AD_ Wide Top

मंगरबारमा झुक्किने गर्थेँ– जितु नेपाल

२०७४ मंसिर २१  |   Gufgaf

below social share detail page adv


loading...
मंगरबारमा झुक्किने गर्थेँ– जितु नेपाल

काठमाण्डौ मंसिर  २१   ■ 

मंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । रेडियो अडियोको ११ औँ वर्षगाँठमा कलाकार तथा रेडियो अडियोका प्रस्तोता जितु नेपालसँग हामीले केही कुराकानी गरका छौँ ।


रेडियो अडियो ११ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा के भन्न चाहनुहुन्छ ?
Jituरेडियो अडियोलाई एकदमै धेरै शुभ कामना छ । मैले मेरो कार्यक्रम ‘झटारो’ मार्फत पनि शुभ कामना दिईसकेको छु । एफ.एमहरुको भिडमा रेडियो अडियोले विगत दश वर्षमा एउटा छुटै पहिचान बनाएको छ । यो चाहि रमाईलो रेडियो हो । यसमा विज्ञापन, गीत, सङ्गीत लिएर सबै कुरा रमाईला छन् । मलाई कति जनाले त्यो छोटे डन कस्तो मान्छे होला है ? भनेर पनि सोध्ने गर्छन । यसमा आउने धेरै प्रस्तुति फरक छन् । मेरो ‘झटारो’ कार्यक्रम कहिले काही चटारो पनि भएको छ (हासोँ) । बिचमा त कार्यक्र रोकियो पनि । बाहिर जानुपर्ने । कतै कार्यक्रम गर्दा पनि ला आज त मङ्गलबार भनेर झुक्किने गर्थेँ । यही हुदाँ पनि सात आठ बजे घर गयो खाना खाएर बसेको हुन्छ अनि रेडियोबाट फोन आउने दाई आज कार्यक्रम छ लाईव गर्ने कि के गर्ने ? भनेर । त्यही समयमा पनि ला ! आज मङ्गलबार है ! भन्ने हुन्थ्यो ।
कति चोटी त बाबु छोटे डनलाई क्याप्चर गर्न लगाउन समेत पनि भनेको छु । कति चोटी गीत बजाईदेऊ न म थाकेको छु भनेको छु । कहिले काही बाहिर जादाँ पनि फोनबाट नै कार्यक्रम गरिरहेको छु । त्यसले गर्दा श्रोतालाई सुन्न अलि गाह्रो पनि हुन्छ होला । तर, हामीले जसरी हुन्छ रमाईलो दिने प्रयास गरेको छौ ।


रेडियो अडियो सँग जोडिदाँ रमाईलो क्षणहरु छ सम्झनामा ?
धेरै नै छ । विशेष त यो बर्थ डे मनाउने चलन बडो रमाईलो छ । मेरो एउटा बर्थ डे चाहि सरप्राईज राखेको रहेछ । रेडियो अडियोले सिनियर कलाकारको मात्र बर्थ डे मनाउँला मेरो मतलब नगर्ला जस्तो लागेको थियो । बेला भएको छैन आफ्नो हामी जुनियर नै हौँ जस्तो लाग्थ्यो । तथापी एकदिन मेरो जन्मदिनमा श्रीमतीले कहिल्यै रेडियो अडियो नजाने मान्छेले जाऊ भन्दै थिईन् । हाम्रो दिपेन्द्र खनिया ज्यूले चाहि पहिले नै श्रीमतीलाई फोन गरेर दाईलाई लिएर आउनुपर्यो भन्नुभएको रहेछ । मेरो बुढी कहिले घुम्न जाऊ समेत नभन्ने मान्छे आज बाहिर जाऊ भनिन् । ल जाऊ न त भनेर बाहिर निस्केको अनि अब रेडियो अडियो पनि जाऊ न भनीन् । मैले फेरी किन जानु बोलाएको पनि छैन जान्न म त भने । हैन जाऊ न भनिन् । मैले नजाऊँ भने । त्यसपछि उनले हैन मेरो सामान लिनु छ भनिन् त्यो सुनेर अचम्म लाग्यो मलाई । त्यसपछि रेडियोमा पुगेको मात्र के थिएँ त्यहाँ जन्मदिन मनाउनको लागि केक सबै तयार रहेछ । सबै मिलेर मलाई सरप्राईज दिनुभएको रहेछ । बुढीलाई पहिला नै थाहा रहेछ । जन्मदिनमा एक दिन त घरमा पनि जानुभएको छ सरप्राईज दिनको लागि । सबैको जन्मदिन मनाउने क्रममा यहाँ खुबै रमाईलो हुन्छ ।


रेडियो अडियोलाई के भन्न चाहनुहुन्छ ?
jitu nepalयो रेडियो अलि फरक पनि छ । श्रोताले पनि यसलाई फरक किसिमले लिईदिनु भएको छ । यसलाई साथ दिनुभयो विज्ञापन दाताहरुले । आज पनि सनफ्लावर नर्सरी देखि सानो व्यवसाय लिएर सबैको विज्ञापन यहाँ बज्छ । शुरुवातको दिन देखि आज सम्म पनि रेडियोलाई विज्ञापन दिने धेरै हुनुहुन्छ । आफ्नो व्यवसाय पनि फस्टाएको छ । हामीले बोलेको विज्ञापनको प्रभाव धेरैमा छ । विज्ञापन दातालाई धन्यवाद दिन चाहन्छु र श्रोतालाई पनि । बिचमा यसले प्रसारणको पावर र क्षेत्र पनि बढायो । तपाईको साथ सहयोग माया रहन्छ । सबै जना मिलेर काम गरेको छौँ । भिडमा रेडियो अडियोलाई पहिचान दिनुभएकोमा धन्यवाद ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com