AD_ Wide Top

रेडियो अडियोले अनेक गर्छ भन्दै केदार र किरणले यसरी दिए शुभकामना

२०७४ मंसिर २१  |   Gufgaf

below social share detail page adv


loading...
रेडियो अडियोले अनेक गर्छ भन्दै केदार र किरणले यसरी दिए शुभकामना

काठमाण्डौ मंसिर  २१   ■ 

मंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । रेडियो अडियोको ११ औँ वर्षगाँठमा कलाकार केदार घिमिरे, किरण केसी, पल्पसा डंगोल, मधुसुदन पाठक, सुभाष कार्की लगायतले यसरी शुभकामना दिएका छन् ।


Kedarकेदार घिमिरे– रेडियो अडियोले दश वर्ष पूरा गरेर एघार वर्ष लागेकोमा धेरै–धेरै शुभकामना छ । यो रेडियोले हाँस्य कलाकारलाई एकदमै माया गरेको छ । सबैको जन्मदिन मनाउने । केक किनेर ल्याउने अनेक गरेको छ । हास्ँय कलाकार लगायत अन्य सबै कलाकारसँग यसको सम्बन्ध एकदमै राम्रो छ । यसै गरी अगाडी बढ्दै जओस । लोकप्रियता बढ्दै जाओस ।


Kiran KC 1किरण केसी– रेडियो अडियोले दश वर्ष पूरा गरेर एघार वर्षमा लागेको सुखद घडीमा सम्पूर्ण रेडियो अडियो परिवारलाई शुभकामना । रेडियो अडियोले जसरी नेपाल अधिराज्यको दर्शकको मन जित्न सफल भएको छ आउँदा दिनमा अझै नयाँ कृति र कार्यक्रम लिएर आएर सबैको मन जितोस । हास्ँय विधाको सम्पूर्ण हाँस्य कलाकारको जन्मदिन मनाईदिने गरेको छ यसलाई अझ बढी रमाईलो तरिकाले प्रस्तुत गर्न सकोस । रेडियो अडियो सँग मेरो एउटै भुँडीबाट जन्मिएको आमाको जस्तो नाता छ । आउँदा दिनमा धेरै रेडियो छन् तर सबै मध्यमा उत्कृष्ट बन्न पुगोस । प्राविधीहरु, अत्यन्तै सालिन, भद्र राम्रा र मिलनसार साथीहरु सबैले साथ दिनुभएको छ । रेडियो अडियोले मलाई गुन पनि लगाएको छ । फेरी पनि रेडियो अडियोलाई शुभ कामना ।पल्पसा डङ्गोल


पल्पसा डङ्गोल (चम्सुरी)– रेडियो अडियोलाई शुरुमा शुभकामना । रेडियो अडियो हामी हाँस्य कलाकारको अभिभावक हो जस्तो लाग्छ । जसको पनि जन्मदिनमा केक दिएर हुन्छ कि कसरी हुन्छ हाँस्य कलाकारलाई उर्जा दिने काम गर्छ । रेडियो अडियो हास्ँय कलाकारको आफ्नै रेडियो जस्तो लाग्छ । यति भन्दै रेडियो अडियोको सम्पूर्ण परिवारलाई शुभकामना साथै हजाराँै वर्ष जाओस ।


मधुसुदन पाठकमधुसुदन पाठक (सिते बा)–यो सुन्दा निकै हर्ष लाग्यो । रेडियो अडियो भनेको हास्ँय कलाकारको एउटा मात्रै थलो हो । म एकदमै हर्षित छु । विगतको वर्षहरुमा जस्तै गरी सिर्जनशिल र राम्रो कार्यक्रमहरु भईरहुन् । शुभकामना छ । रेडियो अडियोले विकसित किसिमको हाँस्य व्यङ्ग्यमा अझ अखण्ड प्रगति गर्दै जाओस । मेरो शुभकामना छ । टन्नै विज्ञापनको साथमा अझै अघि बढ्न सक्ने शक्ति मिलोस । हाम्रो ‘भद्रगोल’ टिमबाट एकदमै शुभकामना व्यक्त गर्द छु ।


सुभाष कार्कीसुभाष कार्की (बेलासे)– रेडियो अडियोलाई शुभकामना । अहिले रेडियो अडियो सुनिराख्न पाईएको छ अब भिडियो पनि हेर्न पाईयोस भन्ने शुभकामना दिन चाहन्छु ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com