछु ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com