AD_ Wide Top

सानोमा एकदमै चकचके शर्मिला ठूलो भएपछि कसरी शान्त भइन ?

७४ भदौ २७ गते  |   Gufgaf.com

below social share detail page adv


loading...
सानोमा एकदमै चकचके शर्मिला ठूलो भएपछि कसरी शान्त भइन ?

मिस नेपाल कल्चरमा भाग लिदै पछिललो समय फिक्का चलचित्र मार्फत नायिका बनेकी शर्मिला नेपाल मनोसामाजिक मनोविमर्षकर्ता पनि हुन । उनि अभिनित चलचित्र मंसिरमा रिलिज हुदै छ । रेडियो अडियो संगको कुराकानीमा शर्मिलाले सेयर गरेको बाल्यकाल र किशोर अबस्थाका बारेको अनुभवको सम्पादित अंश उनकै लय मा ।

मेरो जन्म काठमाण्डौंको बौद्धमा भएको हो । बाल्यकाल काठमाडाँै मै बित्यो । मेरो बुबाको पूर्खौली घर सिन्धुपाल्चोक भएको मलाई पछि मात्र थाहा भयो । हामी दिदी बहिनी सबै जना काठमाडौँ मै हुर्कियौ । हाम्रो पढाई पनि यही भयो । म सानो हुदाँ एकदमै चकचके थिए । एकदमै बदमासी गर्नु पर्ने खालको थिए । सानोमा एकदमै नौटङ्की । ममीको पिटाई खाइ रहन्थे । म अहिले भने एकदमै शान्त खालको छु । ठूलो भएपछि पनि त्यही बानी बस्यो ।

1

किशोर अवस्थामा म निकै हाउँडे । केही कुरा गर्दा पनि नसोंच्ने । जे कुरा पनि गरिहाल्ने खालको थिए । ह्या के नै हुन्छ भन्ने खालको । मेरो पहिलो महिनावारी पछि म मा परिपक्वता आएको हो जस्तो मलाई लाग्छ । महिनावारी पछि मैले एकदमै ख्यालगर्न थालेको मेरो साथीहरु म संग सल्लाह लिन आउँथे । उनीहरुलाई मलाई सबै कुरा थाहा छ भन्ने लाग्थ्यो । केही समस्या छ भने म संग भन्थे । अँ यस्तो त्यस्तो भनेर भन्ने गर्थे । मैले धेरैलाई निकै तनावमा देख्थेँ । त्यो देखेर मान्छेहरु किन तनाव लिएको होला यस्तो सानो सानो कुरामा भन्ने लाग्थ्यो । मेरो पढाई पनि राम्रै थियो ।

होमवर्कहरु म समय मै पूरा गर्थे । किशोर अवस्थामा गरेको बदमासी सम्झिदा मलाई एकदमै हाँसो उठ्छ । मेरो कक्षा दश सम्म कोही पनि ब्यायफ्रेन्ड भएन भनेर मलाई साथीहरुले ब्यायफ्रेन्ड बना बना भने । हाम्रो स्कुलमा हामीभन्दा सानाहरुले पनि ब्यायफ्रेन्ड बनाउथे । स्कुलमा कतिले मेरो माया स्विकारेन भनेर हात काट्ने, रुने गर्थे । त्यस्तो कुरा सुन्दा मलाई मेरो साथीहरुले ब्यायफ्रेन्ड बनाउँ भन्थे । त्यही समयमा मलाई एउटा साथीले प्रपोज गरेको थियो । मैले चाहिं उसलाई पूरा एकदमै ठूलो मान्छे जसरी अहिले भनेको पुरै पढाईमा ध्यान दिने उमेर हो । तिमी पहिला जीवनमा के गर्ने भन्ने बारेमा सोंच । यस्तो कुरामा ध्यान नदेऊ भनेर सम्झाएको थिए । त्यो समय अहिले सम्झिदाँ म त्यो बेला त्यस्तो थिए भनेर हाँसो उठ्छ ।

कक्षा एघारमा आएपछि मेरो एउटा साथी थियो । म ऊ सग निकै नजिक थिए । ऊ म भन्दा सानो त्यही पनि हामी निकै मिल्ने । हामी तीनजना साथीहरु एकदमै मिल्थ्यौ । मलाई साथीहरुले उसलाई ब्यायफ्रेन्ड बना न भन्थेँ । त्यो उमेरमा बदमासी भन्दा पनि मैले धेरै रमाईलो गरेँ । अहिले त्यो सम्झिदाँ निकै रमाईलो लाग्छ । बच्चा बेलामा म चटक गरेर बस्ने । मेरो बहिनीहरु धेरै थिए । त्यहीकारण म उनीहरुलाई जम्मा गरेर भाडा कुटी खेल्ने गर्थे । भाडाकुटी खेल्दा म पुरै अन्टी बनेर बहिनीहरुलाई मेक अप गर्थे ।




gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित खुल्दुली डट कम समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com