AD_ Wide Top

रेडियो अडियोलाई यसरी सम्झिए धुर्मुस–सुन्तलीले

२०७४ मंसिर २१  |   Gufgaf

below social share detail page adv


loading...
रेडियो अडियोलाई यसरी सम्झिए धुर्मुस–सुन्तलीले

काठमाण्डौ मंसिर  २१   ■ 

मंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । हरेक गाईजात्राको दिन हाँस्यब्यङग्य क्षेत्रका सबै कलाकारहरुको उपस्थितिमा बिशेष कार्यक्रम गर्दै आएको रेडियो अडियोले आफ्नो बार्षिक उत्सवका दिनमा पनि नयाँ कार्ययोजना सहित बिशेष घोषणा गर्दै आएको छ । गत साल देखि रेडियोले गीत संगीतको सार्बजनिक प्रयोग गरेवापत स्रष्टा सर्जकलाई ब्यबसायको एक प्रतिशत रकम छुट्याएर नियमित एकमुष्ठ रोयल्टी बुझाउन सुरु गरेको थियो । यस बर्ष देखि हाँस्य ब्यङग्य क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकारलाई बर्षेनि अवार्डेड गर्ने निर्णय गरेको रेडियो अडियोका कार्यकारी निर्देशक दीपेन्द्र खनियाले जानकारी दिएका छन् ।

रेडियो अडियोलाई शुभकामना दिँदै भनेका छन्, ‘एक कान दुई कान मैदान यस मै छ मज्जा रेडियो अडियोलाई दशौँ वर्ष पूरा भएर एघारौँ वर्षमा प्रवेश गरेको अवसरमा रेडियो अडियो परिवारलाई विशेष शुभकामना । रेडियो अडियोलाई माया गर्ने शुभ चिन्तक र श्रोताहरुलाई हृदय देखि नै धन्यवाद भन्न चाहन्छु । रेडियो अडियो जसले हरेक कलाकारहरुको जन्मदिन देखि लिएर गतिविधी र सिर्जनाहरुलाई आमश्रोता माझ सशक्त रुपमा प्रसारण गरिरहेको छ । रेडियोले मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरेको हुन्छ । भोलिको दिनमा समाजको लागि पनि एउटा सकारात्मक सन्देश बोकेर रेडियो अडियो अगाडी बढ्ने छ भनेर आशावादी पनि छु । रेडियो अडियोले भरपूर मनोरन्जन र मज्जा दिईरहनु भएको छ । अझै राम्रो कार्यक्रम पेश गर्दै श्रोताको मन जित्न सफल होस । समग्र रुपमा हरेक कलाकारको सिर्जनालाई आम श्रोता माझ ल्याउने अभियानमा रेडियो अडियो झन अघि बढ्दै जाओस यही कामना गर्दछु । यो मन र हृदय देखि शुभ कामना भन्न चाहन्छु ।’

‘रेडियो अडियोको दशौँ वर्ष पूरा भएर एघारौँ वर्ष लागेको यो एकदमै राम्रो सफलता हाँसिल भएकोमा शुभकामना र बधाई दिन चाहन्छु । यो संस्था हामी धुर्मुस–सुन्तली भन्दा एक वर्षले जेठो रहेछ । सधै प्रगति भईरहोस । हामी कमेडियनले यो संस्थालाई कमेडियन रेडियो पनि भन्ने गर्छौँ । संस्था राम्रो सँग चलेको छ । सबै कलाकारहरुलाई सपोर्ट गर्ने, राम्रो मनोरन्जन दिने कुरामा रेडियो अडियो धेरै अघि बढेको छ । यसरी नै फड्को मार्दै जाओस । हजाराँै वर्ष सम्म यसको एनिभर्सरी मनाउन पाईयोस । हाम्रो पुस्तौँ पुस्ताले यसको एनिभर्सरी मनाउँन सकुन । त्यही नै शुभकामना दिन्छु । आई लव यू रेडियो अडियो र रेडियो अडियोले पनि हामीलाई सधैँ माया गरिरहोस । हाम्रो हरेक अभियानमा सपोर्ट गरिरहोस् गरिपनि रहेको छ । त्यसको लागि धन्यवाद पनि भन्न चाहन्छु ।’


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com