AD_ Wide Top

एउटा लोग्नेको कथा ‘बेड नं ९९’


below social share detail page adv


loading...
एउटा लोग्नेको कथा ‘बेड नं ९९’

थिएटर मल नाटकघर यसपटक अस्पताल बनेको छ । थिएटर मलमा शुक्रबारदेखि सुरु भएको नाटक ‘बेड नं. ९९’ ले नाटकघरलाई अस्पतालको रुप दिएको हो ।

माघ ७ गते शुक्रबार प्रिमियर गरिएको नाटक ‘बेड नं ९९’ मा महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटको रुप दिएका हुन् । मनोवैज्ञानिक शिल्पमा पोख्त कथाकार शाहको यस कथालाई नाटकमा पनि निर्देशक श्रेष्ठले मनोवैज्ञानिक बिम्बहरुमार्फत दृश्यमा उतारेका छन् ।

नाटक मञ्चनपछि कथाकार शाहले कथाभित्रको कथालाई वास्तविकताको रुप दिने एक सशक्त विधा रहेको बताउँदै पात्रहरु सशरीर उभिएर र हावभाव गर्दा रोमाञ्चित भएको बताए । उनले भने, ‘कथामा पाठकले पात्रहरुको कल्पना गर्छ । नाटकमा पाठकले पात्रहरुलाई देख्छ, महसुस गर्छ । यसर्थ कुनै पनि कथाको नाटकिकरण हुनु भनेको कथाले दोस्रो जीवन पाउनु हो ।’
‘बेड नं ९९’ यो एक लोग्नेको कथा हो जसले संगैको अर्को बेड नं ९८ को कथा बोल्छ, जो आफैमा हिनतावोधले ग्रस्त छ ।

Bed_No_99_Theatre_Mall_Keshab_Bikash_Sushila

ऊ आफ्नी स्वास्नीलाई शंका मात्र गर्छ । यस नाटकले यस्ता मनोरोगीको उपचार विधिलाई रोचक ढंगले प्रस्तुत गरेको छ ।
निर्देशक घनश्याम श्रेष्ठले सेट, प्रकाशको सुन्दर संयोजन त गरेका छन् नै त्यससंगै कोरसको माध्यमबाट नाटकलाई बिम्ब र प्रतिकहरुले सजाएर कलात्मक रुपमा पनि ओजिलो बनाएका छन् ।

Bed_no_99_Theatre_Mall_Renuka_Bikash
कथालाई नाटकका रुपमा थिएटर मलले पहिलोपटक मञ्चन गरेको हो । फरक फरक प्रस्तुति र विषयमा नाटक मञ्चन गर्ने थिएटर मलले यो पटक थिएटर आकारसंगको सहकार्य गरेको नाटकघरका कला निर्देशक केदार श्रेष्ठले जनाए । उनले भने, ‘यस नाटकले थिएटर मलको विविधतालाई थप सघाउ पुग्ने विश्वास छ ।’

नाटक ‘बेड नं ९९’मा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशीला लक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केशव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जन लगायतले अभिनय गरेका छन् ।

काठमाडौं मल सुनधारास्थित थिएटर मल नाटकघरमा यस नाटक माघ २९ सम्म बुधबारबाहेक हरेक साँझ ५ः०० बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १ः३० बजे अतिरक्ति शो पनि हुने नाटकघरले जनाएको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित कला साहित्य


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com