AD_ Wide Top

विहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८ नेपाली सेलिब्रेटी जोडी

७ असार,२०७४  |   Forseenetwork

below social share detail page adv

loading...
विहे विदेशमा भोज नेपालमा : विदेशीसँग लगनगाँठो कस्ने ८  नेपाली सेलिब्रेटी जोडी

बरिष्ठ अभिनेता एबं प्रसिद्ध कलाकार हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्यले अमेरिकी नागरिकलाई श्रीमती बनाएको कुरा त हामीलाई अवगत नै छ । गत वर्ष अमेरिकी नागरिक जोई लुविकीसँग लगन गाँठो कसेका त्रिलोकको प्रिती भोज भने यहि असारमा नेपालमा सम्पन्न हुँदैछ । असार १९ गते आर्मीअफिसर्स क्लब त्रिपुरेश्वरमा सम्पन्न हुने प्रिती भोज कार्यक्रमका लागि हरिवंशले निकट कलाकार साथी र आफन्तहरुलाई निम्ता समेत दिईसकेका छन् । नेपाली परम्परा अनुसार बिदेशमा बिहे गरेका जेठा  छोरा त्रिलोक संगै कान्छा छोरा मोहितको बिहेको भोज एकै दिन नेपालमा राखिएको हो । यसरी विदेशीसँग लगनगाँठो कस्ने हरिवंशका छोरा त्रिलोक पहिलो नेपाली सेलिब्रेटी भने हैनन् । यस अघि पनि केही नेपाली सेलिब्रेटीले विदेशीसँग लगनगाँठो कसेका छन् ।

Image result for cp lohani and mala sinha

सि पी लोहनी
नेपाली फिल्म ‘माईती घर’मा मुख्य अभिनेत्री थिईन्, भारतकी चर्चित नायिका माला सिन्हा । यो सिनेमामा नायकको रुपमा थिए नेपाली नायक सि पी लोहनी । यहि सिनेमामा काम गर्ने क्रममा मालाले नेपाललाई नै घर बनाउने निधो गरिन् । ‘माईतीघर’ नामक नेपाली सिनेमामा काम गर्न नेपाल आएकी उनले नेपाललाई घर र भारतलाई माईतीघर बनाईन् । सिनेमा छायाकंनकै क्रममा यी दुई एकअर्काको नजिक भएका थिए । यी दुईको विवाह सिनेमा ‘माईती घर’ रिलिज भएको दुई वर्षपछि भएको थियो । विवाह पछि पनि माला बलिउड सिनेमामा सक्रिय थिईन् । सि पी र मालाकी छोरी प्रतिभा सिन्हाले पनि केहि भारतीय फिल्महरुमा काम गरेकी छिन् । हाल यो जोडी मुम्बईमा बसोबास गरिरहेको छ ।

thum
आकाश अधिकारी
अभिनेता तथा निर्देशक आकाश अधिकारीले ईटालियन क्लाउडीया फाजिओलाई दुलहीका रुपमा नेपाल भित्र्याएका हुन् । आकाश आफ्नो विवाहलाई लव पछिको ऐरेन्ज भन्छन् । विवाहपछि नेपाली भाषा र रहनसहनमा भिजीसकेकी क्लाउडीओले अहिले आकाशलाई पारिवारिक र व्यवसायिक दुवै काममा सघाईरहेकी छिन् ।

Related image

हर्षिका श्रेष्ठ
मोडलिङ हुँदै अभिनयमा आएकी अभिनेत्री हर्षिका श्रेष्ठले पनि भारतलाई घर र नेपाललाई माईती बनाईन् । उनको विवाह भारतीय व्यापारी प्रसुन झुनझुनवालासँग भएको छ । हर्षिका र प्रसुनले २०७२ सालमा प्रेम विवाह गरेका हुन् । मोबाईल व्यवसायी प्रसुन कोलकत्तामा स्थायी बासिन्दा हुन् यहि कारण विवाह पछि हर्षिका कोलकत्तामै बस्दै आएकी छिन् ।

Image result for jharana bajracharya with husband
झरना बज्राचार्य
पूर्व मिस नेपाल तथा अभिनेत्री झरना बज्राचार्यको विवाह भारतीय मूलका मलेसियन ब्यापारी राहुल अग्रवालसँग भएको छ । विवाहसँगै विदेशीएकी झरना एक सन्तानकी आमा पनि बनीसकेकी छिन् । झरना र राहुलको भेट सिनेमा ‘सेफ ल्याण्डिङ’को छायाकंनका क्रममा भएको थियो । यो सिनेमालाई राहुलले निर्माण गरेका थिए ।
राहुल भन्दा पहिले पनि झरनाको ब्रिटिश नागरिक वारेन कारेरसँग नाम जोडिएको थियो जोसँग झरनाले ईन्गेजमेन्ट मात्रै गरिनन् केही समय सँगै पनि बसिन् । झरना र वारेनको सन् २००७ मा ईन्गेजमेन्ट भएको थियो ।

bipana_thapa_-_wedding_party_195015352
बिपना थापा
अभिनेत्री बिपना थापाको विवाह भारतीय नागरिकसँग भएको छ । भारतको मथुरा निबासी आशुतोष भारद्धवाजसँग बिपनाको लगनगाँठो कसिएको हो । २०६३ सालमा मा विवाह गरेर भारत छिरेकी विपना अहिले कुसल गृहणीको रुपमा भारतको मथुरामै छिन् । बिपनाका पति आँशुतोष व्यवसाय र राजनीतिमा सक्रिय छन् । आँशुतोष कांग्रेस कार्यकर्ता हुन् । आँशुतोष र बिपनाको भेट सिनेमा ‘वरमाला’को छायाकंनका क्रममा भएको थियो । यो सिनेमालाई आशुतोषले निर्माण गरेका थिए भने बिपना यसकी मुख्य अभिनेत्री थिईन् । यहि क्रममा यी दुई एकअर्काको प्रेममा परेर विवाह बन्धनमा बाँधिएका हुन् ।

Saranga-Marriage-Feb-1-2013-photos-1
सारङगा श्रेष्ठ
सारङगी, सुनचाँदी, आगो, मिलन, सिन्दुर पोते लगायतका सिनेमाहरुमा काम गरेकी अभिनेत्री सारंगा श्रेष्ठ पनि विदेशीसँग लगनगाँठो कस्ने सेलिब्रेटीको सूचिमा पर्छिन् । जीवनमा दुईपटक विवाह बन्धनमा बाँधिएकी उनको पहिलो विवाह अमेरिकी नागरिकसँग भएको थियो । तर उनको पहिलो विवाह खासै लामो समयसम्म टिकेन । अमेरिकामा बसोबास गर्दै आएकी सारंगाले अमेरिकी नागरिकसँग सम्बन्ध बिच्छेद गरेर अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका म्याग्दिका रमेश कार्कीसँग सन् २०१२ मा अदालती विवाह गरिसकेकी छिन् । सारंगा अहिले अमेरिकामै छिन् । जानकारी अनुसार उनी त्यहाँ नृत्य कक्षा सञ्चालन गर्छिन् ।

Image result for simpal khanal with husband

सिम्पल खनाल
मोडलिङमा आफ्नो नामलाई चर्चित बनाए पछि सिम्पल खनालले म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँग लगन गाँठो कसिन् । नाम सिम्पल भए पनि मोडलिङमा ग्लामर देखिने उनी पेशामा सजिलै सफल भईन तर पहिलो घरजममा जम्न सकिनन् । धेरै शुभ चिन्तकलाई अचम्म बनाउँदै म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँगको बैवाहिक सम्बन्ध सिम्पलले अन्त्य गरिन् । प्रशन्नसँग अलग भएपछि उनको जीवनमा आए एक विदेशी । देखेको हुँदैन लेखेको हुन्छ भने जस्तै सम्बन्ध बिच्छेदको केही वर्षमै सिम्पलको जीवनमा भारतीय मुलका व्यापारी नदिनको आगमन भयो । उनले नदिनलाई नै नयाँ जीवन साथी रोजिन् । २०७२ सालमा विवाह बन्धनमा बाँधिएका नदिन र सिम्पल अहिले बेलायतमा बसोबास गर्दै आएका छन् । सिम्पलले म्युजिक भिडियोसँगै माझी दाई, अध्याय जस्ता सिनेमामा पनि काम गरेकी छिन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com