AD_ Wide Top

मध्यरातमा पनि कार्यक्रम रेकर्ड गर्छन् राजा राजेन्द्र

२०७४ मंसिर २१  |   Gufgaf

below social share detail page adv


loading...
मध्यरातमा पनि कार्यक्रम रेकर्ड गर्छन् राजा राजेन्द्र

काठमाण्डौ मंसिर  २१   ■ 

मंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । रेडियो अडियोको ११ औँ वर्षगाँठमा हाँस्यकलाकार तथा रेडियो अडियोका प्रस्तोता राजा राजेन्द्र पोखरेलले रेडियो अडियोको यात्रालाई यसरी सम्झिएका छन् ।


रेडियो अडियो ११ वर्ष लाग्यो कसरी सम्झिनुहुन्छ ?
म रेडियो अडियोको शुरुवाती वर्ष देखि नै यो संस्थासँग जोडिएको छु । यति खेर सम्झिदाँ सुमन सागर जङ्ग के.सीलाई पनि सम्झिन्छु किनभने यहाँ सम्म मलाई उहाँले पुर्याउनु भएको हो । त्यसपछि मैले पनि रेडियो अडियो सँग जोडिएर अगाडि बढ्ने मौका पाएँ । रेडियो अडियोको शुरुवाती चरणमा धेरै मेहेनतका कामहरु पनि भए । धेरै अप्ठ्यारा परिस्थितीहरु पनि आए । शुरुमा मैले एक हप्तामा सोह्र सत्र वटा कार्यक्रम गर्न गर्थे । त्यो बेलामा जोश जाँगर उर्जा फरक किसिमको थियो । हामी राती–राती सम्म पनि काम गथ्र्यौ । दिपेन्द्र दाईलाई म आभार प्रकट गर्न चाहन्छु । उहाँ आफै पनि मध्य रात सम्म हामी सँग बसेर कार्यक्रम गर्ने गर्नुहुन्थ्यो । गाईजात्राको समयमा वा अरु विशेष समयमा अत्याधिक मेहेनत गर्यौँ । रेडियो अडियोमा कार्यक्रम प्रस्तुति गर्ने क्रममा पनि धेरै पटक दिपेन्द्र दाईको सेन्सरमा पनि पर्नुपथ्र्यो । हास्ँय व्यङ्ग्यलाई अझै कलर गर्ने र अझै बलियो बनाउने अवसर यो रेडियोले दियो । अहिले पनि म रेडियो अडियोमा आवद्ध छु । कार्यक्रम प्रस्तोताको हिसाबमा शुरु देखि अहिले सम्म निरन्तर रेडियो अडियो सँग जोडिएको छु । रेडियो अडियो एघारौँ वर्षमा प्रवेश गरेको छ । मैले यहाँ काम गरेको पनि एघारौँ वर्ष भएको छ । यो एघारौँ वर्षमा हामीलाई माया गर्नुहुने सम्पूर्ण श्रोता, विज्ञापन दाता र शुभचिन्तकलाई आभार प्रकट गर्न चाहन्छु ।


सेन्सरको कुरा गर्नुभयो नि खासमा त्यो भनेको के हो?
त्यो सेन्सर चाहि कन्टेन्टको सेन्सर हो । हामीले कन्टेन्ट निर्माण गथ्र्यौँ । त्यो क्रममा दिपेन्द्र दाई आउनुहुन्थ्यो के के छ हेरौँ भन्नुहुन्थ्यो । यसो हेरेर सुनेर यो भएन भनेर नारायण गोपालको पारामा त्यसलाई मिल्काई दिनुहुन्थ्यो । नारायण गोपालले पनि कुनै गीत मन परेन भने च्यातेर फ्यालिदिने गर्नुहुन्थ्यो रे । त्यो हिसाबले हेर्दा हामीले धेरै प्रयत्न र विचार गर्नुपर्यो । कमजोरी कहाँ छ र त्यसलाई कसरी सुधार्ने भन्ने बारेमा छलफल गर्नुपर्यो । सिकाईको काम निरन्तर चलिरह्यो । यो चाहि सकारात्मक कुरा पनि भयो ।


रेडियो अडियोमा काम गर्दा कस्तो साथी हुनुहुन्थ्यो ? काम गर्दा कत्तिको रमाईलो हुन्थ्यो ? बाहिर सुन्दा रमाईलो लाग्छ तर भित्र कस्तो वातावरण हुन्छ ?
रेडियो अडियोमा काम गर्ने वातावरण रमाईलो नै हुने गरेको छ । रेडियो अडियोमा शिशिर र मैले अत्यन्तै कापीहरु सकेको छौँ स्क्रिप्ट लेखेर । अहिले त्यो कुराले शिशिरलाई फलिफप भएको छ । मलाई पनि त्यो उपयोगी भएको छ । सधै साथी भाई सँग काम गरियो । रेडियो अडियोमा सधै एउटा रमाईलो वातावरण सधै हुने गरेको छ ।


तपाई कार्यक्रममा बाहिर कुदि रहनुहुन्छ । पछिल्लो समयमा कार्यक्रम भने कसरी म्यानेज गर्नुहुन्छ ?
रेडियो अडियोमा कार्यक्रमहरु रेर्कडेड हुन्छ मेरो । म रात बिरात सम्म कार्यक्रम रेर्कड गर्ने गर्छु । म कहिले काही मध्य रात सम्म रेडियो अडियोमा हुने गर्छुे । त्यो एउटा परिबन्ध पनि हो । भ्याउँदै नभ्याएको खण्डमा हाम्रो साथीहरु अनि छोटे डनले पनि कब्जा गर्नुभएको हुन्छ र पल्टने काकालाई पनि धन्यवाद । कुनै समय कार्यक्रम पुर्न प्रसारण पनि गर्नुपर्ने हुन्छ ।


दर्शक स्रोताको लागि तपाईँको तर्फबाट के ?
रेडियो अडियो एउटा हाँस्य व्यङ्ग्यको केन्द्र हो । हाम्रो हाकिम ‘छक्का पन्जा २’ को मार्फत बाट निर्माणमा अगाडि बढ्नुभएको छ । उहाँलाई सबै कुराको शुभ कामना । फर्सीनेट वर्कलाई पनि शुभ कामना । रेडियो अडियो जसले आवाजको दुनियामा सनसनी फैलाउन मद्दत गर्यो र देश भरी नै रेडियो अडियोको चर्चा छ । काठमाडौँ उपत्यकालाई मात्र यसले प्रसारण क्षेत्र बनाए पनि मेचि देखि महाकाली सम्म नै रेडियो अडियोको चर्चा परिचर्चा सुन्दा खुशी लाग्छ । मलाई पनि शुभ कामना र रेडियो अडियोको सिङ्गो परिवारलाई पनि शुभ कामना ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com