AD_ Wide Top

डब्बु क्षेत्रीले ल्याए यौन बिद्रोहका कथाहरु


below social share detail page adv


loading...
डब्बु क्षेत्रीले ल्याए यौन बिद्रोहका कथाहरु

पत्रकार डब्बु क्षेत्रीको पहिलो कथा संग्रह ‘नमस्ते काठमान्डु’ पाठकमाझ आएको छ । राजधानीको कालिकास्थान स्थित ‘सर्वनाम नाटकघर’मा गत शनिबार सर्वनामकै कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरेका हुन् ।

संग्रहका कथाको भाव समेटेर बनाईएको गीत ‘नमस्ते काठमान्डु’पनि सोही कार्यक्रममा सर्वजनिक गरिएको छ । जुगल डंगोलको संगीत र सन्देश पाठकको स्वरमा रहेको यो गीतमा कथाका सबै शीर्षक र भाव समेटिएको थियो । राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरुले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए ।

पुस्तक लोकार्पण पछि सो कथासंग्रहमाथि अन्तरक्रिया आयोजना गरियो । लेखक सचिन घिमिरेले सहजीकरण गरेको सो अन्तरक्रिया कार्यक्रममा अभिनेत्री ऋचा शर्माले संग्रहका कथामा उल्लेखित घटना र पात्रहरु आफूले आफ्नै समाजमा देख्दै आएको बताईन् । संग्रहका थुप्रै कथाका पात्रहरु आफूलाई मन परेको र ती पात्रको रुपमा अभिनय गर्न आफ्ना लागि चुनौती बन्न सक्ने भनाई राख्दै उनले भनिन्, ‘कथामा समेटिएका कतीपय पात्रहरु यस्तो मनोविक्षिप्त छन् कि उनीहरुको भूमिका निर्वाह गर्न पनि निकै चुनौतीपूर्ण मैले ठानेको छु ।’

Displaying namaste kathmandu .JPG
कथाहरु पढिरहँदा आफूलाई छोड्न मन नलागेको उनले बताईन् । उनी आफैले निर्माण गरेको चलचित्र ‘आधा लभ’ पनि तेस्रो लिंगी तथा समलिंगी विषयमा केन्द्रित रहेको र ‘नमस्ते काठमाडु’का कथाहरु पनि यौन बिद्रोहमा केन्द्रित आफूले पाएको उनले बताईन् ।

पत्रकार यज्ञशले सञ्चारकर्मी डब्बु क्षेत्री लामो समयदेखि पत्रकारितामा आबद्ध भएको र संग्रहका कथामा पत्रकारिताको लेखन शैली झल्किएको बताए । कथाहरुमा नयाँ प्रयोग गरिएको बताउँदै समाजका बर्ग अनुसारको यौन अवस्था र त्यसको स्थितिलाई कथामा समेटिएको उनले बताए । डब्बु क्षेत्रीले कथामा आफ्नो फरकपन बनाएको पनि यज्ञशले खुलाए ।
समाजका विभिन्न बर्ग, धर्म, भाषा, लिंगलाई टिपेर कथामा उनिएको भन्दै यज्ञशले कथाहरु सबै बर्गका लागि लेखिएको उल्लेख गरे ।

उपन्यासकार जया ओझाले अन्तरक्रियामा बोल्दै नमस्ते काठमाडौंका कथाहरु यौनमा केन्द्रित भएर पनि पटक्कै अश्लिल नभएको बताईन् । कथाले जो कोहीको मन छुने पनि उनको भनाई थियो ।

unnamed
नमस्ते काठमाडौंका लेखक डब्बु क्षेत्रीले आफूले समाजमा देखेका घटनाहरुलाई कथामा ढालेर यो संग्रहमा ल्याएको बताएका छन् । ‘नमस्ते काठमाण्डु’का कथाहरुलाई यौन अश्लिलता नभएर यौन बिद्रोहको रुपमा देखाईएको कथाकार क्षेत्रीले व्याख्या गरे । समाजमा देखेको घटनालाई कथामा बुनेको पनि उनले बताए ।

‘नमस्ते काठमाडु’को प्रकाशन संस्था शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले कथामा नयाँ प्रयोग पाएकोले यो संग्रह प्रकाशन गरेको बताए । संग्रह एक साता अघि बजारमा पठाएको र पाठकबाट सोचे भन्दा राम्रो प्रतिक्रिया आएको जानकारी गराउँदै बिक्री पनि उत्साहजनक रुपमा भएको छ उनले बताएका छन् । यस संग्रहमा १८ ओटा कथा समेटिएका छन् । यसको मूल्य ३ सय ५० रुपैयाँ मात्र राखिएको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित कला साहित्य


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com