AD_ Wide Top

१४ वर्षमै सुपरहिट अभिनेत्री आना शर्मा

३१ साउन,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
१४ वर्षमै सुपरहिट अभिनेत्री आना शर्मा

नेपाली सिने क्षेत्रमा जेरी मार्फत नेपाली रजतपटमा भित्रिएकी नायिका हुन् आना शर्मा । उनले डेब्यू सिनेमाबाटै निकै चर्चामा आईन । उनको कामलाई धेरैले मन पराए । डेब्यू सिनेमापछि उनले लामो समय सम्म सिनेमामा काम गरिनन । तर, लामो समयपछि अध्ययन बाट समय निकालेर आनाले सिनेमा ग्याङ्गस्टर ब्लूजमा काम गरेकी छिन । सिनेमा भाद्र २ मा रिलिजहुदैँ छ । सिनेमाको छायांकन टिकापुर, नेपालगन्ज, अछाम, कैलाली र ईलाममा भएको हो । आना ले हामीसंग साटेको अनुभव ।

13432214_1332809246748494_5505806701024247641_nआशिरमान संग हाईट नमिल्दा क्यामरा मिलाउन निकै गाह्रो
मैले प्लस टू सकिएको ब्रेकको बिचमा यो सिनेमामा काम गरेँ । सिनेमा प्रोमोशन र रिलिजको काम सकिए पछि म स्नातक तहकोे पढाई गर्न अमेरिका जाने सोंचमा छु । उता पढाई सकेर भने नेपाल नै फर्किने साेंच छ । म यो क्षेत्रमा एक जना दिदीको सिफारिसबाट आएकी हँु । उहाँले जेरीको निर्देशकलाई मेरो नाम सिफारीस गरिदिनु भएको हो । त्यसपछि उहाँले मलाई एउटा नेपाली सिनेमाको स्क्रिप्ट छ गर्नुहुन्छ भन्न ुभयो । त्यो बेला म १४ वर्षको थिए । सानो भएको कारण मलाई त्यो कुरामा पत्यार लागेन । पछि उहाँहरु संग गम्भिर कुराकानी भएपछि मैले सिनेमामा काम गरेँ । अहिले भने जेरीबाट सिने क्षेत्रमा पाईला राखे भन्दा खुशी लाग्छ ।
ग्याङ्गस्टर ब्लूजमा आशिरमान म भन्दा निकै ठूलो छ । ऊ संग हाईट नमिलेको कारण क्यामरा मिलाउन निकै गाह्रो हुन्थ्यो । मलाई भन्दा पनि संयमलाई अलि तनाब हुन्थ्यो । आशिरमानको हाईट ६ फिट चार ईन्च छ । मलाई हरेक सिनमा ऊ संग हाईट मिलाउनको लागि पाटला (काठको सामग्री )चाहिएको थियो । जेरीमा काम गर्दा म कक्षा नौ–दशमा पढ्थेँ । सिनेमामा काम गर्दा मलाई ममी बुबाले निकै प्रोत्साहन गर्नुभयो । सिनेमा मैले आफ्नो जिद्दी र सोंचले भने गरेको होईन । मलाई उहाँहरुले पढाई संगै कामलाई पनि व्यवस्था गर्न सक्छौ भने खेल भन्नु भयो । त्यसपछि मैले गरेँ ।

12734058_1244726915556728_422905723966470532_nजेरी साईन गर्नुभन्दा अगाडी नेपाली सिनेमा त्यति हेर्दिनथे
ममी र मेरो सम्बन्ध आमा छोरी भन्दा साथी साथी जस्तो छ । मैले जेरी साईन गर्नुभन्दा अगाडी नेपाली सिनेमा त्यस्तो राम्ररी हेर्दिनथेँ । नेपली सिनेमा पहिलो पटक हलमा हेरेको भन्या कागबेनी हो । मेरो आमाबुबाले मलाई सानो उमेरमा छौ कसरी सिनेमामा काम गर्छौ त भन्नुहुन्थ्यो । तर, त्यो कुरालाई मैले राम्ररी व्यवस्थापन गरेँ । ममी बुबाले पनि जेरीको निर्देशकहरुलाई भेट्नुभयो । मैले उहाँहरुलाई म मेरो पढाईको साथै कलाकारिता क्षेत्रमा पनि अघि बढ्न चाहन्छु भनेको थिए । मेरो आमा रचना गुरुङ्ग शर्मा मिस नेपालको कोरियो ग्राफर ट्रेनर हुनुहुन्छ ।
ग्याङ्गस्टर ब्लूज सुदुरपश्चिम टिकापुर र अछाममा छायाँकन भएको हो । जेरी अफर आउँदा आफूले आफैलाई कस्तो सानो उमेरमा सिनेमा अफर आएको म गर्दिन भनेको थिए । त्यो बेला मेरो गन्तव्य सिनेमामा कामगर्नु भन्दा प्लस टू राम्रो अङ्क ल्याएर पास गर्नु थियो । तर, दिदीले हैन राम्रो सिनेमा हो काम गर भनेर भनेकाले गरेको हो । नेपाली सिनेमामा मलाई अहिले तानेको चिज भनेको नयाँ निर्देशक र कलाकारहरु हो । यो देखेर म निकै आर्कषित छु । ममी मिस नेपालमा काम गर्नु भएको २० वर्ष भयो । ममीले छोरीहरुलाई मिडियामा आउन कहिल्यै दबाब दिनु भएन तर मिडियामा भने रचनाको छोरीहरु के गरिरहेका छन भन्ने हुन्थ्यो । विस्तारै सिनेमामा काम गर्न ईच्छा पलाउँदै गएको छ । ममी हङकङमा जन्मिनु र हुर्किनुभयो । उहाँ विवाह पछि भने नेपालमै हुनुहुन्छ । सिनेमाको छायांकनको समय पहिलो पटक हामी नेपालगन्ज पुगेको थियौ । त्यहाँ एकदमै गर्मीथियो । त्यहाँ मैले बिलकुलै फरक मौसम, नयाँ संस्कृती, नयाँ मान्छेहरु भेटे । नेपालगन्ज पुग्दा त मलाई त्यहाँको बारेमा केही पनि थाहा थिएन । तर, त्यहाँ पुगेपछि त्यहाँको संस्कृति र मान्छेहरु निकै मन पर्यो । त्यहाँ धेरै जना मुश्लिम हुनुहुन्थ्यो । सिनेमा पनि हामीले सक्दो लोकल बनाउन खोजेको छौँ । त्यहाँ गर्मी भने धेरै थियो । टिकापुर पनि निकै रमाईलो थियो । आजभोलीको सिनेमामा मनाङ्ग मुस्ताङ्गलाई धेरै देखाईन्छ । तर, हामीले तराईलाई फोकस गरेर सिनेमामा बनाएका छौ । हामीले निकै मेहेनत गरेको छौ ।

14233014_1405199449509473_4270992052564831087_nकिशोर अवस्थामा आमा–बुबा सग कुरा नमिल्नाले घाटा हुनसक्छ
किशोर अवस्थामाहुदाँ आमा–बुबाले सम्झाउँदा पनि छोराछोरीले नटेर्ने हुन्छ । तर, म र दिदीहरु भने त्यस्तो बदमास बच्चा भने होईन । हामी ज्ञानी भएको कारणले नै ममी बुबाले हाम्रो हरेक कुराहरु पुराईदिनु हुन्थ्यो । ममी बुबाले हामीलाई सानै देखि सबैको आदर सम्मान गर्न सिकाउनुभयो । यही कारण होला एउटा किशोरी भए पनि उहाँहरु संग राम्रो समबन्ध राख्न सकेको छु । म नेपाली सिने क्षेत्रमा आएको नै ममी यो क्षेत्रमा भएको कारणले होला । मैले उहाँ सगै काम गर्ने अवसर पनि पाए उमेर पुगेका र किशोर–किशोरीहरुको सोच्ने पारा बेग्लै हुन्छ । यसलाई आमाबुबाले नराम्रो पारामा लिई दिनुभएन । एक समयमा पुगेपछि उनीहरु बिग्रन सक्छन । त्यो समयमा उहाँहरुले बच्चाहरुलाई बुझ्नु पर्छ । आमाबुबाले बच्चाहरुको कुरा बुझ्न निकै जरुरी छ । घरको वातावरण धेरै कडा भयो भने पनि झन् छोराछोरी बिग्रन सक्छन ।

नेपाली सिनेमामा काम गरेपछि खाना पुग्छ त समेत भने
नायिका भईसके पछि छिमेकी र परिवारले मलाई निकै सहयोग गर्नुभएको छ । मलाई उहाँहरुबाट दबाब आएको छैन । उहाँहरुलाई मेरो ईच्छाको बारेमा राम्ररी थाहा छ । मुख अगाडी मलाई धेरैले भन्न नसकेपनि मेरो पछाडी के नेपाली सिनेमामा काम गरेको भन्ने खालको प्रतिक्रिया दिनुभएको छ । नेपाली सिनेमामा काम गरेर खान पुग्छ र भन्ने खालको कुराहरु पनि सुने । त्यी नै कुराहरु सोचेर मैले बसेको भए म अगाडी बढ्न सक्दिनथेँ । हाम्रो क्षेत्रनिकै राम्रो भईरहेको छ । यसलाई अझै फस्टाउनको लागि हामीलाई शिक्षित र मेहेनती मान्छे हरुको आवश्यकता छ । सिनेमाको कथाले पनि हाम्रो जिवनमा निकै परिवर्तन लिएर आउन सक्छ । सबैले नराम्रो सन्देश दिन्छ भन्ने छैन । सिनेमा उद्योगलाई राम्रो पारामा अघि लग्न सक्नुपर्छ ।

14610866_1466619163367501_4499996783189645454_nतनाब व्यवस्थापन गर्न म जिम जान्छु धेरै सोच्दिन
स्कुलमा म धेरै नबोल्ने विद्यार्थी हो । त्यो मतलब म बोल्दै नबोल्ने भने होईन । म लजाउदिँन । मलाई कसैको मतलब नै छैन । मलाई खासै तनाब लिने काम गर्न मन लाग्दैन । मान्छेले तनाब हुने बितिक्कै सोच्न थाल्छ । त्यो भने झनै तनाब हुन्छ । म भने कस्तो छु भने मलाई धेरै सोच्न मन लाग्दैन । यदी मलाई तनाब छ भने म त्यसलाई हल गरिहाल्छु । त्यो तनाबमा म भने बस्न सक्दिन । तनाब जिवनमा छ भने व्यवस्थापन भने म कसरी खुशीहुन सक्छु भनेर गर्न गर्छु । राम्रो कुराहरु सोच्ने गर्छु । तनाबमा बसि रह्यो भने अनेक थरीको साेंच आउने गर्दो रहेछ । मलाई एक पटक त्यस्तै भएको थियो । यही कारण तनाब धेरै लिदिन । यसलाई व्यवस्थापन गर्न जिम जान्छु र काममा व्यस्त रहन्छु ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com