AD_ Wide Top

मायामा शारीरिक सम्बन्ध पनि जरुरी छ, तर सुरक्षित हुनुपर्यो: प्रेम गीत–२ नायिका अश्लेषा ठकुरी

३१ जेठ,२०७४  |   Forsee Network

below social share detail page adv


loading...
मायामा शारीरिक सम्बन्ध पनि जरुरी छ, तर सुरक्षित हुनुपर्यो: प्रेम गीत–२ नायिका अश्लेषा ठकुरी

नायिका अश्लेशा ठकुरीले सन्तोष सेनको सिनेमा ‘प्रेमगीत २’ बाट डेब्यु गर्दैछिन् । साउन १३ गते रिलिज हुने यस सिनेमाको प्रमोशनमा व्यस्त रहेकी नायिका अश्लेषाले हामीसँग जीवनका केही महत्वपूर्ण पाटाहरु सेयर गरेकी छिन् ।

बाल्यकाल र पढाई Aaslisha-Thakuri-Prem-Geet-2-Actress-1
मेरो जन्म कैलाली जिल्लाको बौनिया भन्ने ठाँउमा भएको हो । म घरको कान्छी छोरी हो । म बाहेक घरमा ७ जना दिदी र २ दाजुभाई हुनुहुन्छ । गाँउमा बोर्डिङ्ग स्कुल नभएको कारण गाँउबाट अलिकति टाढा स्कुलको होस्टेलमा बसेर पढेँ मैले । कक्षा ५ सम्मको पढाई गाँउमा सकेर म काठमाडौ आएँ । प्लस टु साईन्स पढेर मैले मेडिकलमा सेक्टरमा डेन्टल पढ्नको लागि प्रवेश परीक्षा दिएँ । मैले पिपल्स् डेन्टल कलेजमा नाम पनि निकाले । तर २ वर्ष पछि स्कुटर दुर्घटना भएका कारण पढाईलाई निरन्तरता दिन सकिन ।
पढाईलाई निरन्तर दिन नपाएका कारण पछि मैले सोसल वर्क पढ्ने निधो गरें । अहिले यसैमा स्नातक तहको अध्ययन गरिरहेको छु । यही बीचमा थिएटरमा नाटक पनि मैले सिकिरहेको छु । म निकै लजालु र भित्री स्वभावको छु । मेडिकलको विद्यार्थी भएका कारण मलाई विज्ञान विषय निकै मन पर्छ । विज्ञानमा पनि जैविक (वायोलोजी) मेरो मनपर्ने विधा हो ।

17458409_600360146838373_9082713231310378575_nकिशोरावस्था
मेरो लजालु स्वभावका कारण मलाई निकै एक्लो महसुस हुन्थ्यो । एक्लो पन हटाउनको लागि मैले विभिन्न गतीविधीमा आफूलाई व्यस्त राख्ने गर्थे । खुलस्त रुपमा कुरा गर्नेहरुले धेरै कुरा सिक्ने मौका पाउँछन् । लजालु स्वभावकाहरु भने आफ्नै दुनियाँमा रमाउँछन् । किशोरास्थाको समयमा दिमागमा धेरै कुराहरु आउने गर्छन् । त्यो समय हामीले एक्लै सोचेर भने बिताउनु हुन्न । कल्पनामा देखेको कुरालाई वर्तमानमा पूरा गर्न लागि पर्नुपर्छ । गल्तीहरुबाट नै जीवनमा धेरै कुरा सिक्न सकिन्छ । यही कारण गल्ती गर्नु सामान्य लाग्छ मलाई । गल्ती गर्नु भनेको केही ठूलो कुरा हैन । किताब मात्र ज्ञान लिने आधार होईन । किताबबाट भन्दा पनि बाहिरी कुराबाट लिएको ज्ञान निकै लाभदायक हुन सक्छ । आमा बुबाले छोराछोरीलाई बाँधेर राख्नुहुँदैन । उनीहरुलाई आफ्नो जिन्दगी स्वतन्त्र रुपमा जिउन दिनुपर्छ । बाटो देखाउने काम भने आमा–बुबाकै हो । मान्छेले आफ्नो जिन्दगी आफ्नो हिसाबले जिउन पाउनुपर्छ ।
अरुले हाम्रो बारेमा के सोच्छ भन्ने कुराले गर्दा युवा युवतीले मनमा चाहिने नचाहिने कुराहरु खेलाउँदै जान्छन् । कसैको मायामा पर्नु वा कोही प्रति आर्कषित हुनु त्यो अपराध होईन । बरु त्यसलाई आफू भित्र गुम्साएर राख्नु चाहिँ एक किसिमको अपराध हो । त्यो कुरा नबाँधेर खुल्ला रुपमा अगाडि आउन दिने हो भने हामी मानसिक रुपमा जहिले सुखी हुन्छौँ । उसले पढाई र साथीको साथै परिवारमा पनि समय दिन थाल्छ ।

Ashlesaa-Thakuri-filmybazar6

प्रेममा शारीरिक सम्बन्ध भनेको सामान्य कुरा
माया प्रेमको कुरामा किशोर–किशोरीको भावनालाई नियन्त्रण गर्न नसकिने भएको छ । सानै उमेरमा उनीहरुको प्रेम सम्बन्ध शुरु भईसकेको हुन्छ । विवाहको उमेर भईसकेपछि हाम्रो शरीरले जीवन यापन गर्नका लागि एउटा साथी खोज्छ । १६–१७ को उमेरमा मानिसहरु मानसिक भन्दा धेरै शारीरिक रुपमा आर्कषित भईरहेका हुन्छन् । शारीरिक रुपमा आर्कषित भए भन्दैमा एक अर्कालाई नराम्रो रुपमा कहिल्यै लिनु हुँदैन । यो मायालाई कति समय सम्म टिकाउन सकिन्छ भनेर सोच्न निकै जरुरी छ । यो उमेर भनेको सचेत हुने उमेर पनि हो ।
मायामा माया मात्र नभएर शारीरिक सम्बन्ध पनि निकै जरुरी छ । प्रेममा शारीरिक सम्बन्ध भनेको सामान्य कुरा हो । शारीरिक सम्बन्धलाई समाजले नराम्रो तरिकाले हेरिदिन्छ । नेपालमा भने विवाह पछि मात्र शारीरिक सम्बन्ध हुनुपर्र्छ भन्ने सोच पाईन्छ । तर हामीलाई केही कुराको चाहना छ भने त्यसलाई दबाएर राख्नुहुदैन । तर, आफ्नो सम्बन्धलाई सुरक्षित बनाउने जिम्मेवारी भने हाम्रो नै हो ।
मायामा परेको जोडीले शारीरिक सम्बन्धलाई कुन पारामा लैजाने भनेर जहिले पनि सोच्नुपर्छ । उनीहरुले एक अर्कालाई शारीरिक सम्बन्धको लागि प्रयोग भने कहिल्यै गर्नु हुँदैन । माया र चाहनालाई एकै साथ राम्रो सँग लैजान सक्नुपर्छ । शारीरिक सम्बन्ध पछि केटा मान्छे फुर्किने र केटी मान्छे चाही पश्चतापमा पर्ने गर्नु हुँदैन । आफ्नो मनोभावनाको व्यवस्थापन गर्न सकियो भने आफैलाई फाईदा हुन्छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com