AD_ Wide Top

ऋतिकले नाबालक छोराहरुलाई दिए १ करोड ७५ लाखको कार उपहार ,अन्य सेलिब्रेटीले पनि दिए छक्क पार्ने महंगा उपहार

जेठ २४, २०७३  |   Agency

below social share detail page adv


loading...
ऋतिकले नाबालक छोराहरुलाई दिए १ करोड ७५ लाखको कार उपहार  ,अन्य सेलिब्रेटीले पनि दिए छक्क पार्ने  महंगा  उपहार

हालै मात्र अभिनेता ऋतिक रोशनले छोराहरु ऋहान र  ऋदानलाई १ करोड १५ लाख भारतीय रुपैयाँ बराबरको मर्सिडीज बेंज मेब्याच  एस ५०० कार उपहार दिएका छन् । नाबालक छोराहरुलाई दिएको महंगो उपहारसँगै ऋतिकको  चर्चा बढेको छ । त्यसो त यो भन्दा पहिले पनि बलिउडका अन्य सेलिब्रेटीहरुले यस्ता मंहगा उपहारहरु आफन्त र साथीहरुलाई दिईसकेका छन् । थाहा पाउनुहोस् कसले के उपहार पाए र कसले के दिए ।

शिल्पाले पाइन्, अपार्टमेन्ट: राज कुन्द्रले शिल्पा सेठ्ठीको लागि बुर्ज खालिफा दुबइमा एक अपार्टमेन्ट किनीदिएका थिए । लगभग ५० करोड पर्ने उक्त अपार्टमेन्ट शिल्पालाई उपहारको रुपमा दिइएको थियो । बुर्ज क्यालिफा संसारकै अग्लो भवनमा पर्छ । उक्त भवनको १९ औँ तला राजले शिल्पाको नाममा किनीदिएका थिए । तर हाल उनीहरुले त्यो अपार्टमेन्ट भने साँघुरो भएका कारण बेचीसकेका छन् । त्यस्तै राजले शिल्पालाई एक आई पि एल टिम पनि उपहार स्वरुप किनीदिएका थिए । जसको मुल्य थियो ४२ करोड ।

करोड़ों की कार से लैविश फ्लैट तक, जब सेलेब्स ने दिए ऐसे महंगे Gifts

अमिताभ बच्चनले पाए कार:अमिताभ बच्चनसँग अभिनय गर्न पाउँदा विधु विनोद चोपडा निकै खुसी बनेका थिए । त्यो खुशिको पलमा उनले अमिताभलाई उपहार दिने निधो पनि गरे । उनले दिने उपहारमा पर्यो, रोल्स रोयस कार । जसको मुल्य थियो ३ करोड पाँच लाख भारतीय रुपैयाँ ।

करोड़ों की कार से लैविश फ्लैट तक, जब सेलेब्स ने दिए ऐसे महंगे Gifts
शाहरुखले दिए बी.एम.डब्ल्यु:बलिउडका बादशाह उपनाम पाएका शाहरुख विश्वकै धनी अभिनेतामा गनीन्छन् । उनका अधिकाँस फिल्म हिट छन् । उनको चलचित्र रावनले राम्रो व्यापार गरेको थियो । रावनको व्यापारले खुसी भएका शाहरुखले तीन जनालाई बी.एम.डब्ल्यु सेभेन सेरिज अफ सेडान कार बाँडेका थिए । शाहरुखको उपहार अर्जुन रामपाल, रजनीकान्त र अनुभव सिन्हाले पाएका थिए । त्यसबखत कारको मुल्य एक करोड थियो ।

siddharth-vidya-110512120511185942120918182643
विद्या बालनलाई मिल्यो ३० करोडको फ्ल्याट:विद्या बालनले सिद्धार्थ रोय कपुरसँग विवाह गरिन् । बलिउडकी सफल अभिनेत्रीलाइ आफ्नो पत्नीको रुपमा पाउँदा सिद्धार्थको हर्षको सिमा रहेन । उनले विद्यालाई माया प्रेमसँगै एउटा फ्ल्याट नै उपहार दिए । जुन मुम्बइ शहरको जुहु किनारमा छ । फ्ल्याटको मुल्य ३० करोड भारतीय रुपैयाँ रहेको छ ।

रानी मुखर्जीले पाइन्, कार उपहार:आदित्य चोपडाले रानी मुखर्जीलाई २०१२ मा न्यु ब्रान्डको अउडी ए ८ उपहार दिएका थिए । जसको मुल्य १ करोड ५ लाख भारतीय रुपैयाँ थियो ।

नाबालिकालाई ऐश्वर्याले दिईन् कार:ऐश्वर्या राय र अभिशेक बच्चन बलिउडको चर्चित जोडि हो । यो जोडिको चर्चा छोरी जन्मीएपछि अझै बढेको थियो । छोरी आराध्या एक वर्ष पुगेको अवसरमा उनीहरुले बी।एम डब्लु कार उपहार दिएका थिए ।

अजयले दिए काजोललाई कार :अजय देवगनले पहिले पटक पिता बनेको खुसीयालीमा पत्नी काजोललाई एक कार उपहार दिएका थिए । उनले ३५  लाख भारतीय रुपैयाँ बराबरको अडी सेभेन  काजोललाई दिएका हुन् ।

सलमानले बहिनीलाई किनीदिए घर:सलमान खान परिवारमा सबैलाई माया गर्ने र सबैको ख्याल राख्ने सदस्य हुन् । बिशेष गरी उनी आफ्ना बहिनीहरुको निकै ख्याल राख्छन् ।सलमानले बहिनी अलवीराको लागि पेन्टहाउस नामको एउटा घर किनीदिएका छन् । यसको मुल्य छ १६ करोड भारतीय रुपैयाँ । त्यस्तै सलमान खानले कान्छी  बहिनी अर्पितालाई पनि उनको विवाहका क्रममा  ३ करोड ५ लाखको कार उपहार दिएका थिए । यति मात्रै नभयर सलमानले अर्पितालाई १६ करोड बराबरको फ्ल्याट पनि उपहार स्वरुप दिईसकेका छन् ।

 करोड़ों की कार से लैविश फ्लैट तक, जब सेलेब्स ने दिए ऐसे महंगे Gifts

ज्यालिनलाई दिए महंगो पेन्टींग: ज्याकलिन फर्नान्डीजले सलमान खानसँग फिल्म किकमा काम गरेकी थिईन् । यहि काण सलमानले फिल्मको काम सकीएपछि उनलाई  २ करोड ५ लाख  भारतीय रुपैयाँ बराबरको पेन्टींग उपहार दिएका थिए ।

अमीरले श्रीमतिलाई दिए होली डे होम :अमीर खानले श्रीमती किरण रावलाई यु के मा एक होलि डे होम किनिदिएका थिए । जसको मुल्य ७५ करोड भारतीय रुपैयाँ थियो । उक्त उपहार पाएर किरण निकै खुसी भएकी थिईन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com