AD_ Wide Top

राजनीतिमा लागेका यी कलाकार को कति सफल ?

२७ मंसिर,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
राजनीतिमा लागेका  यी कलाकार को कति सफल ?

थाहा पाउनुहोस् महानायक देखि अहिलेका चर्चित कलाकारहरु कुन कुन पार्टीमा छन्
केही दिन अघि मात्रै गायिका तथा सञ्चारकर्मी कोमल वली राप्रपा पार्टीमा प्रवेश गरिन् । नयाँ शक्तिबाट पनि निम्ता पाएकी कोमल राप्रपा मन परेका कारण नयाँ शक्तिमा नगई राप्रपामा गएको खुलाईन् । त्यसबखत कोमल वलीसँगै नायिका रेखा थापा पनि राप्रपा पार्टीमा प्रवेश गर्न लागेको चर्चा थियो । तर रेखाले केही मिडियाहरुसँग कुराकानी गर्दै पार्टीमा प्रवेश गर्न लागेको कुरामा कुनै सच्चाई नभएको भन्दै टारेकी थिइन् ।

तर त्यस बेला बोलेको कुरालाई विर्सदै नायिका रेखा थापाले कोमल वलीको निम्तो स्वीकार्दै पार्टीमा प्रवेश गरेकी छिन् ।  रेखा थापा कमल थापा नेतृत्वको पार्टीमा मंसिर २७ देखि   आधिकारिक रुपमा प्रवेश गरेकी छिन् । उनले यस अघि माओवादी पार्टीमा कहिल्यै नरहेको पनि मिडियामा भन्न भ्याएकी छिन् । तर उनले एकताका एकिकृत नेकपा माओवादीबाट चुनावमा लड्न तयार भएकी थिइन् । पछि उनको फोटो सहितको मतदाता नामावलीमा नाम नभए पछि चुनाव लड्नबाट बञ्चित भएकी थिईन् । आफूलाई एकदमै क्रान्तिकारी बताउने रेखाले यतिबेला मिडियाको सामु आफू कहिले पनि कुनै पार्टीमा नरहेको भनेर खुलेआम भनेकी छन् । राप्रपामा कोमल र रेखा बाहेक कलाका उद्दव पौड्याल पनि जोडीएका छन् ।
रेखा र कोमलको राजनीतिमा प्रवेश गरेको यो चर्चासँर्गै आज हामीले अन्य कलाकार जो राजनितीमा लागे, उनीहरुको बारेमा एक फेहरिस्त तयार पारेका छौँ ।

करिष्मा मानन्धर–अभिनेत्री करिश्मा मानन्धर नयाँ शक्ति पार्टी नेपालमा सक्रिय छिन् । कलाकार पछि राजनितीमा लागेकी अभिनेत्री पार्टी घोषणा कार्यक्रममा औपचारीक उद्घोषणमा कमजोर देखिए पछि विवादमा आएकी थिइन् । उनी सक्रिय भएको पार्टी नयाँ शक्तिले खास केही नयाँ काम गर्न सकेको छैन भने उनी स्वयम्को भूमिकाले पनि पार्टीमा त्यति प्रभाव जमाउन सकको छैन । उनी काठमाण्डौबाट सदस्य पदमा छिन् ।

राजेश हमाल – महानायक राजेश हमाल बेलाबेलामा राजनीतिक गतिविधिका बारेमा खुलेरै आफ्नो विचार राख्ने गर्छन् । कुनै कुरा मन परे खुलेरै तारिफ गर्ने र विवादित कुराको कडा रुपमै विरोध पनि गर्ने गर्छन् ।  उनलाई केही जमातले भने कांग्रेस निकटको मान्छे भन्ने गरेको पाईन्छ । तर उनले भने आफू कुनै पार्टीमा नभएको बताउँदै आएका छन् ।

Image result for saroj khanal
सरोज खनाल – कुनै समय नेपाली चलचित्र मार्फत आफ्नो कलाकारिताले सबैको मन जितेका सरोज खनाल नयाँ शक्ति पार्टीमा कार्यरत छन् । लामो समय अमेरिकामा बिताएर आएका सरोज पछिल्लो समयमा सिनेमामा पनि पूर्ण रुपमा सक्रिय छन् । उनी चितवनबाट सदस्य भएका हुन् । सरोज राजनितिमा लागे पनि उनको राजनीतिमा प्रभाव भने राम्रो भइसकेको छैन । यसर्थ उनलाई जनताले पत्याइ सकेका छैनन् ।

भुवन केसी–सिनेमाको कामले भन्दा पनि व्यक्तिगत जीवनका कामहरुबाट चर्चामा आउने नायक हुन् भुवन केसी । विशेषगरि उनी विवाह र महिला मित्रहरु संगको निकट हिमचिमका कारण धेरै चर्चामा आउँछन् । सबैकुराहरुबाट चर्चा बटुल्ने भुवनले राजनितिबाट पाउने चर्चालाई पनि गुमाएनन् । विशेष गरी लोकतन्त्र आए संगै दोस्रो निवार्चनमा नायक भुवन केसिले एमालेबाट उम्मेदवारको टिकट पाएका थिए । प्रचारप्रसारमा भुवन केसिलाई प्रयोग गरेर एमालेले जनमानस पनि बटुले । तर पछि एमाले भित्र भुवन केसी भन्दा बरिष्ठ नेताले टिकट नपाएको भन्दै नेतृत्वको कडा आलोचना भए पछि उनको टिकट खोसियो । टिकट खोसिए संगै उनी पार्टिसंग रिसाए । त्यही रिस झार्न उनी राप्रपामा जाने भन्ने हल्लाहरु पनि आए । तर भित्रभित्र जे भए पनि बाहीर देख्दा उनी एमालेमा संलग्न छन् ।

Image result for neer shah
नीर शाह – नेपाली सिनेमा क्षेत्रका बरिष्ठ कलाकारको कार्ड पाएका कलाकार निर शाह पनि राजनीतिक पार्टिमा खुलेर लागेका कलाकार हुन् । रेखा थापाले जस्तै उनले पनि सिनेमा फेरेझैँ पार्टी फेरे भन्दा फरक नपार्ला । किनकी उनी पहिलो माओबादीमा संलग्न थिए, भने हाल नेपाली कंग्रेसमा संलग्न छन् । अझ भन्ने हो भने त उनी मौका हेरेर पार्टीमा प्रवेश गर्छन् ।
दिनेश डी सी–सञ्चारकर्मी, निर्देशक तथा अभिनेता दिनेश डिसी पनि राजनीतिमा लाग्ने सिनेकर्मी हुन् । डिसी एमालेमा संलग्न छन् । तर उनको राजनीतिक सक्रियता भने बाहिर छल्किने गरी आएको छैन ।

अशोक शर्मा–निर्माता तथा कलाकार अशोक शर्मा नयाँ शक्तिमा कार्यरत छन् । अशोक शर्मालाई झापा हेर्ने गरी पार्टीले जिम्मेवारी दिएको छ ।

Image result for nalina chitrakar
नलिना चित्रकार–गायिका नलिना चित्रकारले गायनबाट जति चर्चा पाईन् त्यो भन्दा धेरै चर्चा त्यसबखत पाईन् जब उनी पार्टीमा लागिन् । उनी मधेशी दलबाट समानुपातिकमा उम्मेदवार उठेकी थिईन् । विडम्बना उनको उम्मेदवारी काम लागेन ।
मधु गुरुङ–गायिका मधु गुरुङ पनि राजनीतिमा लागेकी थिईन् । उनी एमोलेबाट बहालवाला सभाषदमा उठेकी थिईन् ।

जेबी टुहुरे–जनगायक जेबी टुहुरे पनि राजनितमा लाग्न चाहे तर उनको राजनीति त्यति सफल रहेन । दोस्रो सविंधानको चुनावमा उनलाई माओबादी पार्टीले सभाषद बनाएको थियो । जेबी चुनाव हुनुभन्दा केही समय पहिले मात्र माओबादीमा प्रवेश गरेका थिए । सभाषदका लागि निर्वाचनमा उठेपनि प्रतिपक्षलाई हराएर विजयी भने हुन सकेनन् ।

शिव शंकर रिजाल–हाँस्य कलाकार शिव शंकर रिजाल अर्थात जोगिन्दर देशविदेशका दर्शकलाई हँसाउने उनी पनि रानीतीमा चासो राख्ने कलाकार हुन् । विडम्बना राजनीतिले भने उनलाई खासै पत्याएको छैन । उनी नेपाली कंगे्रसमा आवद्ध छन् । शिव शंकर कांग्रेसको सांस्कृतिक समतिका कोषाद्यक्ष्य हुन् ।

20120314205502_60330a49b9b0f0cf8edf5b5195287931@filmykhabar.com
देश भक्त खनाल– धेरै चलचित्रमा चरित्र अभिनेताको रुपमा काम गरेका कलाकार देशभक्त खनाल पनि राजनीतिमा लागेका कलाकार हुन् । उनी लामो समय देखि नेकपा एमालेमा संलग्न छन् ।

मनोज गजुरेल,बद्री प्रंगेनी – हास्यव्यङ्ग्य क्षेत्रका एउटा हस्ति मनोज गजुरेल र लोक तथा दोहोरी गीतका चर्चित एवम् लोकप्रिय गायक बद्रि पंगेनीलाई धेरैले एमाले भन्ने गर्छन् । यी दुवै कलाकार नेकपा एमालेका विचार र सिद्धान्तमा हिड्छन् र एमाले बाटै राजनीति पनि गर्छन् । तर यी दुई राजनीति गर्ने भनेपनि पार्टीको कुनै जिम्मेवारीमा भने छैनन् । यसैले गर्दा उनीहरुलाई एमाले भन्नेहरुलाई जावफ दिन सजिलो भएको छ । गजुरेल र पंगेनीलाई एमाले भनेपनि कसैकसैले माओबादी पनि भन्ने गरेका छन् ।

नन्द कृष्ण जोशी–देउडा तथा लोक गायक नन्द कृष्ण जोशीले एकताका कांग्रेसको केन्द्रिय सदस्यमा उठ्ने घोषणा गरेका थिए । यस हिसाबले उनी नेपाली कांग्रेसमा छन ।

Related image
लोक तथा दोहोरी गायिका राधिका हमाल पनि राजनीतिबाट अछुतो छैनन् । उनी पनि कांग्रेसकी कार्यकर्ता हुन् । यता लोक गायक विष्णु खत्री भने माओबादी पार्टीका सदस्य हुन् । यस्तै फिल्म निर्देशक नवल खड्का, संगीतकार तथा गायक चेतन सापकोटा, गायक रामचन्द्र काफ्ले, जुनु रिजाल पनि माओबादीमा संलग्न छन् । यसका साथै नेपालका कलाकार संघहरु समेत पार्टीगत प्यानल बनेर चुनाव लड्न थालेकाले यो सङख्या अत्यधिक हुन जान्छ । त्यसैले यहाँ प्रतिनिधी मूलक ढंगबाट राखिएको छ ।

कलाकारको राजनीतिक इतिहास र अहिलेसम्मको घट्नाक्रमलाई हेर्ने हो हल्ला ज्यादा उपलब्धि शुन्य देखिन्छ । पार्टीमा प्रवेश गरेका कलाकारले सम्पूर्ण कलाकारिता जगतको हक अधिकारको लागि लड्न लागेको भन्ने गरेता पनि स्वयम् कलाकार मात्रै लडेका छन् । उनीहरुको राजनीतिक पार्टी प्रवेशले कलाकारीतामा केही खास हुनु भन्दा फण्डा र विवाद मात्रै बढेको देखिन्छ । किनकी अहिले पनि कलाकारले राजनीति होइन विशुद्ध कलाकारीता गर्नु पर्छ भन्ने ठूलो जमात रहेको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com