AD_ Wide Top

नयाँ कलाकार र नयाँ उर्जा देखेर निकै खुशी लाग्छ : अभिनेता विजय लामा

१९ साउन,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
नयाँ कलाकार र नयाँ उर्जा देखेर निकै खुशी लाग्छ : अभिनेता विजय लामा

विजय लामा कलाकारिता क्षेत्रमा प्रसिद्ध नाम । जो आफ्नो मेहनतका कारण आजको ठाँउमा पुगेका हुन । उनी कलाकार, ईभेन्ट म्यानेजर, निर्देशकका साथै नेपाल एयर लाईन्सका क्याप्टेन पनि हुन । उनले सन् २००२ को टेलि सिरियल “क्याटम्यान्डू” बाट डेब्यू गरेकाहुन । ईभेन्ट म्यानेजरको रुपमा पनि उनले तिन सय भन्दा धेरै ईभेन्टमा काम गरेँ । उनि सिनेमा आगो २ का निर्माता पनि हुन । विजय लामा संग फर्सीनेटवर्कले गरेको कुराकानी ।

कपाल सेतो मैले पैसा खर्च गरेर बनाए

1म ठ्याक्कै म ५४ वर्षको भए । उमेरमा अझै बूढो पन नदेखिनुको कारण मेरो सकारात्मक सोच हो जस्तो लाग्छ । समयको अभावको कारणले अहिले जिम गरेको छैन । जिम भन्दा पनि म फ्रि एक्सरसाईजहरु गर्छु । खानामा पनि कन्ट्रोल गर्छु । खान मन लागेन भने कहिले काही खान छोड्दिन्छु (लामो हासोँ) । कपाल सेतो मैले पैसा खर्च गरेर बनाएको हो । अहिले भने त्यो सबै निक्लिदै छ । अरुले स्टाईल गर्न सेतो बनाउँछन भने मेरो यो अटोम्याटिकल हो । मैले कपाल रङ्गाउन छोडेको चाहि दुई वर्ष भयो ।

सरोज, भुवनदाई, शिवदाई निकै मिजासिलो11

सरोज खनाल मेरो राम्रो साथीको साथै राम्रो कलाकार पनि हो । सरोज निकै भावुक कलाकार हो । उनी र म भएर चोखो माया २ बनाउने सोच बनाएका थियौ । कलाकारिताको क्षेत्रमा मेरो झगडा कोही संग भएन । तर, निर्देशकहरु सग भने मेरो मनमुटाव केहीहद सम्म भएको थियो उहाँको मिजासको कारण । तर, यो विषयमा मलाई खासै वास्ता नै हुदैन । म काम गर्न जान्छु सकाउँछु आएपछि बिर्सिन्छु । जोक्सहरु सुन्न चाहि निकै मन पर्छ । असाध्यै जोक भन्ने कलाकार मध्येमा शिव दाई हो । भुवन दाई र शिव दाई भएपछि भने माहोल नै अर्को हुन्छ । अलि गम्भिर कलाकार मध्येमा चाहि कृण्ण मल्ल हो । तर, रमाईलो मान्छे उहाँ । सरोज पनि निकै रमाईलो छ । शिवदाई, भुवनदाई अनि म एउटै समयमा आएको हो । हामी पछि चाहि कृष्ण मल्ल उहाँ भन्दा पछि चाहि सरोज खनाल, अर्जुन श्रेष्ठ यसरी आए । चलचित्रमा लागेको ३६ वर्ष पुग्यो । पुराना मान्छेहरुले अझै पनि हेर्न चाहन्छन तर सिनेमा धेरै किन खेल्ने एक दुईवटा खेले पुग्दैन र जस्तो लाग्छ । यूटूब भरी छ त मेरो सिनेमाहरु हेर्नले हेर्ने गर्नुहुन्छ । अस्ती भर्खरै मैले साईन गरेको अर्को सिनेमा हो कमिटमेन्ट ६० ।

अहिले पनि सिनेमामा निरन्तर
निखिल उप्रेतीको सिनेमा एकदमै ठूलो बजेटको एक्सन सिनेमा हो । अहिले मैले मिलन चाम्सको बोबी भन्ने साईन गरेको छु । यसमा मेरो एकदमै च्यालेन्जिङ्ग रोल छ । यसको सूट अगस्टमा छ । विनय श्रेष्ठको रोमियो एण्ड मुनामा पनि मैले काम गर्दै छु । चलचित्र त धेरै आएको छन तर म सिनेमा एकदमै छानेर गर्न गर्छु । जुन पाए त्यही गर्दिन । धेरै गर्दैमा राम्रो हुन्छ भन्ने विश्वास मलाई लाग्दैन । नयाँ कलाकार भाई बहिनीलाई देखेर कहिले काही एकदमै डर लाग्छ । डर यस अर्थमा लाग्छ कि उहाँहरु यस्तो राम्रो हुनुहुन्छ । उहाँहरुको अभिनय गर्ने तरिका सबै नयाँ पिढीहरुले अहिले धेरै राम्रो गर्नुभएको छ । पहिले पहिले एउटा समय थियो तर अहिलेको नयाँ पिढी निकै राम्रो भन्छु म त किनभने त्यो समयमा सिनेमा हेर्दा खेरी मानिसहरु के भन्थ्यो भन्दा नेपाली चलचित्रमा आउँदो परिवर्तन के छ त भन्दैनथ्यो । अहिले क्यू एफ एक्स तिर गयो भने नयाँ नेपाली सिनेमा के छ भन्छ । नेपाली सिनेमा हेर्न दर्शकलाई निर्देशक, कलाकार र सिनेमाले ल्याईदिएको छ । हाम्रो समयमा राम्रो थियो हाम्रो समय भन्दा धेरै राम्रो भएकोले म अहिले पनि छु । मलाई लाग्छ उहाँहरुले अझै राम्रो गर्नसक्नुहुन्छ । म त खुशी छु । जाहाँ गए पनि सबैले माया गर्छन । सेतो कपाल देखेर मलाई मान्छेहरु राम्रो छ भन्छन म मख्ख परेर हिड्छु । कपाल फुलेको पाको मान्छे भन्दो रहेछ । यूनिफर्म लाउँदा मान्छेहरुले ओहो कमान्डर भनेको त यस्तो पो हुनुपर्छ है पनि भन्दो रहेछ । तर, मानिसहरुले कपालको रङ्ग, शरीरको वजन, अुनहार र आखाँको आकारमा कसैलाई पनि जज गर्नुहुदैन । यो मेरो विचार हो । कस्तो मान्छेलाई राम्रो र रोमान्टिक भन्ने मान्छेको आखाँले विभिन्न ठाँउमा विभिन्न चिजलाई एउटै चिजलाई हेर्दा पनि विभिन्न व्यक्तिलाई त्यसको हेर्न दृष्टिकोण फरक हुन्छ । यो कपालको कुरा गर्न हो भने यसमा त मलाई आनन्द लागिरहेको छ । कसैलाई एकदमै राम्रंो लागेको छ, कसैलाई एकदमै ठिक लागेको छ, कसैलाई छ्या लागेको छ । मलाई मान्छेले के भन्लान् भन्ने विषयमा डर लाग्दैन । मैले तपाईको बारेमा केही भनूला भन्ने विषयमा चाहि म निकै डराउँछु । यति त्यस्तो सोच राख्ने हो भने फरक नै पर्दैन । वैश उमेरको कपाल कालो देख्दा मज्जा लाग्छ । म वैंश उमेरमा जान चाहान्न । त्यो समयमा मैले धेरै सिकेर धेरै कुरा समेटेर आईसकेको छु । त्यो समय फर्केर हेर्दा म रमाउन चाहन्छु ।

चितवन काठमाडौँको राजधानी होस लाग्छ

nt5163महिनामा १०० घण्टा चाहि उडिरहेको हुन्छु । जाहाज भित्र धेरै समय बस्छु । उडिरहँदाको सोच भनेको केही पनि हुदैन । आकाशमा उडादाँ म आकाशमा मात्रै उडि राख्छु । जहाज चलाउँदा ध्यान अन्तै केन्द्रित भयो भने दुर्घटना हुन्छ । चितवन देख्दा मलाई अहिले नेपालको राजधानी यो पो हुनुपर्ने जस्तो लाग्छ । ठ्याक्कै बीचमा पर्दो रहेछ । यहाँ किसिम किसिमको बिविधता मैले पाए । यहाँ धेरै किसिमको विकासहरु भईरहेको छ । पहिलो पटक म चितवन आएको धेरै भईसकेको छ । सूटिङ्गको क्रममा भन्दा पनि म आफ्नो बिजनेसको कामले आउँने गर्थे । पहिला आन्तरिक उडान गर्ने बेलामा नाईट स्टप हामी यहाँ गथ्र्यौ । चितवनको मान्छेहरुले अहिले के ख्याल गर्नु पर्छ भने चितवन काठमाडौँ जस्तो अव्यवस्थित नबनोस । ब्लक सिस्टम मैले यहाँ देखिन । यहाँ ठाँउ खोज्ने समस्या हुन थालेको छ । अर्को भनेको यहाँ ट्राफिकको समस्या देखे मैले । बढ्दो ट्राफिक रहेछ । विशेष गरेर यहाँ पहिले मैले साईकल देख्ने गर्थे आज भोली थ्रीविलर मात्र देख्ने गर्छु । किशोर किशोरीहरु धेरै देखे । युवा पुस्ताको निकै जमात पाए यहाँ मैले ।

किशोरकिशोरीलाईदुई शब्द
म तपाईहरुलाई के भन्न चाहन्छु भने एक सकारात्मक सोच राख्नु होस । कुनै समयमा केही समस्या आएमा नअतालिनुहोस । पाएर नमातिनुहोस्, नपाएर नआतिनु होस । त्यो भनेको एउटा हावा हुरी जस्तो हो । मौसम खराब भने देखी एक छिन मौसम आउँछ गैहाल्छ । सधै भरी त रहँदैन । मेहनत गर्न सक्नु पर्यो । अगाडी बढ्न सक्नु पर्यो । उहाँले गर्न सक्नुहुन्छ भने म किन सक्दिन । कोसिश नै नगरे भईहाल्यो नि भन्यो भने केही पनि हुदैन । तपाईहरु जस्तो युवाको लागि हामी छौ । तर, हाम्रो लागि कोही पनि थिएन । हामीलाई बाटो देखाउने कोही पनि थिएन । हामीलाई माया आशिर्वाद दिनलाई हामी छौ । हामीले देश छोडेर गएका छैनौ । यहाँ बसेर तपाईहरुको लागि केही गर्छौ भने पछि त तपाईहरुले पनि हामी हरुलाई हो दाई हामी पनिगर्न चाहान्छौ भनेर आउनुहोस ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com