AD_ Wide Top

योनीबाट सेतो पानी बग्नु समस्या हो कि हैन ? — डा. खेम कार्की

१६ जेठ,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
योनीबाट सेतो पानी बग्नु समस्या हो कि हैन ? — डा. खेम कार्की

तपाईको योनीबाट सेतो पानीमात्रै बग्छ भने त्यो समस्या हैन  । तर सेतो पानी बग्दा माछा धोएको जस्तो पानी बग्ने, गनाउने, योनी चिलाउने, कपडामा लाग्ने खालको पानी बग्ने अनि तल्लो पेट दुख्ने, यौन सम्पर्क गर्दा दुख्ने समस्याहरु छन् भने तपाईले ध्यानदिनुपर्ने हुन्छ । 
यस्तो खालका समस्याहरु छन् भने चेक जाँचगर्न जरुरी हुन्छ । तर तपाईको योनीबाट सेतो पानी मात्र आउँछ र माथि भनेको जस्तो कुराहरु हुन्नभने यो समस्या होईन । यो सामान्य प्रकृया हो । सेतो पानीले योनीलाई सुख्खा हुनबाट जोगाउँछ । योनी सुख्खा भएमा घाउहरु हुने सम्भावना हुन्छ । त्यसैले प्राकृतिक हिसाबले पनि योनीलाई ओसिलो राख्नुपर्ने जरुरी हुनछ । तपाईको योनीबाट बग्ने सेतो पानी गनाउँदैन, भित्र लगाउने कपडामा दाग बस्दैन, तल्लो पेट दुख्ने जस्ता समस्या हुँदैन भने यो सामान्य हो । आत्तिनु पर्दैन ।
समाधान
अहिले बजारमा आएको नाईलनको कपडा, टाईट कपडा लगाउनु भएको छ भने असहज भएका कारण योनीको प्रतिरक्षाको लागि सेतो पानी बगेको हुन्छ । योनीलाई असहज हुने अवस्था भएमा सेतो पानी बढी मात्रामा बग्छ । त्यसैले नाईलनको कपडा, टाइट कपडा लगाउनु हुन्छ भने छोड्दा नै राम्रो हुन्छ । फराकिलो र लुज कपडाहरु प्रयोग गर्नुभयो भने सेतो पानीबग्ने समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ । सेतो पानीमा हरियो कलर छैन, गनाउँदैन कपडामा लाग्दैन भने चिन्ता गर्नुपर्दैन ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com