AD_ Wide Top

विदेशबाट फर्केपछि पहिलो पटक रेडियो अडियोले अन्र्तवार्ता लिएको भन्दै खुशी भए राजाराम

२०७४ मंसिर २१  |   Gufgaf

below social share detail page adv


loading...
विदेशबाट फर्केपछि पहिलो पटक रेडियो अडियोले अन्र्तवार्ता लिएको भन्दै खुशी भए राजाराम

काठमाण्डौ मंसिर  २१   ■ 

मंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । रेडियो अडियोको ११ औँ वर्षगाँठमा निर्मल शर्मा, शिवहरि बैरागी, राजाराम पौड्याल लगायतका कलाकारले यसरी शुभकामना दिएका छन् ।


राजाराम पौड्यालराजाराम पौड्याल– रेडियो अडियोलाई वार्षिक उत्सबको अवसरमा शुभ कामना । रेडियो अडियोले प्रसारण गरेको रमाईलो कार्यक्रम मोटर र ट्याक्सी चढ्दा पनि सुन्न पाईन्छ । किनभने ड्राईभरहरुले पनि रेडियो अडियो नै बजाईरहेका हुन्छन् । यो रेडियो सबैको लोक प्रिय बनेको छ । यस्तै रेडियोको वाषर््िाक उत्सबमा मैले शुभकामना दिन पाउँदा म आफूलाई पनि गर्व लागेको छ । म अमेरिकाबाट सात वर्ष पछि फर्केर आउँदा सबै भन्दा पहिला मेरो अन्तरवार्ता लिएको भनेको रेडियो अडियोमा दिपाश्री निरौलाले हो । उत्तर उत्तर प्रगतीको कामना गर्दछु । हरेक हाँस्य कलाकारको जन्मदिन मनाईदिनुहुन्छ । यो देखेर साह्रै रमाईलो लाग्छ ।


मनोज गजुरेलमनोज गजुरेल– ‘रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मज्जा’ नाराको साथमा आज भन्दा दश वर्ष पहिला यो स्टेसन शुरु हुदाँ हामी हाँस्य व्यङ्ग्यमा लागेको कलाकार निकै खुशी भएका थियौ । यसले हाम्रो विधालाई व्यवसायिक र मर्यादित बनाउन मद्दत गरेको छ । जनतामा लोक प्रिय बनाउन योगदान दिने कुरामा हामी आशाबादी थियौ र आज दश वर्ष पूरा भएर एघारौ वर्ष लाग्दा हाम्रो आशा अपेक्षा र चाहनालाई साच्चै नै व्यवहारिक रुपमा पूरा गर्न सफल भएको छ । यसले मनोरन्जनको क्षेत्रमा र केही सूचना र सन्देश मूलक कार्यक्रमको क्षेत्रमा गरेको योगदानको लागि, म पनि यो संस्थाको साधारण सदस्य छु । त्यसको लागि हामी आफै पनि निकै गर्व महसुस गर्छौँ । रेडियो अडियोको सदस्यलाई शुभकामना र श्रोतालाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।शिवहरी बैरागी


शिवहरी बैरागी – नेपालको एक मात्र हास्ँय व्यङ्ग्य रेडियोले दशौँ वर्ष पूरा गरेर एघार वर्ष लागेकोमा बधाई । सारा श्रोताहरुलाई हँसाएको र रमाईलो कार्यक्रम प्रस्तुत गर्दै एघार वर्ष प्रवेश गरेको खुशीयालीमा रेडियो अडियो परिवार र श्रोता र शुभ चिन्तकहरुलाई हार्दिक बधाई तथा शुभ कामना । हरेक वातावरण र महङ्गाईले सताईरहेको बेलामा रेडियो अडियोले एकछिन भएपनि रोएको मनलाई खुशी दिन सफल भएको छ । यो निरन्तरता पाईरहोस ।


सन्दिप क्षेत्रीसन्दिप क्षेत्री– दश वर्ष पूरा गरेकोमा रेडियो अडियोलाई धेरै बधाई । यो यस्तो रेडियो हो जसले धेरै मान्छेलाई निरन्तर रुपमा हँसाईरहेको छ । हामीलाई पूरा विश्वास छ कि मान्छेले रेडियो अडियोलाई एघारौँ वर्ष मात्र हैन सयौँ वर्ष सम्म निकै माया गर्छन । अहिले भने दशाँै वर्ष पूरा गरेकोमा हार्दिक बधाई । जसले रेडियो अडियो सुन्दैन त्यसको विद्या नष्ट भईहाल्छ (हाँसो) । यो रेडियो अडियोको लागि मात्र हर्षको समय होईन । हामी जस्तो हास्ँय कर्ममा लागेको कलाकारको लागि पनि खुशीको कुरा हो । हसाउँन खोज्ने मान्छेहरुको लागि हो । त्यसकारण दश वर्ष पूरा गरेकोमा हार्दिक बधाई । मान्छेलाई दश वर्ष देखि हासोँ दिईरहनुभएको छ खुशी दिदैँ आउनुभएको छ । यो निरन्तर रहिरहोस । दश हजार वर्ष भन्दा धेरै वर्ष सम्म रहिरहोस । नेपालमा रेडियोलाई एउटा जनरामा स्थापना गर्न एक मात्र रेडियो रेडियो अडियो हो । यसले हामी जस्तो हास्ँय कलाकारलाई प्रतिनिधित्व गरेको छ, धन्यवाद ।


सुरेन्द्र के.सीसुरेन्द्र के.सी.–रेडियो अडियोलाई सबै श्रोताले माया गरेर यत्रो वर्ष सम्म हुर्काउनुभएको छ । हामी कलाकारको लागि एउटा गर्वको कुरा हो । यही उपलक्ष्यमा म सबै टिमलाई बधाई तथा शुभ कामना दिन चाहन्छु ।


पूर्ण थापापूर्ण थापा –रेडियो अडियो दश वर्ष पूरा भएर एघार वर्षमा लागेकोमा रेडियो अडियो परिवार र श्रोतालाई धेरै बधाई । अझै बढी प्रगतिको लागि शुभ कामना दिन चाहन्छु । रेडियो अडियोको मुख्य प्रस्तुति भनेको हास्ँय प्रधान प्रस्तुति हो । जसले गर्दा सबैलाई रमाईलो होस् । रेडियो अडियोको धेरै कार्यक्रममा म पनि सहभागी भएको छु र यो अवसरमा म पनि निकै खुशी छु । म यो खुशीको साथमा भन्न चाहन्छु रेडियो अडियोले दश पूरा भएर एघार वर्ष मात्र हैन लामो समय सम्म श्रोताको मन जित्न सकोस ।गेविन्द कोईराला


गेविन्द कोईराला उर्फ जयन्ते– रेडियो अडियोले अहिले सम्म धेरैलाई मनोरन्जन दिईरहेको छ । यसले अझै सफलता पाउन सफल होस । मेरो धेरै भन्दा धेरै शुभ कामना । अझै राम्रो अझै उच्च स्तरमा पुग्न सफल रहोस । धेरैलाई हँसाउन सफल भएको छ । अझै धेरै हँसाउन सफल होस । धेरै कलाकार उत्पादन गरेको छ । अझ धेरै हाँस्य कलाकारलाई उत्पादन गरोस ।


रक्षा श्रेष्ठरक्षा श्रेष्ठ– रेडियो अडियोलाई धेरै धेरै शुभ कामना । यसरी नै दर्शकलाई मनोरन्जन दिनुहोला । आशा गर्छु आगामी दिनमा थप मनोरन्जन दिनुहोला भन्दै धेरै बधाई दिन चाहन्छु ।


यमन श्रेष्ठयमन श्रेष्ठ– दशौँ वर्ष पूरा गरेर एघारौँ वर्ष लागेकोमा रेडियो अडियोलाई धेरै शुभ कामना । अबको दुई वर्षमा त रेडियो अडियो पनि टिन ऐजमा हुन्छ ।समाजमा एकदमै राम्रो वातावरण फैलाउँदै आईरहेको र सबैमा मुस्कान छर्दै आईरहेको रेडियो अडियोलाई अझ आगामी दिनहरुमा पनि अझ यस्तै मुस्कानहरु छर्दै जाओस भन्न चाहन्छु । काठमाडौँमा जता ततै यो रेडियो गुन्जियोस भनेर शुभ कामना दिन चाहन्छु ।


सागर लम्सालसागर लम्साल–रेडियो अडियोलाई धेरै शुभकामना । हास्ँय कलाकारलाई सधै यसै गरी माया गर्नुहोला ।


राजु भुजु–रेडियो अडियो दश वर्ष पूरा भएर एघाराँै वर्ष लागेकोमा धेरै बधाई तथा उत्तर प्रगतिको कामना गर्दै फेरि पनि रेडियो अडियोलाई म र मेरो सबै साथीहरुको तर्फबाट धेरै बधाई ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com