AD_ Wide Top

तपाईँले हेर्नुभयो ? ‘मान भर्सेस मती’ अन्तिम सातामा चल्दै


below social share detail page adv


loading...
तपाईँले हेर्नुभयो ? ‘मान भर्सेस मती’ अन्तिम सातामा चल्दै

थिएटर मल नाटकघरमा नाटक ‘मान भर्सेस मती’को मञ्चन अन्तिम सातामा पुगेको छ । फागुन १३ गतेदेखि नियमित मञ्चन भइरहेको केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटकको अब केही शो मात्र बाँकी रहेको छ ।
अघिल्लो वर्ष पनि एक महिना मञ्चन भएको हाँस्यप्रधान यस नाटकले यसपटक पनि दर्शकको माया पाएको छ । अघिल्लो वर्ष तालनगरी पोखरामा समेत मञ्चन भएर दर्शकको मन जितेको नाटक ‘मान भर्सेस मती’को अहिलेसम्म ५०औं मञ्चन भइसकेको छ ।

परिवार बलियो हुन विश्वासका डोरीहरु बलियो बन्नुपर्छ भन्ने मूल मर्मको वरिपरि रहने ‘मान भर्सेस मती’ मा पारिवारिक द्वन्द्व र प्रेम देख्न सकिन्छ । वर्तमान शहरिया दैनिकीमा मध्यम वर्गीय सामान्य परिवारमा आइपर्ने र आउनसक्न व्यवहारलाई नै दृश्यात्मक बनाइएको छ ।

श्रीमान श्रीमतीबीचको सामान्य कथावस्तुमा सुन्दर र कलात्मक प्रस्तुतिले नाटकलाई बेजोड बनाएको छ । छोराको रुपमा यताउता दगुर्ने भकुण्डोलाई विम्वात्मक रुपमा प्रस्तुत गरी बाल मनोविज्ञान र चञ्चलता समेत दर्शकले महसुस गर्दछन् ।
नाटकमा अकाश मगर, प्रेमवर्षा खड्काका साथमा कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ, रोसन सुवेदीलको अभिनय रहेको छ । बुधबारबाहेक हरेक दिन ठिक ५ः३० मा सुरु हुने नाटक आउँदो चैत ५ गतेसम्म चल्ने छ । शनिबार भने दिउँसो १ः३० बजेको पनि शो राखिएको थिएटर मलले जनाएको छ ।

यस नाटकलाई काठमाडौं बाहिर पनि मञ्चन गर्ने तयारी भइरहेको निर्देशक श्रेष्ठले जानकारी दिएक छन् । थिएटर मलमा आउँदो चैत २४ नाटक ‘आन्दोलन’ मञ्चन हुनेछ । जसलाई सौरभ कार्कीको लेखेका हुन् भने सुदाम सिकेले निर्देशक गर्दैछन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित कला साहित्य


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com