AD_ Wide Top

below social share detail page adv

लक्ष्मी पूजामा ध्यान दिनुपर्ने सात कुरा



loading...
लक्ष्मी पूजामा ध्यान दिनुपर्ने सात कुरा

लक्ष्मी पूजाको दिनमा हामी लक्ष्मी मातालाई खुशी पार्न धेरै उपायह अपनाउने गछौँ । तर हामीले केही साना साना गल्तीहरु गरेर पूजालाई अर्थहिन पनि बनाईरहेका हुन्छौँ । यो दिनलाई लक्ष्मी माताको पृथ्वी भ्रमणको दिन हो भनेर भनिन्छ । पहिले देखि नै चलि आएको चलन दिपावलीको समयमा सात स्थानमा बिशेष ध्यान दिनुपर्छ । थाहा पाईराख्नुहोस् लक्ष्मीको कृपा पाउनको लागि कहाँ कहाँ के के बनाउनुपर्छ ।

-घर या पसलको मेन गेटमा ओमको चिन्ह बनाउनुहोस् । यो चिन्हलाई ध्यानपूर्वक पूर्व वा उत्तर दिशामा राख्नु राम्रो मानिन्छ । यस्तो गर्नाले घरमा नकारात्मक कुराहरुले प्रवेश गर्न सक्दैनन् ।
घर वा पसलको ढोकामा चाँदिको स्वस्तिक लगाउनु पनि फलदायक हुन्छ । वास्तु अनुसार यसले घरमा कुनै पनि किसिमको रोग आउन दिँदैन । यदि चाँदिको स्वस्तिक बनाउन असम्भव घ भने तपाईँले रातो कुमकुमबाट पनि स्तस्तिक बनाउन सक्नुहुन्छ ।

-दिपावलीको समयमा घर वा पसलको मेन गेटमा लक्ष्मी कमलको फूलमाथि बसेको तस्वीर लगाउनाले पनि घरपरिवारमा सुख शान्ति मिल्छ ।

-दिपावली भन्दा पहिले अर्थात लक्ष्मी वपूजाको दिनमा घरको ढोकामा सुन्दर र रंगीन तोरण बाँध्नु पर्छ । यदि तोरण आँपको पात, पीपल र अशोकका पातले बनेको छ भने एकदमै राम्रो हुन्छ । यी सबै समावेश गरेर तोरण बनाउनाले घरमा नकारात्मक उर्जा कम हुन्छ ।

-लक्ष्मी पूजाको दिन घरको मेन गेटमा लक्ष्मी माताको खुट्टाको चिन्ह बनाउनु शुभ मानिन्छ । तर ध्यान राख्नुहोस् लक्ष्मीका खुटको चिन्ह घरभित्र फर्केको हुनुपर्छछ । यसो गर्नाले घरमा लक्ष्मीको वास हुन्छ ।

-लक्ष्मी पूजाको दिनमा घर वा पसलको मेन गेटमा कुनै भाँडोमा पानी भरेर फूल हालेर राख्नुहोस् । पानी र फूलबाट भरिएको यो भाडोलाई पूर्व वा उत्तर दिशामा राख्नुपर्छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित जीवनमन्त्रहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com