AD_ Wide Top

रेडियो अडियोलाई सिनेकर्मीको शुभकामना

२०७४ मंसिर २१  |   Gufgaf

below social share detail page adv


loading...
रेडियो अडियोलाई सिनेकर्मीको शुभकामना

काठमाण्डौ मंसिर  २१   ■ 

मंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । रेडियो अडियोको ११ औँ वर्षगाँठमा अभिनेता आसिफ साह, निर्माता अर्जुन कुमार, अभिनेत्री संचिता लुईँटेल, बेनिशा हमालले यसरी शुभकामना दिए ।
असिफ साह– रेडियो अडियोले दशौँ वर्ष पूरा गरेर एघार वर्षमा लागेकोमा सम्पूर्ण रेडियो अडियो परिवालाई शुभकामना दिन चाहन्छु । जसरी तपाईहरुले दश वर्ष सम्म हँसाईरहनु भएको छ र रमाईलो गराईरहनुभएको छ यसरी नै सधै हँसाईराख्नु रमाईलो गराईराख्नु र मनोरन्जन दिईराख्नु । धन्यवाद ।


Arjun Kumarअर्जुन कुमार–रेडियो अडियो दश वर्ष पूरा गरी एघार वर्षमा लागेकोमा सम्पूर्ण श्रोतामा म हार्दिक शुभ कामना व्यक्त गर्दछु । साथै रेडियो अडियोको परिवारलाई पनि शुभकामना दिन चाहन्छु । यसले नेपाली रेडियोमध्ये एकदमै मनोरन्जनात्मक कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । रेडियो अडियोको उत्तर उत्तर प्रगतीको हार्दिक शुभकामना ।


Deependraदिपेन्द्र के खनाल– रेडियो अडियो दश वर्ष पूरा भएर एघारौँ वर्ष लागेकोमा अझै धेरै प्रगतिको कामना गर्दछु । यो रेडियो सुनेर अझै धेरै हाँस्न पाईयोस । जानकारी मूलक कुरा सुन्न पाईयोस । आगामी दिनमा पनि रेडियो अडियोले नेपाली चलचित्रलाई जसरी अगाडि लान हातमा हात मिलाएको छ यो सम्बन्ध अझै गाडा हुनेछ भन्ने आशा गरेको छु ।


मनिराम पोखरेल – रेडियो अडियो दश वर्ष पूरा भएर एघारौँ वर्ष लागेकोमा धेरै शुभ कामना । सबैको मन जिती रहेको छ यसरी नै मन जित्दै जाओस । सफलताको शुभ कामना । हामीले सयौँ वर्ष यसरी नै मनाउन पाऊँ ।


नरेन्द्र महर्जन– रेडियो अडियो दश वर्ष पूरा भएर एघारौँ वर्ष लागेकोमा हार्दिक शुभ कामना । यसरी एघारौँ बाह्रौ गर्दै सयौँ वर्ष सम्म पुगोस भन्ने शुभ कामना दिन चाहान्छु ।


puja-sharma-hot-8पूजा शर्मा– रेडियो अडियोलाई शुभ कामना र बधाई दिन चाहन्छु । एघारौँ वर्ष मात्र हैन धेरै–धेरै लाखौँ वर्ष पूरा गरोस भन्न चाहन्छु । यो रेडियो मेरो मन पर्न रेडियो पनि हो । जहिले पनि गाडीमा रेडियो सुन्दा म रेडियो अडियो नै सुन्ने गर्छु । यसरी नै राम्रो गर्दै, हसाउँदै जानुहोस् । हामी एकदमै रमाईलो मान्छौ यसमा । धेरै बधाई अझै राम्रो होस भन्न चाहन्छु ।15826008_10206457464634813_6927266672024396361_n


प्रदिप भट्टराई–रेडियो अडियो एक कान दुई कान मैदान दश वर्ष पूरा भएर एघारौँ वर्ष लागेको छ । दश वर्ष सम्म दर्शक श्रोतालाई यसरी हँसायो कि यसले दर्शकलाई एघारौँ वर्ष हैन एक सय एघारौँ वर्ष सम्म पनि यसरी नै हँसाई रहन सफल होस । रेडियो अडियो हाम्रो ह्युमर मन पराउने श्रोताको लागि एकदमै मन पर्ने रेडियो हो । हाम्रो आफ्नो रेडियो हो । एकदमै धेरै–धेरै शुभ कामना ।सञ्चिता लुईटेल


सञ्चिता लुईटेल– रेडियो अडियोको सम्पूर्ण टिमलाई मेरो तर्फबाट शुभ कामना साथै श्रोता र दर्शकलाई पनि शुभ कामना । अनि हामी कलाकारलाई सँगै फेरी पनि टिमलाई बधाई दिन चाहन्छु ।


bशिशिर राणा–म आफै निर्माण गरेर चलचित्र “तिमी सँग” तपाईको सामु छिटै ल्याउँदै छु । रेडियो अडियो दश वर्ष पूरा भएर एघारौँ वर्ष लागेकोमा म रेडियो अडियो परिवारलाई हार्दिक बधाई तथा शुभ कामना दिन चाहन्छु ।


वर्षा राउतवर्षा राउत –दश वर्ष देखि नै रेडियो अडियोले हामीलाई मनोरन्जन दिदैँ आएको छ । हामी गाडीमा जाऊँ या मोबाईलमा रेडियो सुन्यौँ भने पनि धेरै जसो रेडियो अडियो नै सुन्ने गर्छौँ । किनभने यो रेडियो रमाईलो छ । सिनेमाको प्रमोशनमा पनि रेडियो अडियोले निकै मद्दत गरिरहेको छ । एकदमै खुशी लागेको छ रेडियो अडियो यो ठाउँमा आउँदा । रेडियो अडियोलाई धेरै बधाई र शुभकामना । यसै गरेर श्रोतालाई मनोरन्जन दिँदै जानु भन्न चाहन्छु ।


अशिष्मा नकर्मीअशिष्मा नकर्मी – रेडियो अडियो हामी सबैको प्यारो रेडियो । आज दश वर्ष पूरा भएर एघारौ वर्षमा प्रवेश गरिरहेको छ । त्यही खुशीयालीमा म रेडियो अडियो परिवारलाई धेरै शुभकामना दिन चाहन्छु । श्रोतालाई पनि धेरै धन्यवाद दिन चाहन्छु । उहाँहरुले रेडियो अडियोलाई यति धेरै माया गरेर एक दशक पार गर्ने बनाउनु भयो । अझै यस्तै निरन्तरता पाईराखोस भन्ने शुभ कामना सहित बधाई पनि दिन चाहन्छु ।


benishaबेनिशा हमाल–रेडियो अडियोलाई दश वर्ष पूरा गरेर एघारौँ वर्ष लागेकोमा धेरै बधाई र शुभकामना । अझै धेरै वर्ष पार गर्दै जाओस् । अहिले जसरी दर्शकको मन जित्दै गईरहेको छ त्यसरी नै मन जित्दै जाओस । अझै राम्रो कार्यक्रम आओस ।


निर्मल शर्मानिर्मल शर्मा–रेडियो अडियोले छोटो समयमा गीत सङ्गीत र चलचित्र क्षेत्रमा पाएको लोकप्रियता र यहाँबाट प्रसारण हुने कार्यक्रमको टि.आर.पीको आधारमा लामो फड्को मारेको छ । चलचित्रको विधालाई छुटै रुपमा प्रसारण गरेको छ । यो स्टेसनलाई मन पराउने धेरै दर्शकहरु मैले भेटेको छु । दशौँ वर्ष पार गरेर एघारौँ वर्षमा लागेको उपलक्ष्यमा रेडियो अडियो परिवारलाई धेरै बधाई ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com